राजेश मिश्र
इन्सान बडा नहीं होता, समय बडा होता है अर्थात् मानिस महान् हुँदैन, समय महान् हो । आज जुन वृद्धसँग संवाद गरियो, उनको बैठक गोलघरमा उपरोक्त पङ्क्ति लेखिएको रहेछ । सन् १९९१ मा रिलिज हिन्दी फिल्म ‘घरपरिवार’मा एउटा गीतको बोल रहेको छ, समय बडा बलवान रे भैया समय बडा बलवान । उनको गोलघरमा लेखिएको उपरोक्त पङ्क्ति र घरपरिवारको यो गीत–हिजो, आज र भविष्यमा पनि समय सान्दर्भिक रहनेछ । र, मानवसभ्यतालाई समयचक्रको अनुबन्धमा रहन जीवनपर्यन्त अभिप्रेरित गरिरहनेछ । मानिस जन्मदेखि नै समयचक्रसँगै हिंडिरहन्छ । सङ्घर्ष गरिरहन्छ । समयको गतिभन्दा कम गतिमा वा उच्च गतिमा हिंडिरहे पनि भूलोकमा जन्म लिने हरेक प्राणी एक न एक दिन थकित हुनैपर्छ । हार खानैपर्छ । भूलोक त्याग्नै पर्छ । समय हार्दैन । सधैं समयको जीत हुन्छ । समय गतिमान रहिरहन्छ । यो ध्रुवसत्यलाई कसैले रोक्न सक्दैन । समयको हरेक सेकेन्डमा जन्म र मृत्युको क्रम चलिरहन्छ । समयको गतिक्रमसँगै कोही उकालो चढिरहेको हुन्छ भने कोही ओरालो लाग्दै गरेको हुन्छ ।
उनको बैठक गोलघरको चारैतर्पm ज्ञानका पङ्क्तिहरू काठमा कोरिएका छन् । सोही पङ्क्तिहरूको मुनि हामी कुराकानी गर्न बसेका थियौं । उनी राजनीतिक व्यक्तित्व भएपनि उनीसँग ज्येष्ठ अनुभवमा केन्द्रित रहेर म र उनको भतिज बब्लु गुप्ता दिउँसो करीब १ बजे उनको निवास प्रसौनीभाठा पुग्यौं । बिहानको खाना खाएर, उनी आप्mनो बैठक घरमा आफन्त र छिमकीसँग गफगाफ गरिरहेका थिए । बैठक घरसँगै ठूलो आकारको काठको पुरानो भइसकेको भकारी छ । घरको अगाडि ठूलो चौर जस्तै फराकिलो आँगन (स्थानीय भाषामा दुआर भनिन्छ) छ । सोदेखि दक्षिणतर्पm हात्ती नभए पनि हात्तीसार अहिले पनि छ, जुन हात्तीघर पुरानो र कमजोर भइसकेको अवस्थामा देखिन्छ । कुनै जमानामा हात्ती पाल्नु र हात्तीको सवारी गर्नु उनको परिवारको मुख्य शौक हुन्थ्यो । दिन प्रतिदिन परिवार सङ्ख्या बढ्दै जाँदा क्रमशः जायजेथा पनि साँघुरिंदै गएको छ । हजुरबाको पालामा एउटै रहेको ठूलो घर, पुस्ता दर पुस्ता थपिंदै गएको छ ।
पुरानो पुस्ताका प्रायः सबैका परिचित वृद्ध हुन्, विन्ध्वासिनी गाउँपालिका–५ का सवा ६ फिट अग्लो ८६ वर्षीय वृद्ध विश्वनाथप्रसाद गुप्ता । वर्तमान समयमा उनको राजनीतिक उचाइ निष्प्रभावी भएपनि प्रकृतिले प्रदान गरेको उनको शारीरिक उचाइ र गोरो रङ्ग भने जस्ताको त्यस्तै छ । उनको मीठो बोलीवचन र ज्ञानका कुराहरू सुन्न साँझ बिहान गाउँलेहरू उनीकहाँ जम्मा हुने गर्छन् । एकताका जिल्लाका चर्चित राजनीतिक हस्तीहरूमध्ये उनी पनि एक थिए । उनी आर्थिकरूपमा सम्पन्न परिवारका हुन् । परापूर्वकालदेखि उनको परिवारको सामाजिक र राजनीतिमा संलग्नता रहिआएको छ । उनी पञ्चायतकालका पूर्व जिल्ला सभापति स्व. राधाप्रसाद गुप्ता (काकाको छोरा)का भाइ हुन् । उनको परिवारको राजनीतिक र सामाजिक सक्रियता र आबद्धता भने आज पनि कायम छ । पछिल्लो समय उनकी बुहारी (दाइकी बुहारी) किरण देवी विन्ध्यवासिनी गाउँपालिकाकी उपाध्यक्षको पदमा आसीन छिन् ।
हाल तपाईंको उमेर कति होला ? उनी हाँस्दै र ख्यालठट्टा शैलीमा भने, म ८६ वर्षीय युवक हुँ । त्यहाँ उपस्थित हामी सबै मन्द मुस्कानसहित उनीतिर हेर्न लागेका थियौं । लगत्तै गुलाबी हाँसोका साथ उनले पुनः थपे– यसो हँसाएको हुँ बाबु । यो उमेरमा पनि उनको हँसिलो र चम्किलो अनुहार हेर्न लायक छ । रामायण, महाभारतलगायतका भक्तिभावका शिक्षाप्रद कुराहरूका अथाह सागर जस्तै छन् उनी । उनका हरेक शब्दहरू युवाजमातको लागि शिक्षाप्रद हुन सक्छ ।
उनले आप्mनो बाल्यकाल र युवावस्थाको बारेमा भने– म सम्पन्न परिवारमा जन्मेको हुँ । मेरो बाल्यकाल र युवावस्था राम्रोसँग बितेको थियो । युवावस्थामैं पहिलोपटक २०२२ सालमा जिल्ला पञ्चायत सदस्य रहेर काम गरें । २०३३ सालमा जिल्ला निर्देशन समिति सदस्य भएँ । सुर्जाहा–प्रसौनी पञ्चायतको उपाध्यक्ष पदमा निर्वाचित भएर काम गर्ने अवसर पाएँ । उनले करीब ६० वर्षसम्म पर्सा जिल्लाको राजनीतिमा सक्रिय भूमिका निर्वाह गरेको बताए । पञ्चायतकाल र २०४६ को परिवर्तनपछिको प्रजातन्त्रमा पनि सक्रिय रहे । हालको सङ्घीय शासनप्रणालीमा उनी वृद्ध भएर बाँचिरहेका छन् । उमेरले उनलाई वृद्धको श्रेणीमा देखाए पनि उनी अहिले पनि शारीरिक र मानसिकरूपमा सबल देखिन्छन् ।
तन्दुरुस्तीको राजको सवालमा उनी भन्छन्, सूर्योदयअघि उठ्नुपथ्र्यो । बिहान दही–चिउरा वा रोटी नास्ता गरिन्थ्यो । पायक पर्ने ठाउँसम्म पैदल गइन्थ्यो । त्यतिबेला खेतबारीमा यति विघ्न रासायनिक मलखादको प्रयोग हुँदैनथ्यो । शुद्ध अनाजको भोजन गरिन्थ्यो । दूध दहीको बढी प्रयोग गरिन्थ्यो । आप्mनै खेतबारीमा उब्जेको तोरीको शुद्ध तेल खाइन्थ्यो । अहिलेको जस्तो फास्टपूmड हाम्रो जमानामा हुँदैनथ्यो । आजको जस्तो मिसावटयुक्त खाद्यान्न हुँदैनथ्यो। पारिवारिक अनुशासन कडा हुन्थ्यो । जथाभावी साथीकहाँ जान पाइँदैन थियो । जसले गर्दा विकृतिहरूबाट युवा टाढा रहन्थ्यो । प्राकृतिक शरीर, प्रकृतिको साथमा हुन्थ्यो । र, त्यही बाल्यावस्थामा प्रकृतिसँगको सामीप्यता र साŒिवक भोजनले पुरानो पुस्ता तन्दुरुस्त देखिएका हुन् ।
प्रसङ्ग फेर्दै उनले आज मानिस बढी बिरामी हुनुको कारणबारे बताए । यो कसलाई थाहा छैन ? आहारविहार बदलिएको छ । आधुनिक भनिने युगका मानिसहरू कामको चाप शिरमा लिएर हिंडिरहन्छन् । समयमा भोजन गर्दैनन् । शरीरलाई विश्राम दिंदैनन् । जिब्रोले मन पराएका खानेकुरा बढी मन पराउँछन् । शरीरलाई राम्रो हुने र बल प्रदान गर्ने खाद्यान्नप्रति ध्यान केन्द्रित गर्दैनन् । बच्चादेखि युवासम्म कुनै न कुनै कुराको चिन्तनमैं देखिन्छन्, रहन्छन् । अनि बिरामी हुँदैनन् त ।
महँगीको जमाना छ, काम गर्नुपरेन त भन्ने सवालको जवाफमा उनले पहिलेका मानिस काम गर्दैनथे र ? भनी प्रतिप्रश्न गरे । काम गर्नुपर्दछ । काम नगरे जीवन चल्दैन । तर व्यवस्थित तरीकाले गर्नुपर्दछ । छिटो धनी हुने सपनामा शरीरलाई मेशिनजस्तै २४सैं घण्टा चलाउनु उचित होइन । पहिलो प्राथमिकता शरीरलाई दिनुपर्छ । शरीर रहे मात्र काम गर्न सकिन्छ । शरीरलाई सधैं ऊर्जाशील बनाइराख्नको लागि सन्तुलित आहारविहार र व्यायाम नितान्त आवश्यक छ ।
उनी भन्छन्, हाम्रो पालामा शिक्षाको खासै महŒव थिएन भन्नुभन्दा पनि शिक्षा आर्जन गर्ने सुविधा थिएन वा शिक्षण संस्थाहरू थिएनन् भन्दा बेस होला । उतिबेला शिक्षा सबैको पहुँचसम्म हुँदैनथ्यो । आज गाउँगाउँमा शिक्षण संस्थाहरू छन् । त्यो समयमा भारतको रक्सौलबाट मैट्रिक पास गरी होमियोपैथी शिक्षामा एचएमबिएस गरें । संस्कृत विद्यामा मध्यमा पास गरें । आमा उतिबेलाको आइएस्सी पास हुनुहुन्थ्यो । घरका बच्चाहरूलाई शिक्षा ग्रहण गराउनमा आमाको अग्रणी भूमिका थियो । कखरा र संस्कार आमाबाट सिकेको हुँ । कुराकानीको क्रममा उनी घरीघरी आमालाई सम्झिन्थे । आजभोलि गाउँघरमा रहेर होमियोपैथी सेवा लिन चाहनेहरूलाई निश्शुल्क सेवा प्रदान गर्दै आएका छन् । धर्मग्रन्थहरूको अध्ययनमा उनको विशेष रुचि छ ।
पन्ध्र वर्षको उमेरमा उनको विवाह भएको थियो । सन्तानको रूपमा उनकी एउटी मात्र छोरी छिन् । छोरीको विवाह भएपनि उनले प्रत्येक दिन मेरो हालखबर बुझ्न फोन गर्छिन्, उनी भन्छन् । उनकी पत्नीको निधन भएको १६ वर्ष भइसक्यो । पत्नीको स्वर्गारोहणपछि अधूरो जीवन बिताइरहेका छन् । उनी भन्छन्, पतिपत्नी भनेको एउटा गाडीका दुईटा पाङ्ग्रा हुन् । दुईटा पाङ्ग्राले जसरी गाडी गुड्छ, त्यसरी एउटा पाङ्ग्राले गुड्दैन । वृद्धावस्थामा पतिविना पत्नीको वा पत्नीविना पतिको जीवन कसरी चल्दो हो, त्यो बयान गरेर साध्य छैन । अलगअलग घरमा जन्म लिएर पनि विवाहपछि एकापसमा अटुट माया ममता गाँसिएर एकार्काविना बाँच्न गा¥हो जस्तो लाग्छ । तर के गर्नु, जीवन र मृत्यु कसैको हातमा हुँदैन । प्रकृतिको नियमको अगाडि कसैको केही लाग्दैन ।
अचेल जीवन कसरी बितिरहेको छ ? उनी भन्छन्, दाइकी छोराबुहारी नभएको भए शायद यो उमेरसम्म बाँच्न सकिन्नथ्यो होला । सबैले माया गर्छन् । खाना, नास्ताको लागि कहिल्यै भन्नुपर्दैन, उनीहरूलाई । बिरामी भएमा उपचारको लागि सबै लागिपर्छन् । पारिवारिक मायाममताले गर्दा नै म यो उमेरमा पनि यति हाँसीखुशी छु । एउटा प्रश्नमा उनले भने, समयसँगै परिवर्तन हुनुपर्दछ । संसारमा जहाँ रहे पनि आप्mनो मातृभाषा, संस्कार र संस्कृति बिर्सनुहुँदैन । आप्mनो वास्तविकता लुकाउनुहुँदैन ।
उनले आप्mनो जीवनकालको एउटा बिर्सन नसकिने घटना सुनाए । २०६१ सालमा माओवादीले उनलाई निवासबाटै अपहरण गरेका थिए रे १ उनीहरूको योजना के थियो उनीहरूले नै जानून् । कुन अपराधको लागि अपहरण गरेका थिए, कसैले मलाई बताएनन् । चार/पाँच दिनपछि आपैंm रिहा गरिदिएका थिए ।
पारिवारिक संस्कारको सवालमा उनी भन्छन्, हामी जतिबेला बालबालिका थियौं, त्यो बेला अभिभावकको वरिपरि बस्न सक्ने हिम्मत हुँदैन थियो । आँखा जुधाएर कुरा गर्ने आँट हुँदैन थियो । घरबाहिर कामले जाँदा अभिभावक र अग्रजहरूको चरण स्पर्श गरी आशीर्वाद लिएर गइन्थ्यो, फर्किंदा पनि सोही अनुसार गरिन्थ्यो । हाम्रो पारिवारिक संस्कारमा कुनै परिवर्तन आएको छैन ।
अचेलको राजनीतिक अवस्थाका बारेमा उनले पदलोलुपता र अहङ्कारको राजनीतिक गतिविधि त्याग्नुपर्ने सुझाव दिए । पद पाएर मात्तिने, पद गुमाए आत्तिने जस्तो हुनुभएन । यो मृतलोकबाट लिएर केही जाने होइन । न पद न पैसा । सबैलाई भलो हुने काम गर्नुपर्छ ।
युवाहरूको लागि उनले गहिरो साँस लिंदै भने, पहिलो प्राथमिकता शिक्षामा हुनुपर्छ । आज शिक्षा क्षेत्रमा असीमित अवसरहरू उपलब्ध छन् । विशेषगरी विद्यार्थीहरू विशिष्ट श्रेणीमा पास भएर बढी हर्षित र फेल वा श्रेणी कम भएपछि गहिरो दुःख व्यक्त गर्छन्, यस्तो गर्नुहुँदैन । जुन क्षेत्रमा बढी रुचि छ, त्यसै क्षेत्रमा धैर्यताका साथ अघि बढिरहनुपर्छ । सफलता र असफलताभन्दा पनि लगनशीलतालाई केन्द्रबिन्दुमा राख्नुपर्दछ । सकारात्मक सोच राख्नुपर्छ । लगनशील मानिसको परिश्रम कहिल्यै खेर जाँदैन । अन्त्यमा उनले मानिस महान् हुँदैन, समय महान् हुन्छ भन्ने लोकोक्ति सबैले मनमा राखे कहिले दुःख पाइँदैन भन्दै आजका युवावर्गलाई सुझाव दिए ।