प्रस, निजगढ, १३ मङ्सिर/
महेन्द्र राजमार्गको निजगढ—पथलैया सडकखण्डको निजगढमा यात्रुवाहक बस शुक्रवार पुलबाट खस्दा ३९ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।
गम्भीर घाइते हुनेमा मकवानपुर घर भएका धनुषा जलेश्वरस्थित रणभूमि गणमा कार्यरत नेपाली सेनाका लेन्सनायक सानुबाबू कार्की रहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । उनको घाटीको हड्डी भाँचिएको र टाउकोमा गहिरो चोट लागेको उपचारमा संलग्न चिकित्सकले बताएको इप्रका निजगढका प्रहरी निरीक्षक विकास थपलियाले जानकारी गराए ।
त्यसैगरी, घाइते हुनेहरूमा सोही गणका जमदार कृष्ण श्रेष्ठ, लेन्सनायक प्रकाश कार्की, महादेव चौधरी, सिपाही अनजना राई, ९ नम्बर वाहिनी अड्डाका सिपाही भरत विक, अर्की यात्रु महोत्तरी बर्दिवासकी ५५ वर्षीया तारा श्रेष्ठ, ठेगाना खुल्न नसकेको ८ वर्षीय बालक आशिक शर्मालगायत ३४ जना यात्रु दुर्घटनामा परी घाइते भएका प्रदेश नं. २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले जनाएको छ ।
घाइते यात्रुहरूको प्राथमिक उपचार निजगढ अस्पतालमा गरी थप उपचारको लागि वीरगंजस्थित नेशनल मेडिकल बलेज, वयोधा अस्पताल, हेटौंडाको चुरेहिल अस्पताल र चितवन अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । केही यात्रुहरू सामान्य उपचारपछि घर फर्केका छन् ।
जनकपुरबाट भैरहवा जाँदै गरेको ना.४ख ७९९० नम्बरको यात्रु बस आज बिहान करीब १० बजे निजगढको उनासी पुलबाट तल ७ फिट गहिरो खोलामा खसेको थियो । बसको अघिल्लो स्प्रिङ पट्टा भाँचिएकोले दुर्घटना भएको बस चालक मिथिला–३ का सुनीलकुमार यादवले प्रहरीलाई बयान दिएका छन् । चालक यादव पनि घाइते छन् । इप्रका निजगढका प्रनि विकास थपलिया, सशस्त्र सुरक्षा बेस निजगढका प्रनाउ मनहरि कुइँकेल, जिल्ला ट्राफिक प्रहरी निजगढ, र पर्सा राष्ट्रिय निकुञ्जको नेपाली सेना टोली घटनास्थलमा पुगेर घFइतेहरूको उद्धार गरेका थिए ।