प्रमोद यादव, पंचगावाँ, १४ मङ्सिर/
सखुवाप्रसौनी गाउँपालिका–५ मा शनिवार उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न भएको छ । कुल २६०२ मतदातामध्ये २१२८ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले बताए । पुरूष १२११ र महिला ९१७ जनाले मतदान गरेको खरेलले जानकारी गराए । बिहान ७ देखि शुरू भएको मतदान साँझ ५ बजे सम्पन्न भएको थियो ।
पर्सा जिल्लामा एक स्थान सखुवाप्रसौनी गापा–५ मा वडाध्यक्ष पदको लागि मतदान भएकोले उम्मेदवारी दिएका पार्टीका सबै नेताहरूको सहभागिता थियो । वडाध्यक्षको लागि पाँचजना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपाली काङ्ग्रेस, समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, राप्रपा र एकजना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । नेपाली काङ्ग्रेस, समाजवादी र नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
समाजवादी पार्टीबाट रूपलाल यादव, नेपाल कम्युनिस्ट पार्टीबाट उदयशङ्कर रौनियार, नेपाली काङ्ग्रेसबाट अशेश्वर यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सदरीमहरा चमार र स्वतन्त्र गोपालसाह कानु चुनावी प्रतिस्पर्धामा छन् । तत्कालीन सङ्घीय समाजवादी फोरमबाट २०७४ सालको स्थानीय तहको चुनावमा वडाध्यक्षमा निर्वाचित बृजमोहन यादवको निधन भएपछि रिक्त स्थानमा आज निर्वाचन भएको हो । आजै राति आठ बजेपछि सर्वदलीय सहमतिपछि मतगणना शुरू गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत खरेलले जानकारी गराएका छन् ।
रौतहटमा शान्तिपूर्ण मतदान
प्रस, गरुडा/
रौतहटको गढीमाई नपा–२ मा वडाध्यक्ष पदको लागि शनिवार सम्पूर्णरूपले शान्तिपूर्ण मतदान सम्पन्न भएको छ ।
वडाको समनपुरस्थित स्वास्थ्य चौकीमा दुई र हथिऔल प्राविमा एक गरी तीनवटा मतदान केन्द्रमा सम्पन्न निर्वाचनमा १ हजार ५ सय ४४ जनाले मतदान गरेका छन् । कुल मतदाताको करीब ८५ प्रतिशत मतदान भएको छ ।
वडाध्यक्ष योगेन्द्र दासको मृत्युपछि रिक्त वडाध्यक्ष पदमा भएको उपनिर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी ११ जना उम्मेदवार थिए । स्थानीय मतदाताले उत्साहपूर्ण सहभागिता जनाएको र कुनै होहल्लाविना मतदान भएको स्थानीय कामेश्वर सहनीले बताए ।