बिहानको ९ः४० मा हामी जर्मनीको कोलोन शहरको लागि नेदरल्यान्डको सुन्दर शहर एम्स्टर्डमबाट हिंड्यौं। ठूलाठूला ताल तथा नहरहरू हेर्दाहेर्दै हामी जर्मनीको सीमामा आइपुग्यौं। जर्मनीको कोलोन शहरको ‘सिटी टुर’ हामीले त्यही दिन अर्थात् ५ अक्टुबरमैं गर्नुपर्ने थियो। दिउँसो १ः३० मा कोलोन पुगेपछि हामी सिटी टुरमा व्यस्त भयौं।
गाइडले हामीलाई मनमोहक कोलोन शहरको बारेमा बताउँदै थिए। कोलोन जर्मनीको चौथो ठूलो शहर रहेछ। ई.पू ३८ मा रोमन साम्राज्यको सैनिक अड्डा कोलोन हुने गथ्र्यो। झन्डै दुई हजार वर्ष पुरानो यो शहर ५० ई. पछि रोमको राजा क्लाडियसले आप्mनी पत्नी कोलोनिया अग्रिपिनेन्सिनको नामबाट यसको नाम कोलोन राखेका रहेछन्। ८७० ई. मा कोलोन जर्मनीको अधीनमा आएको रहेछ।
भन्नलाई के पनि भनिन्छ भने दोस्रो विश्वयुद्धताका कोलोन शहरको दुई तिहाइ भाग शत्रुराष्ट्रको बम प्रहारले पूर्णरूपले नष्ट हुन गएको थियो। तर हामीले कोलोनलाई हेर्दा हाम्रFेअगाडि अत्यन्तै सुन्दर, आकर्षक, सफा र विकसित शहर उभिएको थियो।
कोलोनको इतिहास साँच्चिकै बडो आकर्षक छ। मध्यकालमा कोलोनमा रेशम र मसालाको व्यापार हुने पूर्वको प्रमुख केन्द्र नै थियो। यही कारण हो कोलोनले पटकपटक विदेशी आक्रमण तथा आधिपत्य स्वीकार्नुपरेको थियो। ई.सं. १९१८ देखि १९२६ सम्म अर्थात् झन्डै दश वर्ष कोलोन ब्रिटिश साम्राज्यको अधीनस्थ रहेको थियो।
गाइडले हामीलाई मनमोहक कोलोन शहरको बारेमा बताउँदै थिए। कोलोन जर्मनीको चौथो ठूलो शहर रहेछ। ई.पू ३८ मा रोमन साम्राज्यको सैनिक अड्डा कोलोन हुने गथ्र्यो। झन्डै दुई हजार वर्ष पुरानो यो शहर ५० ई. पछि रोमको राजा क्लाडियसले आप्mनी पत्नी कोलोनिया अग्रिपिनेन्सिनको नामबाट यसको नाम कोलोन राखेका रहेछन्। ८७० ई. मा कोलोन जर्मनीको अधीनमा आएको रहेछ।
भन्नलाई के पनि भनिन्छ भने दोस्रो विश्वयुद्धताका कोलोन शहरको दुई तिहाइ भाग शत्रुराष्ट्रको बम प्रहारले पूर्णरूपले नष्ट हुन गएको थियो। तर हामीले कोलोनलाई हेर्दा हाम्रFेअगाडि अत्यन्तै सुन्दर, आकर्षक, सफा र विकसित शहर उभिएको थियो।
कोलोनको इतिहास साँच्चिकै बडो आकर्षक छ। मध्यकालमा कोलोनमा रेशम र मसालाको व्यापार हुने पूर्वको प्रमुख केन्द्र नै थियो। यही कारण हो कोलोनले पटकपटक विदेशी आक्रमण तथा आधिपत्य स्वीकार्नुपरेको थियो। ई.सं. १९१८ देखि १९२६ सम्म अर्थात् झन्डै दश वर्ष कोलोन ब्रिटिश साम्राज्यको अधीनस्थ रहेको थियो।
वास्तवमा कोलोन यतिबेला युरोपको प्रमुख व्यापारिक नाका नै हो। यहाँबाट आज पनि बेल्जियम, हल्यान्ड र स्वीट्जरल्यान्डमा अन्न, मदिरा तथा तेलको निर्यात गरिन्छ। यहाँका प्रमुख कारखानाहरूमा सुर्ती, सिगार, चकलेट, साबुन, विद्युतीय सामग्री, रासायनिक पदार्थ, जहाज, मोटर, रबर, सीसा तथा सुती कपडा रहेका छन्।
कोलोन शहर राइन नदीको दुवैतर्पm बसेको छ। इसाई धर्मावलम्बीहरूको क्याथोलिक आर्कविसप बस्ने मुख्य स्थान नै कोलोन शहर हो। युरोपको सबैभन्दा पुरानो तथा ठूलो विश्वविद्यालय पनि कोलोन विश्वविद्यालय हो। यहाँ चौवालीस हजार विद्यार्थी अध्ययन गर्दछन्।
कोलोनको सिटी टुरपछि हामी प्रैmङ्कफर्ट शहर घुम्न गयौं। यहाँको चर्च स्क्वायर, पुरानो बजार, नयाँ बजार घुमियो। १२ डिग्री सेल्सियसको तापक्रममा हामी झन्डै चार घण्टा पै्रmङ्कफर्ट शहर घुम्यौं।
पै्रmङ्कफर्टमा एउटा नराम्रो कुरा के देखियो भने जर्मन युवकयुवती तथा वयस्कहरूसमेत दर्जनौंको सङ्ख्यामा गाँजा, चरेस, हेरोइन खुलेआम प्रयोग गरिरहेका थिए। सार्वजनिक स्थलमा, सडकपेटीमा जर्मन युवायुवतीहरू लागूऔषधको प्रयोग गर्दा पनि प्रहरीले कसैलाई समातिरहेको थिएन। हाम्रFे गाइडले हामीलाई बताए अनुसार जर्मनीमा मानिस सबैभन्दा महŒवपूर्ण कुरा हो, मानिसहरू यदि गाँजा नै खान चाहन्छन् भने तिनले खान स्वतन्त्रता पाउनुपर्छ। तर सबैभन्दा उदेकलाग्दो कुरा के भने जहाँ युवायुवतीहरूलाई गाँजा, चरेस, स्मैक, हेरोइन खान पूर्णरूपेण छुट छ, त्यही यी कुनै पनि वस्तु बेच्न सख्त मनाही छ। तीन सय ग्रामभन्दा बढी गाँजा, चरेस, स्मैक, हेरोइन जोकोहीको साथबाट बरामद भएमा उनीहरू सजायको भागीदार हुन जान्छन्।
जर्मनीमा एउटा अरू पनि कुरा आश्चर्य तथा उदेकलाग्दो नै रहेको छ। हिटलरको बेलामा नाजीहरूले हात उठाएर नमस्ते गर्ने चलन थियो। यतिबेला कुनै पनि व्यक्ति नाजी स्टाइलमा अर्थात् हात उठाएर नमस्ते गरिरहेको देखिएमा त्यसलाई तीन वर्षको जेलसजाय हुने नियम बडो कडाइका साथ लागू गरिएको छ।
तेस्रो कुरा कुनै पनि जर्मन नागरिक जो अदालतबाट कसूरवार ठहरिएर जेलसजाय काटिरहेको छ र उसले जेलबाट भाग्न जस्तोसुकै प्रयास गर्दा वा भागेमा उसलाई पुनः पक्राउ गरिंदैन । जर्मन कानून अनुसार प्रत्येक व्यक्तिलाई स्वतन्त्रतापूर्वक बाँच्ने अधिकार छ। चाहे त्यो कैदी नै किन नहोस्। त्यसैले फरार कैदी प्रहरीको अगाडि भएपनि उसलाई समातिंदैन।
चौथो कुरा जर्मनीमा कुनै पनि भवनको अगाडिको भाग बिगार्न पाइँदैन । भवनको पछाडिको भाग बिगारेर आप्mनो अनुकूल बनाउन पाए पनि अगाडिको भाग जस्ताको त्यस्तै राख्नुपर्छ।
हामी पै्रmङ्कफर्टमा लभब्रिजतिर जाँदै थियौं। लभ ब्रिज पर्यटक तथा स्वयम् जर्मनहरूको लागि समेत एउटा महŒवपूर्ण ठाउँ रहेछ। युवायुवतीहरू जो निकै निकटका साथी हुन्छन् र भविष्यमा बिहे गरी जीवनसाथी बन्न चाहन्छन्, उनीहरूले त्यस ब्रिजमा गएर ताल्चा लगाइ साँचो नदीमा फाल्ने गर्दछन्। ब्रिजमा त्यतिबेला विवाहित जोडीहरू पनि प्रेमको प्रगाढताको लागि ताल्चा लगाउने र साँचो राइन नदीमा फाल्ने चलन चलेको छ। यही ब्रिजमाथि पुग्दा त्यहाँ हजारौं ससाना ताल्चाहरू ब्रिजको रेलिङमा भएको फलामे डन्डीहरूमा लगाइएको पायौं। कतिपय जोडीहरू हाम्रोअगाडि पनि ताल्चा लगाउँदै साँचो नदीमा फाल्दै अङ्कमाल गर्दै थिए। हामीले पनि केही यादगार तस्वीरहरू लभ ब्रिजमा लियौं।
लभब्रिजको दक्ष्Fिणपट्टि न्यायालय रहेको छ। न्यायकी देवी हातमा डन्डा लिएकी र आँखामा पट्टि नबाँधेको पहिलोचोटि देखियो। ठूलो फराकिलो घाँसे चौर, पूmलले सजिएको बाटोको दुवै किनार कति सुन्दर थियो। त्यसको वर्णन गर्न पनि शब्दहरू कम पर्छन्।
पै्रmङ्कफर्टमा प्रसिद्ध ब्लैक फरेस्ट भिलेज हेर्न हामी गयौं। त्यहाँ ६ सय वर्ष पहिले १० घरधुरी मानिस मात्रै बस्दथे। उनीहरूलाई दिन बिताउन महाकाल थियो । कुनै कामधन्दा थिएन। यस्तोमा उनीहरूले आप्mनो समय काट्न जङ्गलबाट हलुका काठ ल्याएर घण्टामा कुकु बोल्ने पर्खाल घडी बनाउन थाले। यतिबेला त्यहाँ सत्तरी परिवार बस्छन्। तिनीहरू सबैको परिवारको भरणपोषण त्यही कुकु घडीले नै चलिरहेको छ। ६ परिवारबाट शुरू गरिएको कुकु घडी अहिले त्यसको कारखानामा रूपान्तरित भएको छ।
जर्मनीमा शौचालयको कुनै कमी छैन तर निश्शुल्क शौचालयको अत्यन्तै अभाव छ। एउटा शहरमा एउटा निश्शुल्क शौचालय बडो मुस्किलले पाइन्छ। सबै शौचालय सशुल्क छन्। त्यसैले त्यहाँ उखान नै छ– युरोपमा निश्शुल्क शौचालय र सर्प देख्नेबित्तिकै मारिहाल्नुपर्छ।