प्रस, वीरगंज, ९ कात्तिक/
वीरगंज महानगरपालिकाका अग्निनियन्त्रक वीरगंज–१६ नगवा निवासी ४० वर्षीय बुनिलाल चौरसियाको गोली हानी हत्या भएको पुष्टि भएको छ । नारायणी अस्पतालमा भएको शवको शल्यपरीक्षण रिर्पोटबाट यो कुराको पुष्टि भएको हो । शल्यपरीक्षणको क्रममा चौरसियाको शरीरबाट सानो हतियारको दुईवटा गोली निस्केपछि चिकित्सकहरूले गोली हानी हत्या भएको पुष्टि गरेका हुन् । प्रहरीले पनि गोली लागेको पुष्टि गरेको छ ।
मृतक चौरसियाको शरीरका पाँच ठाउँमा गोली प्रहार गरिएको अस्पताल स्रोतले जनाएको छ । स्रोतका अनुसार चौरसियाको कन्चटमा एक गोली, छातीमा दुई गोली र पेटमा दुई गोली गरेर पाँचवटा गोली लागेको छ । प्रहरीले भने गोलीबाट हत्या भएको पुष्टि गरेपनि सङ्ख्या यकिन गर्न सकेन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
आज बिहान भएको शल्यपरीक्षणको क्रममा पेटबाट दुईवटा गोली फेला परेको नारायणी अस्पतालका चिकित्सकहरूले बताए । शल्यपरीक्षणपछि परिवारजनले दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै घण्टाघरमा एक घण्टा चक्काजाम गरेका थिए । एम्बुलेन्समा मृतकको शवसहित परिवारजन, टोलवासी, शुभचिन्तकहरूले हत्यारालाई पक्राउ गरी कानूनी कारबाहीको माग गरेका थिए । शवको शल्यपरीक्षणपछि सिंगहा खोलामा भएको दाहसंस्कार कार्यक्रममा मुख्यमन्त्री लालबाबू राउत गद्दी, सांसद प्रदीप यादव, प्रदेशसभा सदस्यहरू प्रह्लाद गिरी, सिंहासन साह कलवारलगायत उपस्थित थिए ।
यसैबीच, चौरसियाको हत्याको आशङ्कामा वीरगंज–६ माईस्थान निवासी ४५ वर्षीय दीपककिशोर अग्रवाल तथा निजकी पत्नी निधि अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई हिजै पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा चौरसियाको हत्यामा अग्रवाल दम्पतीको संलग्नता हुन सक्ने आधार देखिएकोले उनीहरूलाई पक्राउ गरिएको प्रउ राठौरले जानकारी दिए । मृतक चौरसिया र अग्रवाल दम्पतीबीच लामो समयदेखि आर्थिक लेनदेन हुँदै आएको र हत्याको दिन साँझ ६ बजे चौरसियाको मोबाइल अग्रवालको घरनजीक स्विच अफ भएको पाइएको प्रहरी स्रोतले जनाएको छ । अग्रवालकी पत्नी निधि अग्रवालले चौरसियासँग रु १० लाख सापटी लिएकी र सो दिन सापटीबापतको रु तीन लाख रकम फिर्ता गर्न चौरसियालाई फोन गरेर बोलाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी स्रोतले जनाएको छ । चौरसियाको हत्या हिजो गरी वीरगंज–१६ नगवास्थित माइधिया पोखरीको डिलमा शव फालिएको अवस्थामा फेला परेको थियो । चौरसिया वारुणयन्त्रमा कार्यरत थिए । पछिल्लो समयमा उनले जग्गाको कारोबारमा संलग्न भएर सम्पत्ति आर्जन गरेका थिए ।