प्रस, सिम्रौनगढ, १४ कात्तिक/
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले गोपाल वंशावलीपछिको पुरानो इतिहास बोकेको ठाउँ सिम्रौनगढ रहेको बताएका छन् ।
सिम्रौनगढ नपा–९ कचोर्वास्थित पारसनाथ महादेव मन्दिरको प्राङ्गणमा नेपाल शहीद प्रतिष्ठान कचोर्वाले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले सिम्रौनगढको धार्मिक एवं पर्यटकीय स्थलको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले सिम्रौनगढ किसानहरूको आन्दोलनको भूमि रहेको बताउँदै यहाँबाट कमरेड हरिहर यादवको नेतृत्वमा किसान आन्दोलन शुरू भएको बताए ।
नेता नेपालले स्वतन्त्रता सेनानी अनुप सहनीलगायतको जीवनी लेख्न आवश्यक रहेको बताए । नेता नेपालले निजगढ फास्ट ट्र्याक, हवाई मैदान, हुलाकी सडकलगायत कृषि, स्वास्थ्य, शिक्ष्Fाको बारेमा मन्तव्य राखेका थिए ।
नेपाल शहीद प्रतिष्ठान कचोर्वाका गोपाल ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री पुरुषोत्तम पौडेल, स्वतन्त्रता सेनानी अनुप सहनी, समाजवादी पार्टीका नेता रामेश्वर यादव, छठु यादव, अशोक जयसवाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन बच्चा यादव र स्वागत भोजेन्द्र यादवले गरेका थिए ।