माधव तिमल्सिना, ठोरी, १३ कात्तिक/
ठोरीमा बसोवास गरेका नेवार समुदायले आज भाइटीका मनाएका छन् । हिजो कात्तिक १२ गते भाइटीका नलगाएका ठोरीका अधिकांश नेवार समुदायका व्यक्तिले आजमात्र भाइटीका मनाएका हुन् ।
हिजो नेवार समुदायको मौलिक साल नेपाल संवत् ११४० परेको र आज मात्र किजा पूजा परेकोले आजकै दिनमा भाइटीका लगाइएको नेवार समुदायका अगुवाहरूले बताएका छन् । आज भाइटीका लगाउनुपर्ने भएकोले हिजो साँझ म्हः पूजा अर्थात् आत्म–पूजासमेत गरिएको नेवा खलः ठोरीका अध्यक्ष राम बहादुर श्रेष्ठले बताए ।
नेवारी भाषामा किजाको अर्थ भाइ हो । रेडियो विजयबस्तीका अध्यक्षसमेत रहेका नेवार समुदायका अगुवा सन्तोष श्रेष्ठले बताए ।
किजा पूजामा दाजुभाइ दिदीबहीनीले एकअर्कालाई अक्षता, अबीर, दही, चिउरा र पानी राखेको रातो टीका लगाइदिने चलन रहेको उनले जानकारी दिए ।
आजको दिन दाजुभाइ र दिदिबहिनीले एकअर्काको दीर्घायुको कामना गर्दै गच्छेअनुसार सगुन,
उपहार आदि दिने चलन रहेको श्रेष्ठले बताए ।
ठोरीका अधिकांश नेवार समुदायले हिजो म्हः पूजा गरेर आज भाइटीका लगाएको भएपनि तिथि विवादका कारण नेवार समुदायका केही व्यक्तिले हिजै भाइटीका लगाएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले हिजोका लागि भाइटीकाको तिथि तोकेकोले केहीले सोमवार म्हः पूजा गरेर हिजै भाइटीका लगाएका हुन् ।
नेवा खलः ठोरीले गत आइतवार ठोरीका नेवार समुदायका अगुवाहरू सहितको भेला बोलाएर आजमात्र भाइटीका लगाउने निर्णय गरेको थियोे । सरकारले नेवार समुदायको किजा पूजा भव्यताका साथ मनाउन आज सार्वजनिक बिदासमेत दिएको र नेवार अगुवाहरूले समेत आजमात्र भाइटीका लगाउन मिल्ने बताएकाले त्यसै अनुसार निर्णय भएको नेवा खलःका अध्यक्ष श्रेष्ठले बताए । त्यही निर्णय सबैजना समक्ष पु¥याउन र नेपाल संवत् भव्यता साथ मनाउन मोटरसाइकल ¥यालीसमेत गरिएको थियो ।
नेवा खलःले नै आज भाइटीका मनाउने निर्णय गरेकोले ठोरीमा आज बिहानैदेखि नेवार समुदायको चहलपहल बढेको थियो ।
बिहानैदेखि गापाको विजयबस्ती, सुवर्णपुर, ब्रह्मानगर, निर्मलबस्ती, ठोरीलगायत ठाउँका नेवार समुदायका दिदिबहिनी र दाजुभाइ भेला भएर भाइटीका लगाउन शुरू गरेका थिए ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले हिजो भाइटीका मनाउने निर्णय गरेको भएपनि नेवार समुदायले त्यसलाई स्वीकार गरेको थिएन । उनीहरूले किजा पूजाको दिनमात्र भाइटीका लगाउन मिल्ने भन्दै सरकारसँग बिदा दिन आग्रह गरेका थिए ।
सरकारले पनि आज नेवार समुदायको किजा पूजालाई लक्षित गरेर सार्वजनिक बिदा दिएको छ ।