प्रस, परवानीपुर, ९ कात्तिक/
गत वर्षभन्दा यसपालि दीपावलीमा सुनचाँदीको कारोबार उत्साहजनक हुन सकेन । गत वर्ष ५५ हजारदेखि ५७ हजार रुपैयाँसम्म एक तोला सुनको मूल्य हुँदा कारोबार उत्साहजनक भएको थियो ।
पोहोर साल करीब ४० किलोभन्दा बढी सुन दशैंदेखि छठसम्म एक महीनाको अवधिमा बिक्री भएको पर्सा सुनचाँदी व्यवसायी सङ्घ पर्साले जनाएको थियो । यसपालि त्यति कारोबार नभएको सङ्घका महासचिव प्रवेश सर्राफले बताए । उनले सुन तोलाको रु ७१ हजार ७ सय र चाँदी रु ८ सय ८० को दरमा कारोबार भइरहेको बताए । १० ग्राम सुन ६१ हजार ४ सय ७० र चाँदी ७ सय ५४ रुपैयाँमा कारोबार भइरहेको छ । गत वर्षभन्दा भारी मूल्यवृद्धिले ग्राहकहरूले सुनचाँदीका गहना किन्न हच्केको उनी बताउँछन् । उनले वीरगंजमा कुल २८७ वटा सुनचाँदी पसल सञ्चालनमा रहेकोमा मुख्य बजारमा रहेका सुनचाँदी पसलले बढी कारोबार र गल्लीका पसलले कम कारोबार गरेको प्रस्ट्याए ।
वीरगंजमा बढी कारोबार गर्ने पसलहरूमा नीरज इन्टरप्राइजेज प्रालि, बिके ज्वेलर्स, शुभ शाक्य ज्वेलर्सलगायतमा ग्राहकको भीडभाड बढी देखिएको थियो । ग्राहकहरूले धनतेरसको दिन सुनचाँदीका गहना बढी किन्ने परम्परा रहेपनि महँगीको कारण यस वर्ष चाँदीको सिक्काको बिक्री पनि पोहोरभन्दा घटेको उनले बताए ।
वीरगंजमा सुनचाँदी किन्न पर्सा, बारा, रौतहट, मकवानपुर तथा भारतबाट पनि ग्राहकहरू आउने गरेका छन् ।
कुल ग्राहकको १५ प्रतिशत भारतीय ग्राहक हुन्छन् । भारतमा २२ क्यारेटको सुन बेचिने हुँदा २४ क्यारेटको सुनको लागि उनीहरू चाडपर्वको बेला वीरगंज आउने गरेको महासचिव सर्राफको भनाइ छ ।