– बैधनाथ ठाकुर
अन्तर्राष्ट्रिय सभागृह श्रोताले खचाखच भरिएको थियो । अन्तमा प्रमुख अतिथिले आप्mनो धारणा राख्दै भने, “हेर्नुस्, साउनमा आँखा फुटेको गोरुले बा¥है महीना हरियो हेर्छ । यो भनाइ त्यसै भनेको होइन । छिट्टै नेपालको झन्डा राखेर नारायणी नदीमा पानीजहाज (क्रुज) चल्नेछ ।
बिजुलीको लोडसेडिङ समाप्त नै भइसकेको छ । पाइपलाइनबाट अमलेखगंजमा पेट्रोलियम पदार्थ आउन सुरुआत भइसकेको छ । अब सुरुङमार्पmत् मेलम्चीको पानी काठमाडौंमा आउँदै छ । काठमाडौंबाट मोफसलको यात्रालाई सुगम, छिटोछरितो बनाउन सुरुङमार्गमार्पmत् विभिन्न फास्ट ट्र्याकहरू खोलिने योजना पनि शुरू भइसकेको छ । यति हुँदा पनि विकास भएन भन्नेलाई के भन्ने ?
हेर्नुस्, मान्छेहरूले लगाएको चश्मा नफुकालेसम्म जीवनमा सहजता आउँदैन र विकासको अनुभूति पनि गर्न सकिंदैन । हिजोसम्म हामीले पनि पुरानो चश्मा फुकालेका थिएनौं र लाग्थ्यो हामी सबैभन्दा बढी जिम्मेवार र इमानदार हुनुपर्छ । त्यसैले हामीले विकृतिविरुद्ध धावा बोल्थ्यौं । हामीलाई लाग्थ्यो पृथ्वीनारायण शाह विस्तारवादी राजा थिए । उनी महासामन्त थिए तर जब हामीले पुरानो चश्मा फुकाल्यौं अनि देख्यौं उनी राष्ट्रवादी महानायक थिए ।
दशकौंदेखि हामीलाई लाग्थ्यो कार्ल माक्र्सले धर्मलाई अफिम भनेको ठीक हो । कम्युनिस्ट बनेपछि नास्तिक हुनैपर्छ तर जब हामी पुरानो चश्मा संसदीय भट्टीमा पोल्यौं अनि देख्यौं माक्र्सवाद पुरानो भइसक्यो यसमा सुधार चाहिन्छ । हामी हाकाहाकी धर्म मान्छौं भन्दैनौं तर सम्पूर्ण धार्मिक गतिविधिमा लिप्त हुँदैछौं । चाहे त्यो मणरोपरान्तको गरुड पुराणमा आधारित दाह संस्कार होस् अथवा विजयादशमीको टीका वा तिहारको भाइटीका...। सबै चाडपर्वहरू हामी कम्युनिस्ट शीर्ष नेता तथा पार्टी सदस्य कामरेडहरूले धूमधामसँग मनाइरहेका छौं ।
वास्तवमा यतिबेला संसारमैं माक्र्सवादको विकासमा हामीले छलाङ मारेका छौं...। अभैm खास भन्ने हो भने भौतिकवादमा अध्यात्मवादको प्mयुजन गराएर नेपाली पाराको माक्र्सवादको यो मौलिक विकास हो...१”