–वैद्यनाथ ठाकुर
मारवाडी उद्योगपति धनपत टिबडेवाल यतिबेला टेलिफोन र मोबाइलको घण्टी बज्नासाथ तर्सिन्छन् । यस्तो मनोविज्ञान विकसित हुनुको एउटै कारण हो हिन्दूहरूको महान् चाड बडादशैं ।
अचेल बिहान नौ बजेदेखि बेलुका आठ बजेसम्म उनको दरबारमा थरीथरीका मान्छेहरूको भीड लाग्ने गरेको छ । पत्रकार, प्रहरी, भन्सारका कर्मचारी, आन्तरिक राजस्वका कर्मचारी, ट्राफिक प्रहरी, विभिन्न दलका नेता, कार्यकर्ता, स्थानीय डनहरू आदि सबैको भीड उनको दैलोमा प्रत्येक वर्षभैंm यसपालि पनि लाग्न थालेको छ ।
आगन्तुक सबैको इच्छा हुन्छ, बढीभन्दा बढी रुपैयाँ दशैं खर्चको रूपमा सित्तैमा पाउँ । त्यतिमात्रै होइन, पोहोरभन्दा यसपालि उनीहरूले भने अनुसारको रकम बढाएर दिएन भने भविष्यमा हुन सक्ने छापामारीको पनि उनलाई चिन्ता र डरले अत्यधिक सताउँछ ।
उनले विगतदेखि गर्दै आएको राजस्व छली, दुई नम्बरको अवैध धन्धा तथा कालोधन प्राप्त गर्नमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्राप्त सहयोगको सट्टा ती महानुभावहरूले पाउँदै आएको दशैं खर्च व्यापार राम्रो हुँदा ठीकै थियो तर यतिबेला हिजोको तुलनामा बाँड्नुपर्ने रकम बढ्दै गएको साथै पाउने मान्छेको सङ्ख्या पनि चार दोब्बर बढेको तर बजारको अवस्था दिनानुदिन खराब भएकोले आम्दानी घट्दै आपूm नोक्सानीमा परेर टाट पल्टिने अवस्था सृजना भएकोले उनी ‘न खाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाउको अनुहार’ जस्तै भएका छन् । दशैं धनपतको लागि खुसीयालीको पर्वभन्दा पनि दशैं खर्चको बोझ उठाउन नसक्ने भारी बन्दै गएको छ ।