प्रस, वीरगंज, १२ मङ्सिर/
गत वर्षात्मा भारतको मध्यप्रदेश र नासिकमा बाढी आउँदा किसानले भिœयाएको प्याज ठूलो परिमाणमा कुहिएर नष्ट भएको थियो। जसले गर्दा भारतमैं मागबमोजिम प्याज नपाएपछि भारत सरकारले प्याज विदेश निर्यातमा प्रतिबन्ध लगायो। सोही कारण अहिले नेपालमा प्याजको भाउ उच्च भएको छ ।
तर प्याजमा भएको मूल्यवृद्धि अब दुई सातापछि समाधान हुने वीरगंजका तरकारी तथा फलपूmल व्यवसायीहरूले बताएका छन्। तरकारी तथा फलपूmल व्यवसायी सङ्घका अध्यक्ष्F विदुर गुप्ताका अनुसार अहिले प्रतिकिलो रु १६५ देखि रु १८० सम्म बिक्री भइरहेको प्याज १५ दिनपछि करीब आधा घट्नेछ । भारतको नासिक र मध्यप्रदेशलगायत अन्य राज्यमा यस वर्ष लगाइएको प्याज निस्किन थालेपछि हरेक दिन कम्तीमा रु ५ ले प्याजको भाउ घट्दै जाने उनले अनुमान गरे।
पर्सा, बारामा प्याज न्यून मात्रामा उत्पादन हुने भएकोले वीरगंजमा प्याजको मूल्य उच्च छ। साथै भारतबाट
भित्रिने प्याजको भरमा नेपालको वीरगंज, कलैया, जीतपुर, सिमरा, निजगढ, रौतहट, लालबन्दी, हेटौंडा, भरतपुर, काठमाडौं, पोखरालगायतका शहरहरू पनि निर्भर रहेकाले
ती शहरहरूमा पनि प्याजको भाउ प्रतिकिलो रु २५० भन्दामाथि पुगेको उनले बताए।
भारतबाट प्याज ल्याउन अहिले क्यारिङबाट वीरगंज भन्सारमा जम्मा गरी भन्सार कटाएर ल्याइँदैछ। त्यस कारण प्याजको भाउ थोकमा रु १६० प्रतिकिलो बिक्री भइरहेको छ। उनले भने– “सोही दाममा वीरगंजबाट अन्य शहरमा प्याज लग्दा ढुवानी र ज्याला खर्च जोड्दा प्याजको भाउ महँगो भएको हो। प्याजको भाउ बढेपछि सर्वसाधारणले हरियो प्याज (सन्डा) प्रयोग गर्दैछन् भने होटलमा प्याज मिश्रित खानेकुराहरू तथा परिकारहरूमा पनि प्याजको मात्रा कम देखिएको छ।
व्यवसायीका अनुसार मागको तुलनामा हरियो तरकारीको खपत अत्यधिक हुने भएकोले तरकारीको मूल्य आकाशिएको हो। अध्यक्ष्F गुप्ताका अनुसार अहिले बजारमा काउली थोकमा रु ५५, खुद्रामा रु ७०, भन्टा थोकमा रु ३०, खुद्रामा रु ४०, हरियो केराउ थोकमा रु १००, खुद्रामा रु १२०, परवल थोक रु ६०, खुद्रामा रु ७०, गोलभेंडा थोकमा रु ६०, खुद्रामा रु ८० को दरमा बिक्री भइरहेको छ।
सर्वसाधारणले आप्mनो घरपरिवारको लागि आवश्यक पर्ने तरकारी आप्mनै खेतबारीमा उब्जाउन थालेपछि तरकारीको माग घट्ने र तरकारीमा छाएको महँगी कम हुने तरकारी व्यवसायीहरूले बताएका छन्।