प्रस, पथलैया, १४ कात्तिक/
अमेरिकाको न्युजर्सीमा सम्पन्न अन्तर्राष्ट्रिय मार्शल आर्ट खेलमा बाराका दिनेश शर्माले स्वर्णपदक जितेका छन् ।
सिनियर उमेर समूहको फाइनलमा शर्माले अमेरिकाका एन्ड्रिउ सुतेलाई ५–४ ले पराजित गर्दै स्वर्ण जितेका हुन् । न्युजर्सीमा अक्टोबर २५ देखि २७ सम्म भएको प्रतियोगितामा स्वर्णपदक जितेका शर्मा नेपाल राष्ट्रिय मार्हल आर्ट गेम्स महासङ्घका महासचिवसमेत हुन् ।
तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी शर्मा निजगढ नगरपालिका–३ सिंगौल निवासी हुन् । उनी नेपाल तेक्वान्दो महासङ्घका अध्यक्षसमेत हुन् । तेक्वान्दो खेलको प्रशिक्षकको रूपमा व्यस्त रहँदै आएका शर्माले लामो समयपछि अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाएका थिए । शर्माले यसअघि नेपालका लागि थुप्रै देशका प्रतियोगितामा सहभागिता जनाउँदै पदक हात पारेका छन् ।
यसैगरी, शर्माले मार्शल आर्टको प्रसिद्ध अन्तर्राष्ट्रिय अवार्डसमेत हात पारेका छन् । अमेरिकामा प्रत्येक वर्ष आयोजना हुने लिजेन्ड अफ दि मार्शल आर्ट हल अफ फेममा शर्मालाई “एक्स्ट्रा अर्डिनरी मास्टर इन्ट्रक्टर” अवार्डबाट सम्मान गरिएको हो । मार्शल आर्टको विभिन्न बिधामा विश्वभरिबाट छनोट भएका प्रशिक्षक, मास्टर र ग्रान्ड मास्टरमध्ये एकलाई प्रदान गरिने उक्त सम्मान शर्माले पाएका हुन् । शर्मा लिजेन्ड अफ दि मार्शल आर्ट हल अफ फेमका गुडविल एम्बेसडरसमेत हुन् ।
यसअघि मार्शल आर्ट खेलको विस्तारमा सक्रियता देखाएको भन्दै शर्मालाई एक साताअघि ब्राजिलमा सम्मानसमेत गरिएको थियो । ब्राजिललमा सम्पन्न विश्व कराँते प्रतियोगितामा शर्मा एप्रिसेसन अवार्डबाट सम्मानित भएका थिए ।