विमला गुप्ता, वीरगंज, १४ कात्तिक/
तराईवासीको ठूलो चाडको रूपमा मनाइने छठ पर्व शुक्रवारदेखि विधिवत् शुरू भएको छ । कठोर व्रतको रूपमा मनाइने छठ व्रत कार्तिक शुक्ल पक्षको चतुर्थी तिथिबाट विधिवत् शुरू भई सप्तमी तिथिमा बिहान भगवान् सूर्यलाई अघ्र्य दिएर समाप्त हुन्छ । चार दिनसम्म चल्ने पर्वको चतुर्थी तिथिबाट विधिवत् शुरू भएको दिनलाई भोजपुरी भाषामा नहाए खाए अर्थात नुहाएर खानु भनिन्छ ।
नहाय खायको दिन छठैतिन महिलाहरू आँपको दतिउनले मुख धुने, हातखुट्टाको नङ्ग काट्ने र नुहाएर मात्र शुद्ध साŒिवक भोजन ग्रहण गर्छन् । आज ब्रतालुले लसुन, प्याज र मसुरोको दाल विनाको शुद्ध साŒिवक भोजन खाने गर्छन् । जसमा अगहनी चामलको भात, अरहर अथवा चनाको दाल, लौकाको तरकारी र तोरीको साग अनिवार्य खानुपर्दछ । कठोर व्रतको रूपमा मनाइने यस पर्वमा बर्तालु महिलाहरू नहाय खायको दिनदेखि शारीरिक शुद्धताको ख्याल गरी ब्रह्मचार्यको समेत पालना गर्छन् । नहाय खायको दिनदेखि छठीमाईको घरमा आगमन हुने धार्मिक मान्यता अनुसार आजदेखि छठ सम्पन्न नभएसम्म घरका अन्य सदस्यहरू पनि शुद्ध शाकाहारी भोजन गर्छन् ।
छठको दोस्रो दिन शुक्ल पक्षको पञ्चमी तिथिलाई खरना तथा रसियाव रोटी भनिन्छ । यस दिन बर्तालु पूरै दिन पानीसमेत नखाई निराहार व्रत बस्छन् । बेलुकी माटोले बनाएको शुद्ध चुलोमा सख्खर भएको खीर तथा माटोको भाडोमा पकाइएको गहुँको रोटीलाई विशेष प्रसादको रूपमा छठी माता र सूर्यदेवलाई चढाएर बर्तालुले प्रसादको रूपमा खाने गर्छन् ।
छठको तेस्रो दिन अर्थात् सँझिया घाटको षष्ठी तिथिमा बर्तालुले निर्जल र निराहार रही बेलुकी अस्ताउँदो सूर्यलाई जलाशयमा उभेर अघ्र्य दिने र आप्mनो मनोकाङ्क्षा भगवान् सूर्यदेवलाई सुनाउने गर्छन् । भाकल गरेकोले सो दिन घरमा आएर छठी मातालाई खुशी पार्न कोशी भर्ने गर्दछन् ।
छठको चौथो तथा अन्तिम दिनलाई भोजपुरी भाषामा बिहनइया अथवा भोरे घाट भनिन्छ । सप्तमी तिथिको उदाउँदो सूर्यलाई जलाशयमा अघ्र्य दिएर प्रार्थना गर्छन् । अत्यन्त कठिन र निष्ठापूर्वक मनाइने छठ पर्वमा सन्तान र परिवारको सुखशान्ति तथा रक्षाको कामना गर्दै छठी माता र सूर्य भगवान्को पूजा गरिन्छ । छठ पर्वको व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने पनि धार्मिक जनविश्वास रहिआएको छ ।