प्रस, निजगढ, १२ मङ्सिर/
निजगढ नगरपालिका–७ को चौतारा युवा क्लबले ८२ वर्षीय असहाय वृद्धलाई घर बनाइदिने भएको छ।
बिहीवार विशेष समारोहमा निजगढ नगरकी उपप्रमुख लीलादेवी लामिछानेले वृद्धको घर शिलान्यास गरेकी छन्।
सो अवसरमा उपप्रमुख लामिछानेले क्लबले गर्न लागेको सेवा कार्यबाट निजगढ नगरपालिकाले पनि पाठ सिक्नुपर्ने बताउँदै गरीबीले पिल्सिएका सहाराविहीन, बास नभएकाहरूको पहिचान गरी बासको व्यवस्था मिलाउन नगरपालिका योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्ने महसूस भएको बताइन्।
निनपा–७ का वडाध्यक्ष रामजी बजगाईंले पनि क्लबको कार्यको खुलेरै प्रशंसा गरे। बेसहारालाई सहारा दिनु, बास नहुनेलाई बास बनाइदिनु नै मानवको पुण्य कार्य र धर्म रहेको बताउँदै ६ महीनाअघि मात्रै तिनै दुर्गाबहादुरको ८२ वर्षको उमेरमा चौतारा क्लबको सक्रियतामा नागरिकता बनाइएको स्मरण गरे। क्लबले बेसहारा वृद्धलाई घर बनाइदिने कार्य उदाहरणीय रहेको महिला समाजसेवी सावित्री भारती र महिला जनप्रतिनिधि जगतकुमारी न्यौपानेले बताइन्।
क्लबले तिहार पर्वमा देउसीभैलो खेलेर सङ्कलन गरेको रकमबाट स्थानीय बेसहारा वृद्ध दुर्गाबहादुर रानामगरलाई घर बनाइदिने भएको हो। उनको काठेघर जीर्ण भई भत्किएर लड्नै लागेकोले उनको घर बनाइदिने योजनाका साथ अघि बढेको क्लबका अध्यक्ष दिलबहादुर पुलामीले बताए।
स्थानीय बलराम रानामगरको जग्गामा बनाउन थालिएको घरमा दुर्गाबहादुर बाचुन्जेलसम्म जग्गाधनीले कुनै बाधा, विरोध नगर्ने सहमति भएको छ। सोही सहमतिको आधारमा घर निर्माणको लागि आज शिलान्यास गरिएको अध्यक्ष पुलामीले बताए।
करीब डेढ लाख रुपैयाँको लागतमा दुई कोठे ब्लक र जस्तापाताको छानासहितको घर बनाइदिने योजना रहेको क्लबका सहसचिव शिव रानाले बताए।
रातभरि देउसीभैलो खेलेर पिकनिक जाने र पैसा सिध्याउने जस्ता विकृति बढिरहेको बेला असहायको बासको व्यवस्था गरी उदाहरणीय सामाजिक कार्यमा अग्रसर हुन सल्लाह, सुझाव दिएको र सोही अनुसार क्लबका सदस्यहरू अग्रसर भइरहेको क्लबका सल्लाहकार मोती रानाले बताए।
वृद्धको घर निर्माणका लागि स्थानीय घर निर्माण ठेकेदार बमबहादुर दर्लामीले निश्शुल्क मिस्त्री उपलब्ध गराउने बताएका छन्। क्लबको यस कार्यले देउसीभैलोबाट सङ्कलन भएको रकम समाजसेवामा पनि समर्पित गर्नुपर्छ भन्ने भावना पैदा हुने स्थानीय महिला समाजसेवी एवं जनहित सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष चन्द्रिका पुलामीले बताइन्।
ढल्नै लागेको घरबाट क्लबले नयाँ घर बनाइदिएर उद्धार गर्न थालेकोमा ८२ वर्षीय दुर्गाबहादुरको मुहारमा खुशी छाएको छ।