प्रस, सेढवा, १३ मङ्सिर/
सूर्य नेपालले यस वर्ष फागुन महीनामा हुने सुर्तीखेती नगर्न सूचित गरेपछि पर्साका किसानहरूमा निराशा छाएको छ । प्रत्येक वर्ष असोज र फागुन महीना गरी दुईपटक सुर्तीबाली लगाउँदै आएका किसानहरू अहिले सूर्य नेपालको सूचनापछि निराश भएका छन् ।
सूर्य नेपालका सुर्ती फाँट प्रमुख माधव खनालले सुर्तीको सञ्चय बढी भएको कारण यस वर्ष फागुन महीनामा गरिने सुर्तीखेतीमा रोक लगाइएको प्रस्ट्याए ।
कारखानाले यसअघि डेढ वर्षको लागि आवश्यक सुर्ती सञ्चय गर्दै आएकोमा यसपटक तीन वर्षलाई पुग्ने सुर्ती सञ्चय भएको कारण किसानहरूलाई फागुन महीनामा गरिने खेती नगर्न सूचित गरिएको उनले बताए । प्रमुख खनालले निर्यातका लागि प्रयास भइरहेको बताउँदै निर्यात गर्न सफल भएको खण्डमा सूचना रद्द हुन सक्ने पनि जानकारी गराए । तर तत्काल निर्यातको लक्षण नदेखिएको उनको भनाइ छ । सूर्य नेपालले सिगरेट उत्पादनमा आवश्यक आरजी, एचडिबी र बर्नी जातका गरी तीनथरीको सुर्ती पर्सा, बारा, रौतहट, सर्लाही र धनुषासमेतबाट सङ्कलन गर्छ ।
सूर्य नेपालले भर्जिनिया जातको सुर्ती मात्र आयात गर्छ । यही कारण हो स्थानीय किसानहरूलाई सुर्ती खेती गर्न आवश्यक अनुदान सहयोग, बीउबिजन, जेटिएहरूसमेतको सूर्य नेपालले व्यवस्था गर्दै आएको छ । सूर्य नेपालले तीन जातका सुर्तीमध्ये पर्साबाट मात्र ८० प्रतिशत सङ्कलन गर्ने प्रमुख खनालले बताए । पर्सा जिल्लाको ठोरी, पटेर्वासुगौली, जीराभवानी गाउँपालिका र पर्सागढी नगरपालिकामा सुर्तीखेती हुँदै आएको छ । ठोरी गापाको विजयबस्तीमा धान, गहुँ, मकै, राजमा र तोरी खेती गर्दै आएका किसानहरू नगदेबालीमा सुर्तीखेती लाभदायक साबित भएपछि त्यसतर्पm आकर्षित भएका हुन् । विजयबस्तीमा अहिले ८० प्रतिशत किसान सुर्तीखेतीमा संलग्न छन् । खासगरी गाँजाखेती बन्द भएपछि नगदेबालीमा सुर्ती उत्कृष्ट साबित भएको छ ।
वनजङ्गलबाट आउने जनावरहरूले अन्य खेती नष्ट गरे पनि सुर्तीखेतीमा आँखै नलगाउने हुँदा जङ्गली जनावरहरूबाट पनि सुरक्षित रहने भएकोले सुर्तीखेती विजयबस्तीमा लोकप्रिय नगदेबाली भएको ठोरी गापा–५ प्रधानटोलका हरिप्रसाद चौलागाईंको बुझाइ छ ।
जीराभवानी गापा–४ सुपौलीका रामराज महतो भन्छन्– कम परिश्रममा बढी आम्दानी भएकोले किसानहरू सुर्तीखेतीमा आकर्षित भएका हुन् । एक दशकभन्दा बढी समयदेखि सुर्तीखेती गर्दै आएका महतो यसपटक सूर्य नेपालले फागुन महीनामा सुर्तीखेती नगर्न सूचित गरेको कारण निराश छन् । पर्सामा गत वर्ष २५ सय मेट्रिकटन सुर्ती उत्पादन भएको र यसपटक १४ सय मेट्रिकटन मात्र सुर्ती उत्पादन हुने जेटिए ब्रजेश साहले बताए । उनले पर्सा जिल्लाको ११ सय हेक्टर जमीनमा सुर्तीखेती भइरहेको जानकारी गराए । सूर्य नेपालका सुर्ती फाँट प्रमुख खनालले असोजमा बढी सुर्तीखेती हुने गरेको र फागुनमा ४ सय मेट्रिकटन मात्र सुर्तीखेती हुने गरेको बताए ।