प्रस, परवानीपुर, १४ कात्तिक/
वीरगंजमा नेपाली चलचित्रका चर्चित अभिनेता राजेश हमाल आउने भएका छन् । कात्तिक २२ गते गृष्मा ब्रोडकास्टिङद्वारा घण्टाघरमा निश्शुल्करूपमा आयोजना गरिने सप्तरङ्ग–२ कार्यक्रममा उनले आप्mनो प्रस्तुतिका साथ सहभागी हुन आइरहेको आयोजकले जनाएको छ ।
होटल भिस्वामा आयोजित पत्रकार सम्मेलनमा सप्तरङ्ग–२ का संयोजक गेहेन्द्र घिमिरेले केही वर्षदेखि पर्यटन प्रद्धर्धन र समुन्नतिका लागि सातवटै प्रदेशमा आयोजना हुँदै आएको यो कार्यक्रम यस वर्ष कात्तिक २० गतेदेखि प्रदेश १ को बिर्तामोड, कात्तिक २२ गते वीरगंज, २४ गते चितवन, २६ गते नेपालगंज, २८ गते सुदूरपश्चिमको सुर्खेत, ३० गते महेन्द्रनगर र मङ्सिर ३ गते पोखरामा कार्यक्रम राखिएको छ ।
एउटा शहरमा एउटा कार्यक्रमको लागि करीब रु १४–१५ लाख लागत लाग्ने आयोजकले जनाएको छ । नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकमलगायत प्रायोजकबाट आयोजकले सहयोग लिई कार्यक्रम गर्दैआएको र आम्दानी जति सामाजिक काममा खर्च गर्ने गरेको दाबी गरेको छ । यस वर्ष वीरगंजको कार्यक्रमबाट हुने आम्दानी तेजाब प्रहारबाट घाइते मुस्कान खातुनको उपचारमा खर्च गरिने बताइएको छ । साथै प्रदेश २ को पर्यटन प्रवद्र्धनको लागि सांस्कृतिक कार्यक्रम र प्रचारप्रसारको लागि आयोजकले प्रदेश २ को बेटी बचाउ बेटी पढाउ अभियानलाई पनि सहयोग गर्ने जनाएको छ ।
कार्यक्रममा राजेश हमालसँगै चर्चित गायक सुगम पोखरेल, जितु नेपाल, रवि ओड, मेलिना राई, हिमाल सागर, प्रकाश सपूतलगायत कलाकारहरू आउनेछन् ।