प्रस, कलैया, १२ मङ्सिर/
गढीमाई मन्दिरमा भाखल दिन ल्याएका राँगाहरूमध्ये तीनवटा राँगा मरिसकेको छ। खान नपाएर र जाडोका कारण तीनवटा राँगा मरेको पशु कल्याण सङ्घ नेपालका अगुवा तनुजा बस्नेतले जानकारी दिइन्। महागढीमाई नगरपालिका वडा नं १ स्थित गढीमाईमा भाखल गरेका भक्तालुहरूले बलि चढाउन ल्याएका राँगाहरूको दुरवस्थालाई देखेर पशु कल्याण सङ्घ नेपालले दाना खुवाउन शुरू गरेको छ।
१५ सयवटाभन्दा बढी राँगा मेलामा आइसकेको र आउनेक्रम जारी रहेको मेला व्यवस्थापन समितिले जनाएको छ । बलिका लागि मेलास्थलमा ल्याइएका राँगाहरूको खाने र बस्ने स्थान राम्रो नभएको र कष्टकर अवस्थामा रहेकाले तिनीहरूको लागि पशु कल्याण समाज र महिला विकास मञ्च बाराले आहार जुटाउन शुरू गरेको पशु कल्याण सङ्घ नेपालका अध्यक्ष स्नेहा श्रेष्ठले बताइन्। अज्ञान पशुलाई पनि मानव सरह व्यवहार गर्नुपर्ने पशु अधिकारकर्मीहरूको सुझाव छ।
राँगाहरूको लागि ९० किलो बन्दाकोभी, ८ सय किलो दाना मेला समितिलाई प्रदान गरेको बारा महिला विकास मञ्चकी अध्यक्ष कलावती पासवानले जानकारी गराएकी छन्। मङ्सिर १७ गतेसम्म ती राँगाहरूका लागि खाने र न्यानोका लागि परालको व्यवस्था गरिने अध्यक्ष पासवानले जानकारी गराइन्।
‘प्राणीको सेवा नै धर्म हो’ भन्ने मान्यतालाई आत्मसात् गरी पशुलाई माया गर्नुपर्ने र उनीहरूको बाँच्ने अधिकारलाई सुरक्षित राख्नुपर्ने पशु कल्याण सङ्घ नेपालका केन्द्रीय कोषाध्यक्ष विकेश श्रेष्ठले बताए। यता मेला समितिले ढाटमा जम्मा भएका राँगाहरूका लागि दाना, पानी, पराल र स्वास्थ्य चेकजाँचका लागि चिकित्सकसहितको टोली परिचालन गरिएको मेला मूल व्यवस्थापन समितिका महासचिव मोतीलाल कुशवाहाले जानकारी दिए।