प्रस, वीरगंज, १४ कात्तिक/
दशैं–तिहारको तुलनामा वीरगंज बजार छठमा गुलजार भएको छ । जीतपुर, परवानीपुरलगायत राजमार्ग बजार क्षेत्र ६ लेन सडक निर्माण कार्यले तोडफोड भएपछि यस वर्ष वीरगंज बजार छठ पर्वमा गुलजार भएको हो ।
वीरगंज बजारमा भाइटीकाको भोलिपल्टदेखि किनमेल गर्नेहरूको सङ्ख्या एक्कासि बढेको हो । विपी पार्कमा रहेको हड्ढङ बजार, ब्यारेकनजीकको विशाल बजारदेखि घण्टाघरदेखि आदर्शनगरसम्मका पसलहरूमा नयाँ कपडा, छठ पूजा सामग्री खरीद गर्नेहरूको सङ्ख्या बढेको छ । व्यापारीहरूले दशैं र दीपावलीमा भएको बिक्रीभन्दा बढी यसपटक छठमा भएको प्रतिक्रिया दिएका छन् ।
वीरगंजभन्दा बढी रक्सौलमा किनमेल गर्नेहरूको सङ्ख्या बढेको छ । सीमा क्षेत्रका नेपालीहरू रक्सौलमा किनमेल गर्न गएका कारण त्यहाँ भीड हुने गरेको हो । रक्सौलको तुलना यसपटक वीरगंजमा पनि ग्राहकहरूको भीड बढी देखिएको छ । यसको एउटै कारण यसअघि बारा, पर्साका मानिसहरू परवानीपुर, जीतपुर बजारमा केन्द्रित हुने गरेकामा त्यहाँको बजार क्षेत्र सडक फराकिलो गर्नेक्रममा तोडफोड भएपछि त्यहाँका ग्राहकहरू वीरगंज आएका हुन् ।
पोखरिया बजारमा भीड
पर्सा जिल्लाको दोस्रो सदरमुकाम भनिएको पोखरिया बजारमा पनि छठ सामग्री किनमेल गर्नेहरूको भीड बढेको छ । गत वर्षको तुलनामा यस वर्ष पारचुन, कपडा र छठपूजा सामग्रीको किनमेल बढेको व्यापारीहरूले बताए । पोखरिया नपाबाहेकका क्षेत्रबाट खरीद गर्नेहरू पोखरिया बजारमा आउने गरेको कारणले पनि भीड बढेको हो ।