जर्मनीको प्रैंकफर्टमा लेखक दम्पती । |
युरोप महादेश आपैंmमा निकै महŒवको महादेश हो । मानव सभ्यताले हालसम्म आर्जन गरेको ज्ञान, विज्ञान, प्रविधि तथा विकासको मुख्य स्तम्भ नै युरोप रहँदै आएको छ । प्राचीनकालदेखि नै मानव समाजसमक्ष बारम्बार आउने गरेका प्राकृतिक आश्चर्य, समस्या वा प्रश्नहरूलाई वस्तुगत ढङ्गले निरूपण गर्ने प्रवृत्ति तथा प्रविधि दुवै कुरा युरोपबाट नै आएका हुन् । ईश्वर, अज्ञानता र अन्धविश्वासको सट्टा ज्ञान, विवेक र विज्ञानलाई जोड दिएर आजभन्दा सवा चार सय वर्ष पहिले नै युरोपले साढे तीन सय वर्षसम्म लगातार (सन् १३५० देखि १६०० सम्म) पुनर्जागरण आन्दोलन चलाएर मानवसमाजमा विज्ञान स्थापित गर्ने तथा अन्धविश्वासलाई विस्थापित गर्ने कार्यमा मुख्य भूमिका खेलेको छ । यसै अवधिमा कला, साहित्य, विज्ञान, राजनीतिलगायत सम्पूर्ण क्ष्Fेत्रमा तीव्र विकास भयो । अहिले पनि विकासको कुरा गर्नुपर्दा हामी युरोपकै कुरा गरिरहेका हुन्छौं । हो, यही युरोप भ्रमणमा जानको लागि निजी तवरमा जर्मन राजदूतावासबाट हाम्रो रिस्ट भिसा आएपछि हामी अत्यन्तै खुशी भयौं ।
इतिहास विषयमा नै आपूmले स्नातकोत्तर गरेको हुनाले युरोपको बारेमा निकै नै पढिएको थियो । त्यसमाथि कम्युनिस्ट सिद्धान्त मान्ने भएकोले माक्र्सवादको जन्मथलो युरोप (जर्मनी) निश्चित भएपछि अत्यन्तै खुशी थियौं । म र मेरी जीवनसाथी भागीरथीकुमारी श्रेष्ठ, काठमाडौंका तारारत्न तुलाधर तथा आमा होलिडेका सञ्चालक कुबेरबहादुर सिंह २९ सेप्टेम्बरको दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमान एयरको जहाजबाट युरोपको ६ देशको यात्राको सुरुआत ग¥यौं ।
काठमाडौंबाट चार घण्टा २५ मिनेटको उडानपछि हामी १ हजार ७ सय माइलको दूरीमा रहेको मस्कट अन्तर्राष्ट्रिय विमानस्थलमा राति ८ः५० मा पुग्यौं । मस्कटबाटै हामीले जर्मनीको पै्रmङ्कफर्टको लागि अर्को जहाजबाट राति १ः५५ मा उड्नु थियो । झन्डै ६ घण्टा हामीले मस्कट अन्तर्राष्ट्रिय विमानस्थलमा बितायौं । मस्कट विमानस्थल निकै ठूलो तथा वातानुकूलित थियो । खानेपिउने तथा अन्य केही सामान खरीद गर्न सक्ने त्यो विमानस्थलमा हामीलाई चीनको गुन्जाओ अन्तर्राष्ट्रिय विमानस्थलको याद आयो । त्यहाँ यात्रीहरूलाई खानपिनको लागि चिया, कफी, कोल्ड ड्रिङ्क, बेकरीलगायतका चिजहरू निश्शुल्क उपलब्ध थियो । यहाँसम्म कि दिने मान्छे पनि कोही थिएन । यात्रीहरूलFई मनभरि खानपिउन पूरै छुट थियो । तर मस्कट अन्तर्राष्ट्रिय विमानस्थलमा यसको ठीकविपरीत थियो । यात्रीहरूलाई खानपिउन पूरै स्वतन्त्रता थियो तर खरीद गरेर मात्रै । मस्कटमा २२५ एमएल पानीको नेपाली रु १२८ पर्छ । हामीले विमानस्थलमा केही फोटा खिच्यौं । त्यसपछि केही बेर आराम गरेर अर्को प्mलाइटको प्रतीक्षा गर्न थाल्यौं ।
मस्कटबाट जर्मनीको प्रैmङ्कफर्टको लागि हामी ओमान एयरकै विमानबाट राति १ः५५ मा उड्यौं । सात घण्टा १० मिनेटको उडानमा हामीले ३२२१ माइलको यात्रा पार गरेर बिहानको ७ः५० मा जर्मनीको पै्रmङ्कफर्ट अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्यौं । ओमान एयरले निकै मीठो खाना, खाजा, चिया, कफी, कोल्डड्रिङ्क, बियर, ह्वीस्की यात्रीहरूको इच्छा अनुसार खुवाएर राम्रो व्यापारिक व्यवहार गरिरहेको देखियो । प्रैmङ्कफर्टमा हामीलाई होटलसम्म टैक्सीले लिन आउला जस्तो लागेको थियो । विमानस्थलबाहिर कतै पनि हाम्रा गु्रप लिडर कुबेरको नाउँको नेम प्लेट लिएको कुनै व्यक्ति देखिएन । शुरूशुरूमा हामीले निकै बेर खोज्ने प्रयास ग¥यौं तर कोही नदेखिएपछि कुबेरजी र ताराजीले हामीलाई त्यही एक ठाउँमा बसाएर टैक्सी ड्राइभर अन्तै छ कि भनेर खोज्न जानुभयो ।
प्रैmङ्कफर्ट विमानस्थलबाहिर हामी दुईजना पाँचवटा सुटकेस कुरेर बसेको पनि झन्डै २० मिनेट भइसकेको थियो । तर पनि उहाँहरू फर्केर आउनुभएन । यसबीच हाम्रो मनमा अनेक कुराहरू खेल्न थाल्यो । हामीले सुनेका थियौं युरोपतिर खेल्न गएका खेलाडीहरू फर्केर आउँदैन रे । हामीलाई प्रतीक्षाको त्यही बीस मिनेट पनि कति धेरै समय जस्तो लागिरहेको थियो । हामी एकछिनको लागि यो पनि सोच्न थाल्यौं कि कतै यिनीहरू हामीलाई यी सुटकेसहरू कुर्न लगाएर भागेका त होइनन् । युरोप गएका मानिसहरू नफर्केका धेरै घटना हामी नेपालमा छँदा नै सुनेका थियौं । हामीसँग जर्मनीको सिम कार्ड पनि थिएन । हामी सञ्चारविहीन थियौं । जतिजति ढिलो हुँदै थियो हाम्रो मनमा अनेक शङ्का–उपशङ्काहरू जागृत हुँदै थिए ।
एकातिर हामीलाई त्यहाँ बसाएर गएका काठमाडौंका साथीहरू नफर्केको चिन्ता छँदै थियो, झन् त्यसमाथि त्यो ठाउँमा चुरोट खाने मानिसहरूको धूवाँले बसिनसक्नुभएको थियो । बीस वर्षभन्दा माथिका केटाकेटी, वयस्क र प्रौढ सबैले त्यहाँ चुरोट खाएको देखेर हामीलाई लाग्दैथियो– आज युरोपमा चुरोट दिवस हो कि क्या हो ?
विद्युतीय सिगरेटदेखि लिएर सामान्य सिगरेटसम्म कसैले मोटो पाइपभित्र राखेर, कसैले पातलो पाइपभित्र राखेर, कोही त्यत्तिकै दुई औंलामा च्यापेर चुरोट तान्नेहरूको सङ्ख्या दर्जनौं थियो । मानौं तिनीहरू चुरोट खाने कुनै प्रतिस्पर्धामा भाग लिइरहेका छन् । तिनीहरूको अनुहार हेर्दा आहा कति राम्राराम्री भन्ने खालका प्रायः सबै थिए तर चुरोट खाएको हेर्दा लाग्दैथियो यही हो त युरोपको विकास र समृद्ध सभ्यता ? चुरोटको ठूटो फाल्ने मोटो फलामको पाइपबाट यसरी धूवाँ निस्किरहेको थियो कि मानौं त्यो इँटा पकाउने भट्टीको कुनै चिम्नी हो । यत्तिकैमा हाम्रा साथीहरू आउनुभयो, निजी टैक्सी लिएर । हामी हाम्रो होटलतिर लाग्यौं ।