डा. रमेश मिश्र
संसारका सबै जीवका लागि काम, आराम र निद्रा अति आवश्यक छ । स्वस्थ रहनको लागि पनि यी तीनै कार्य मुख्य हुन् । तर जब व्यक्ति काम काम भनी बढी व्यस्त हुन्छ, तब उसको आराम र निद्राको समय छोटिंदै जान्छ । परिणामस्वरूप व्यक्ति रोगी बन्छ ।
व्यक्तिको लागि निद्रा अति नै आवश्यक हो । जब व्यक्तिको निद्रा अव्यवस्थित हुन्छ, उसको प्रसन्नता, मानसिक क्रियाहरू, साहस, बल, शक्ति तथा अन्य क्रियाहरू अत्यधिक प्रभावित हुन्छन् । बाहिरी बाधाहरू अर्थात् असुविधाजनक वातावरण, हल्ला, तेज प्रकाश आदिको कारणले व्यक्ति थकान मेटाउन सुत्न नपाउनुलाई अनिद्रा भनिन्छ ।
अनिद्रा एउटा गम्भीर समस्या हो । यसको कारण व्यक्तिको स्वभाव, व्यवहार, शारीरिक र मानसिक क्रियाहरू प्रभावित हुन थाल्छन् । आयुर्वेदमा निद्राको गुण एवं अवधिमा तमोगुण र कफदोषको प्रधानता मानिएको छ । अव्यवस्थित जीवनशैली अथवा कुनै अन्य रोगको कारण उत्पन्न शारीरिक एवं मानसिक अवस्थाबाट वातदोष र रजोगुण बढेर निद्रालाई कुप्रभावित गर्दछ । यो अवस्था धेरै दिनसम्म रहिरहे अनिद्रा अर्थात् निद्राका अनेक विकृतिहरू उत्पन्न हुन्छन् ।
अनिद्राका लक्षण
अपर्याप्त विश्रामको कारण अलि अस्वस्थताको अलावा निरन्तर निद्राको अभावमा निम्न स्वास्थ्य समस्याहरू उत्पन्न हुन्छन्–
शिरशुल, बेचैनी, अङ्गमर्द, अरुचि, कब्जियत, छालारोग, चिडचिडापन, असम्यक मनोरोग व्यवहार वा स्वभावमा परिवर्तन ।
अनिद्राको आयुर्वेदमा उपचारको राम्रो व्यवस्था गरिएको छ । अनिद्राका कारण र लक्षणहरूको आधारमा आयुर्वेदमा चिकित्साको व्यवस्था गरिन्छ । शारीरिक र मानसिक विश्रामको लागि तथा जीवनशैलीमा मार्गदर्शन देखाउनको लागि रोगीको प्रकृतिलाई ध्यानमा राख्दै उसको उपचार गरिन्छ । जसले गर्दा बिस्तारैबिस्तारै निद्राको गुण र अवधिमा सुधार हुन्छ ।
अनिद्रा र सम्बन्धित विकारहरूको सफलतापूर्वक उपचारको लागि आवश्यकताका अनुसार निम्न बिन्दुहरूबाट चिकित्सा गरिन्छ ।
– आहार, भावनाहरू, शारीरिक क्रियाहरू, व्यवहार र निद्राको समय आदि जीवनशैलीमाथि नियन्त्रण ।
– पञ्चकर्मबाट शारीरिक शोधन एवं शिरोधाराबाट शारीरिक र मानसिक विश्राम ।
– अनिद्राका कारणहरूको चिकित्सा ।
– मेध्य रसायन र अन्य चिकित्सकीय परामर्शका अनुसार औषधिको प्रयोग ।
– सुत्ने बेला दूधको साथ खसखसको प्रयोग ।
– गुडको साथमा पिप्पली मूलको प्रयोग । – सुत्ने बेला उमालेको भन्टाको सेवन ।
– मुक्ताशुक्ति भष्म ।
– योगाभ्यास ।
अनिद्रामा निम्न जडीबुटी र औषधिहरू आयुर्वेद चिकित्सकले प्रयोग गर्दछन्– शङ्खपुष्पी, जटामांसी, अश्वगन्धा, तगर, सर्पगन्धा ।
अनिद्रामा सरल, पौष्टिक र सुपाच्य आहारको सेवन गर्नुपर्दछ ।
– समयमा भोजन र सुत्नुभन्दा २ घण्टाअघि रातिको भोजन गर्नुपर्र्छ ।
– धूमपान, मद्यपान, उत्तेजक पदार्थ, बढी चिया, कफीको सेवन गर्नुहुँदैन ।
– दिनमा नसुत्ने, अव्यवस्थित र व्यस्त दिनचर्या, अत्यधिक श्रम, अत्यधिक यौन सम्बन्ध नगर्ने ।
– ऋतु र वातावरणको अनुकूल सुखद शैøया हुनुपर्दछ ।
– सकारात्मक सोच, शान्तिपूर्ण व्यवहार, रात्रि भोजनपछि घुम्ने, सुत्नुअघि खुट्टा मनतातो पानीले धुने, टाउको र खुट्टामा तेल मालिस गर्ने ।
– प्राणायाम तथा ध्यान गर्ने ।