प्रमोद यादव, पंचगावाँ, १३ मङसिर/
पर्साको धोबिनी गाउँपालिका–२ भिखमपुरस्थित जनसामुदायिक विकास केन्द्रको आयोजनामा सामुदायिक अFँखा अस्पताल हेटौंडाको सहयोगमा निश्शुल्क अFँखा शिविर सम्पन्न भएको छ ।
शिविरको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले गरेका थिए । उनले ग्रामीणवासीलाई लक्षित गरेर निश्शुल्क शिविर सञ्चालन गरेकोमा आयोजक संस्थाको प्रशंसा गरे । आर्थिक समस्याले आँखाजस्तो महŒवपूर्ण अङ्गको उपचार लिन नसकेका गाउँलेहरूलाई शिविर लाभदायक साबित हुने बताउँदै प्रजिअ भट्टराईले ग्रामीण क्षेत्रमा थप शिविर सञ्चालन गर्न सुझाव दिए ।
कार्यक्रममा सामाजिक कार्यकर्ता प्रकास थारूले ग्रामीण क्षेत्रका बासिन्दा अहिले पनि शिक्षा र स्वास्थ्यको क्षेत्रमा पछाडि परेको बताए । उनले गाउँलक्षित शिक्षा र स्वास्थ्यका कार्यक्रमहरू हुनुपर्नेमा जोड दिए ।
धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश साहले सबैको सहयोग रहे धोबिनी गापालाई शिक्षा र स्वास्थ्यको क्षेत्रमा नमूना बनाउने दाबी गरे । उनले यसका लागि आउँदो गाउँसभाबाट छुट्टै बजेट विनियोजनका लागि प्रयास गरिने र वडास्तरमा शिक्षा र स्वास्थ्यका लागि कार्यक्रम सञ्चालन गर्ने आश्वासन दिए ।
कार्यक्रममा वडाध्यक्षहरू ललन राउत, नन्दलाल राउत, नगिना यादवका साथै स्थानीय शरीफ गद्दी, गाउँपालिका स्वास्थ्य संयोजक सञ्जय यादव, भिखमपुर प्राथमिक स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी नवनीत रौनियार, सञ्चारकर्मी प्रमोद यादव, हेटौंडा अFँखा अस्पतालकी महिला स्वास्थ्यकर्मी सृजना भुसाललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष सन्तोष पटेलको अध्यक्षतामा भएको थियो । शिविरमा ३४४ जनाको चेकजाँच भएकोमा ९७ जनामा मोतीबिन्दु फेला परेको थियो ।
सामान्य आँखारोगीलाई औषधि वितरण गरिएको थियो भने मोतीबिन्दु भएका ९७ जनाको तिलगङ्गाको हेटौंडा शाखामा निश्शुल्क शल्यक्रिया गरिने संस्थाका अध्यक्ष पटेलले बताए । शिविरमा डा सृजना भुसाल, कञ्चन चौधरी र जङ्क वस्तीले विरामीहरूको आँखा परीक्षण गरेका थिए ।