प्रस, ठोरी, १४ मङ्सिर/
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्सामा रहेको एकमात्र निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षमा ठोरी–३ बुद्धनगरका बालकुमार बस्नेत निर्वाचित भएका छन् ।
शनिवार ठोरी–२ गौतमनगमा उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा बस्नेत अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्ष राजबहादुर मगर, सचिव नानीराम भुँजेल र कोषाध्यक्षमा विनोद चापागाईंलगायत सदस्यहरू सर्वसम्मत निर्वाचित भएका हुन् । निर्वाचित समितिले चारजना महिला सदस्य मनोनीत गर्ने प्रावधान रहेको निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिका निवर्तमान सदस्य शम्भु खड्का बताए । ९ सदस्यीय निर्वाचित सदस्यमा नेकपानिकट ७ सदस्य विजयी भएका छन् ।
उपभोक्ता समितिको पदाधिकारी चयनअघि समिति अन्तर्गत रहेका ९ वटा एकाइमा सदस्य चयनका लागि निर्वाचन भएको थियो । निर्वाचनबाट एकाइ १ मा राजबहादुर मगर, २ मा कृष्ण कुँवर, ३ मा विनोद चापागाईं, ४ मा यादवराज कुँवर, ५ मा ताराप्रसाद पराजुली, ६ मा बिन्दा पन्त चयन भएका थिए । त्यसैगरी, साबिक निर्मलबस्ती गाविस अन्तर्गत पर्ने एकाइ ७ मा नानीराम भुँजेल सर्वसम्मत भएका थिए भने ८ मा बालकुमार बस्नेत र ९ मा रामबहादुर जोशी निर्वाचित भएका थिए ।
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत चितवन, मकवानपुर, नवलपुर र पर्सामा गरेर २२ वटा मध्यवर्ती उपभोक्ता समितिहरू छन् ।
विसं २०७१ मा निर्वाचित उपभोक्ता समितिको पदावधि सकिएपछि नयाँ नेतृत्व चयन भएको हो ।