प्रस, सेढवा, १४ कात्तिक/
जीराभवानी गाउँपालिकामा सञ्चालित प्रथम काठमाडौं गोल्डकपको उपाधि युवा समाज पकडीटोलाले हात पार्न सफल भएको छ ।
युवा समाजले जनजागरण क्लब ब्रह्मनगर ठोरी–३ लाई ० का विरुद्ध २ गोलले पराजित गरेको थियो । युवा समाजका अन्तर्राष्ट्रिय खेलाडी मेक्सवेलले दुई गोल गरेका थिए । मेक्सवेलले ३०औं मिनेटमा दोस्रो गोल गर्दा जनजागरणका खेलाडी अफसाइड बल गोल गरेको आरोप लगाउँदै खेल रोकेका थिए । खेलको निर्णायकमण्डलले नै पक्षपात गरी खेल खेलाएको आरोप लगाउँदै जनजागरण ठोरीका खेलाडीहरू चौरबाट बाहिरिएका थिए ।
खेलको निर्णायकमण्डलमा रियाज असलम, लखन चौधरी, सानु मगर र राजकिशोर चौधरी रहेका थिए । करीब आधा घण्टाको विवादपछि हार स्वीकार गर्दै खेल नखेल्ने सहमति भएपछि युवा समाज पकडीटोला विजेता घोषित भएको थियो । विजेता टिम युवा समाजलाई प्रमुख अतिथि पूर्व सांसद जयप्रकाश थारूले प्रथम पुरस्कार सत्तरी हजार रुपैयाँको चेक तथा ट्रफी वितरण गरेका थिए । आजको खेलको म्यान अफ दि म्याच तथा सिरिज विजेता टिमका अन्तर्राष्ट्रिय खेलाडी मेक्सवेल घोषित भए । महावीर युवा स्पोट्र्स क्लब काठमाडौंद्वारा आयोजित खेल समापन कार्यक्रममा जीराभवानी गाउँपालिकाका अध्यक्ष रामप्रीत महतो, उपाध्यक्ष उषादेवी थरुनी, वडाध्यक्ष महादेवप्रसाद महतोले मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगितामा उपविजेता जनजागरण क्लब ब्रह्मनगर भने दोस्रो पुरस्कार ग्रहण गर्न आएन ।