जीवनशैली हाम्रो जीवन जिउने तरीका हो । व्यक्तिले जस प्रकारले आप्mनो जीवनयापन गर्दछ, त्यो नै उसको जीवनशैली हो । जीवनशैली जस्तोसुकै पनि हुन सक्छ । त्यसमा प्रत्येक दिन एकै जस्तो कार्य सामेल हुन सक्छ वा त्यसमा प्रत्येक दिन थरीथरीका परिवर्तन पनि सामेल हुन सक्छ । हाम्रो जीवनशैली अधिकांश परिवेश तथा परिस्थितिमाथि निर्भर हुन्छ, तर जीवट, सुसंस्कृत तथा विवेकवान मनुष्य हर प्रकारका अनुकूल तथा प्रतिकूल परिस्थितिको सामना गर्न सक्षम हुन्छ । प्रतिकूल परिस्थितिको स्थितिमा ऊ विचलित हुँदैन, बरु सङ्घर्ष गरेर प्रतिकूल परिस्थितिको स्थितिलाई अर्कोतर्पm मोडिदिन्छ । यसै प्रकार अनकूल परिस्थितिमा ऊ आप्mनो प्रगति तथा विकासको मार्गमा तेज गतिले अगाडि बढ्छ ।
यसको विपरीत स्वभावले नै कमजोर व्यक्ति हावाको झोंकाजस्तो प्रतिकूल परिस्थितिको बहावमा बहन थाल्छ । उसको जीवनशैली परिवेशको अनुरूप ढल्न थाल्छ, किनकि उसले आप्mनो मस्तिष्कको उचित प्रयोग गर्दैन । ऊ त्यति दृढ निश्चयी पनि हुँदैन कि विपरीत परिस्थितिले व्यक्तिलाई केही बेर डराउन सक्छ, तर उसलाई मुकामसम्म पुग्नको लागि रोक्न सक्दैन ।
हाम्रो समाजको संरचना यसरी बनेको छ कि जुन व्यक्ति कुनै कामको हुँदैन, उसलाई कसैले महŒव दिंदैन, यस्तो व्यक्ति जीवनको पाठशालामा प्रायः अनुत्तीर्ण नै रहन्छस जबकि जुन व्यक्ति अरूलाई मदत गर्ने तथा आप्mनो कार्यमा कुशल हुन्छ, उसलाई धेरै महŒव दिइन्छ ।
महान् विचारक चाणक्यका अनुसार जीवनले व्यक्तिलाई स्वतः नै धेरै कुरा सिकाउँछ । बालकदेखि वृद्धावस्थासम्म व्यक्तिलाई प्रायः धेरै प्रकारका अनुभव हुन्छ । ती अनुभवहरू हामीले अरूलाई बाँट्नुपर्छ, ताकि आगामी पीढी त्यस अनुभवबाट लाभान्वित हुन सकोस् र त्यसबाट उसले एक सुदृढ जीवनशैलीलाई अगाडि बढाउन सकोस् ।
सुदृढ जीवनशैलीको अर्थ केवल धनार्जन गर्नु होइन, अपितु यो जान्नु पनि हो कि जीवन हामीले कसरी जिउनुपर्छ ? धेरै व्यक्तिले आप्mनोवरिपरि धेरै राम्रा चीजहरूलाई देख्छन्, तर यसको बावजूद उनीहरू ह्दयबाट खुशी हुँदैनन् । त्यही समाजमा यस्ता व्यक्तिहरू पनि हुन्छन्, जससँग धनको कुनै कमी हुँदैन, अपार धनसम्पत्ति हुन्छ, तर पनि उसको मनमस्तिष्कमा अनेक प्रकारका चिन्ता तथा कुरा खेलिरहेका हुन्छन् । केही व्यक्ति धेरै धनी भएर पनि ह्दयले दरिद्र हुन्छ, त्यहीं केही व्यक्ति यस्ता हुन्छन्, जससँग धेरै धन त हुँदैन, तर पनि उसले एक सन्तुष्टिको बोध गरेर सम्पन्नताको साथ जीवनयापन गर्दछ ।
समृद्ध एवं सुदृढ जीवनशैलीको सबैभन्दा ठूलो स्रोत यो हो कि व्यक्तिले आप्mनो सञ्चित धनलाई दान गरेर खाली गरिरहनुपर्छ । यसबाट एकातर्पm मनुष्यले जहाँ लोकमा यश एवं मानसम्मान प्राप्त गर्दछ, त्यहीं यसबाट उसलाई अन्तर्मनमा पनि समृद्धि महसूस हुन्छ ।
व्यक्तिले अरूलाई मदत केवल अर्थ अर्थात् धनको माध्यमले मात्र गर्नुहुँदैन, अपितु अरूलाई मदत कुनै पनि स्वरूपमा हुन सक्छ । मदत प्रायः निस्स्वार्थ भावले आप्mनो कल्पनाभन्दा अलि बढी गर्नुपर्छस किनकि अरूको लागि अलि बढी गरेको मदतले उसलाई पूरा दिन समृद्धि महसूस भइरहन्छ ।
यदि व्यक्तिले आप्mनो जीवनशैलीमा प्रसन्नताको कलामा महारत हासिल गर्छ भने यसबाट उसको खुशी एवं आन्तरिक सम्पन्नतामा अभूतपूर्व वृद्धि हुन्छ । यसबाट उसको मुहारमा आत्मविश्वासको एक अलग नै गरिमा झल्कन थाल्छ, उत्साहले उसको मुहारमा चमक आउँछ ।
एक राम्रो जीवनशैलीको अर्थ यो पनि हो कि व्यक्तिले आप्mनो हर उत्कृष्टतालाई पुरस्कृत गरोस्स किनकि जब उसले आप्mनो हर उत्कृष्टतालाई पुरस्कृत गर्छ, तब स्वयम् पनि बारम्बार पुरस्कृत हुन्छ, जस्तै– उसले सानोसानो कुरामा खुशी हुनुपर्छ, किनकि जीवनमा फर्केर देख्दा यही सानोसानो कुरा ठूलो प्रतीत हुन्छ । कुनै पनि व्यक्तिले सदाको लागि कसैलाई पनि खुशी, सुख एवं यश प्रदान गर्न सक्दैन, त्यसैले राम्रो यो हुन्छ कि हामी नै स्वयम्ले समृद्ध एवं खुशी रहनको लागि प्रयास गर्नुपर्छ ।
समृद्ध जीवनशैलीको आनन्द लिनु कुनै गा¥हो कार्य होइन । बस, यसको लागि हामीले पुस्तक, अन्य व्यक्ति एवं रोमाञ्चकारी अनुभवको प्रभावले आप्mनो ज्ञान एवं अनुभवलाई विस्तार गर्नुपर्छ । समृद्ध जीवन जिउनु एक प्रकारले मानसिक अनुभूति हो, जसमा हामीलाई कुनै प्रकारको अभाव महसूस हुँदैन, अपितु हाम्रोभित्र यति सामथ्र्य हुन्छ कि हामीले अरूलाई मदत गर्न सक्छौं ।
जब पनि कोही व्यक्ति आप्mनो कुनै कार्यमा सफल हुन्छ, तब उसको आत्मविश्वास बढ्छ । जब यदि कोही व्यक्ति आप्mनो कुनै कार्यमा असफल हुन्छ, तब उसमा आत्मविश्वासको कमी झल्कन थाल्छ र ऊ दुःखी हुन्छ । त्यसैले हामीले आप्mनो कार्य हेतु ठूलो लक्ष्य त चुन्नैपर्छ, तर त्यसलाई सानोसानो लक्ष्यमा विभाजित गर्नुपर्छ र क्रमशः ती सानोसानो लक्ष्यलाई प्राप्त गर्दै ठूलो लक्ष्यतर्पm बढ्नुपर्छ ।
व्यक्ति यदि सुरुआतमैं सानोसानो कदम बढाउँछ भने उसको लागि सजिलो हुन्छ, एकैपटक ठूलोठूलो कदम उठाउँदा उसको लागि मुस्किल एवं थकाइपूर्ण हुन जान्छ, जसले उसलाई अगाडि बढ्न रोक्न सक्छ । त्यसैले यदि हामीले अँध्यारोमा पहाडमा चढ्नुपर्नेजस्तो लक्ष्य तय गर्नु छ भने यसको सुरुआत थोरै प्रकाशको साथ एक कदम अगाडि बढाएर गर्न सक्छौं ।
पहिलो कदमबाट नै यदि पूरै पहाड चढ्नुपर्ने चिन्ता गरेर एक कदम पनि अगाडि बढाउँदैनौंं भने त पहाड चढ्न झनै मुस्किल हुन्छ । त्यसैले हामीले आप्mनो जीवनशैलीमा त्यस कार्यहरूलाई अवश्य सामेल गर्नुपर्छ, जसलाई हामीले गर्न सक्छौं र त्यस कार्यलाई राम्ररी गर्ने प्रयास गर्नुपर्छ । र, जुन कार्यलाई हामी गर्न सक्तैनौं, त्यसलाई सिक्ने प्रयास हामीले सदा गरिरहनुपर्छ ।
हाम्रो जीवनशैली यस्तो हुनुपर्छ, जसले हामीलाई मानसिकरूपले समृद्ध बनाउनुका साथै ऊर्जावान पनि बनाओस््, न कि बोझ । त्यसैले हामीले आप्mनो जीवनशैलीमा उचित आहारविहारलाई ध्यानमा राख्नुपर्छ । सही समयमा सही तरीकाले लिएको पोषणयुक्त आहारले हामीलाई शारीरिक एवं मानसिकस्तरमा ऊर्जा प्रदान गर्दछ, यसको साथै शारीरिक एवं मानसिक श्रम गरेको उप्रान्त लिएको विश्रामले शरीर एवं मनलाई ताजगी एवं ऊर्जा प्रदान गर्दछ । स्वस्थ चिन्तनले हामीलाई सकारात्मक जीवन जिउन प्रेरणा दिन्छ भने त्यहीं ध्यानको निरन्तर एवं नियमित अभ्यासले हाम्रो मनलाई एकाग्रचित्त बनाउनमा अत्यधिक सहयोग गर्छ । यसको माध्यमले हामी फेरि कुनै पनि कार्यलाई स्थिरता एवं लगनताको साथ गर्न सक्छौं ।
अतः हाम्रो जीवनशैलीमा भौतिक जीवनको साथसाथै आध्यात्मिक जीवनको पनि समन्वय हुनुपर्छ, तबमात्र हामी बाहिरी एवं भित्री स्तरमा समृद्ध हुन्छौं । यसको लागि हामीले जति आप्mनो शरीरको स्वास्थ्य एवं विकासमा ध्यान दिन्छौं, त्यति नै हामीले आप्mनो मनको स्वास्थ्य एवं विकासमाथि पनि ध्यान दिनुपर्छ।