प्रस, परवानीपुर, १३ कात्तिक/
दीपावली र छठमा वीरगंज महानगरपालिकाको सरसफाइ संयन्त्र ग्रामीण भेगका वडाहरूमा निष्क्रिय देखिएको छ । सरसफाइको ठेक्का लिएको चितवनको पृथ्वी तारा कन्ट्रक्शन प्रालिले महानगरपालिकाभरि सरसफाइ गर्न सकेको छैन । महानगरपालिकाको ३२ वडामध्ये ग्रामीण भेगका १६ वटा वडामा सरसफाइ गर्ने ठेकेदार कम्पनी नपुगेको त्यहाँका बासिन्दाहरूले गुनासो गरेका छन् ।
पहिलेको १९ वटालाई मर्ज गरेर १६ समेतमा गाडी र सयौ सरसफाइकर्मी खट्ने गरे तापनि ग्रामीण भेगमा महीनामा दुईपटकमात्र फोहोर उठाउने गाडी र दुईजना सफाइकर्मी उपलब्ध गराएको छ । सरसफाइको ठेक्का पाएको कम्पनीले ग्रामीण भेगका वडाहरूमा सरसफाइ नगर्दा फोहोरको डुङ्गुर र त्यसबाट उत्सर्जित दुर्गन्धले स्थानीय बासिन्दा पीडित बनेका छन् । महीनामा दुईपटक गाडी आयो भने १५ दिनमा थुुपारिएको फोहोरले रोग–सङ्क्रमण फैलिन सक्ने खतरासमेत बढ्दै गएको छ । समाजवादी पार्टीबाट निर्वाचित वडा अध्यक्षहरूको गाउँ–टोलमा ठेकेदारले बढी ध्यान दिने गरेको र अन्य पार्टीबाट निर्वाचित वडाहरूको सरसफाइमा ध्यान नदिएको निर्वाचित वडा अध्यक्षहरूले गुनासो गरेका छन् । फोहोरमैला उठाउन एक सातादेखि ताकेता गर्दै आएपनि कसैले फोन उठाउँदैन, कसैले गाडी र मान्छे छैन भनी जवाफ दिने गरेको वीरगंज २१ लिपनीबिर्ताका वडा सदस्य जतन राउत कुर्मीले आरोप लगाए ।
महानगरसँग भएको सम्झौता अनुसार काम गर्दै आएको ठेकेदार कम्पनीका वीरगंज प्रतिनिधि शिव गुप्ताले महीनामा दुईपटक मात्र ग्रामीण भेगमा गाडी पठाउने निर्देशन रहेकोले सोही अनुरूप काम गरेको बताएका छन्।