डा. रमेश मिश्र
कार्तिक कृष्णपक्ष त्रयोदशीको दिन आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको जयन्तीको दिन आयुर्वेदका चिकित्सक, कविराज, वैद्य तथा आयुर्वेद सम्बन्धित अन्य सङ्घसंस्था, अस्पताल, चिकित्सालयमा भगवान् धन्वन्तरिको पूजा गरिन्छ र आप्mनो र आप्mना सबैको रोग र अन्य व्यक्तिको दीर्घायु एवं सुस्वास्थ्यको कामना गरिन्छ । धन्वन्तरि जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाइन्छ । वास्तवमा विश्वमा नै यही दिनलाई आरोग्य दिवस मान्नुपर्छ किनकि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अधिकांश देशहरूमा यस दिनलाई धनतेरसको रूपमा मनाइन्छ, जुन धन्वन्तरि तेरसको अपभ्रंश शब्द हो । यस दिन घरघरमा सरसफाइ गरी नयाँ भाडा किन्ने प्रचलन छ । धन्वन्तरि अर्थात् आयुर्वेदका देवता उनको उत्पत्तिबारेमा विभिन्न मतहरू छन् । आयुर्वेदका प्रथम प्रचारक र प्रसारक आदिदेव भगवान् धन्वन्तरि निर्विवादरूपले यसको प्रवर्तकको रूपमा प्रतिष्ठित छन् । ऐतिहासिक तथ्यहरूमा यी दृष्टि गर्दा धन्वन्तरि विषयक प्राप्त जानकारीका अनुसार धन्वन्तरि नामको सर्वप्रथम उल्लेख वैदिककालमा समुद्र मन्थनको बेला अमृत कलश धारण गरेको देवताको रूपमा प्राप्त हुन्छ । हातमा अमृत कलश धारण गरेको कारण उनलाई पियुषपाणि धन्वन्तरि पनि भनिन्छ । यसको अतिरिक्त प्राचीन ग्रन्थहरूबाट प्राप्त विवरणहरूको अनुसार काशीका राजाहरूको वंश परम्परामा राजा दीर्घ तपा अथवा राजा धन्वको पुत्रको रूपमा पनि धन्वन्तरि सिद्ध हुन्छन् । विभिन्न पुराणहरू जस्तै भागवत पुराण, हरिवंश पुराण एवं ब्रह्माण्ड पुराणमा वर्णन गरिएका कथाहरू र प्राचीन ग्रन्थहरूमा चर्चित चिकित्सा विशेषज्ञहरूमा मुख्यतः उल्लिखित छन् । धन्वन्तरि काशीराज, दिवोदास, अश्विनी कुमार, नकुल र सहदेव यी चिकित्सा विशेषज्ञहरूमा प्रथम तीनको अत्यधिक चर्चा पाइन्छ । पुराणहरूको अनुसार काशीराज धन्वले पुत्रप्राप्तिको लागि दीर्घकालीन तप गरे र दीर्घ तपा उनलाई भनियो । आप्mनो दीर्घकालीन तपस्याको परिणामस्वरूप दीर्घ तपाले समस्त रोगहरूको नाश गर्ने देव धन्वन्तरिलाई पुत्ररूपमा प्राप्त गरी दीर्घ तपाको पुत्र धन्वन्तरि आयुर्वेदका प्रवर्तक, यज्ञ भागको अधिकारी एवं विष्णुको अवतार थिए । उनलाई अनिमा, महिमासहित आठवटै सिद्दीहरू प्राप्त थियो तथा उनको स्मरण मात्रले रोगहरूको नाश हुन्थ्यो । दिवोदास धन्वन्तरि भीम रथका पुत्र र महाराज दशरथका समकालीन थिए । उनको पुत्र वेदर्षि प्रवर्दनको नाम उल्लेख मर्यादा पुरुषोत्तम श्रीरामको राज्याभिषेकको बेला उपस्थित राजाहरूमा काशीराज प्रतद्र्धनको रूपमा पनि पाइन्छ । प्रतद्र्धनको पिता दिवोदासलाई आदि धन्वन्तरिको अवतार पनि मानिन्छ । दिवोदासले नै विश्वामित्र पुत्र सुश्रुतसहित आठजना शिष्यलाई उपदेशित गर्दै भनेका थिए– म नै आदिदेव धन्वन्तरि हुँ र समुद्र मन्थनको बेला अलिर्भूत धन्वन्तरि पनि म नै हुँ । देवासुर संग्रामको कारण भूमण्डलमा आयुर्वेदको प्रचारप्रचार गर्न नसक्नुको कारण नै मलाई फेरि अवतरित हुनुप¥यो । उनले भनेका थिए– महर्षि सुश्रुतले आप्mनो ग्रन्थ सुश्रुत संहितामा यस तथ्यलाई अभिव्यजित गर्दै लेखेका छन् ।
अयं हि धन्वन्तरिरादिदेवों
जन्मजरा मृत्युहरो मराणाम् ।
शल्यांगमंगे परेरूपेतः प्राप्तो
हिमगां भूय इहोपदिपटुम ।।
अर्थात् देवहरूको जन्म, जरा र मृत्युको नाश गर्ने देवहरूलाई अमरत्व प्रदान गर्ने म नै आदि देव धन्वन्तरि हुँ । म अन्य अरू (सात)बाट युक्त तथा शल्यतन्त्र प्रधान आयुर्वेदको उपदेश दिनको लागि पुनः यस पृथ्वीमा आएको छु । विभिन्न ग्रन्थ, पुराणहरू तथा संहिताबाट प्राप्त विवरण अनुसार यो सिद्ध हुन्छ कि समुद्र मन्थनको बेला भगवान् धन्वन्तरिको आविभार्व भगवान् विष्णुको अंशको रूपमा भएको थियो तथा उनी आप्mनो हातमा श्वेतकलश धारण गरेर अवतरित भएका थिए । आग्नेय पुराणमा समुद्र मन्थनमा अवतरित भगवान् धन्वन्तरिलाई आयुर्वेदको प्रवर्तकको रूपमा उल्लेख गरिएको छ । मिलिन्द प्रश्न नामक एउटा पालि ग्रन्थमा दोस्रो शताब्दी ई. पूर्वमा मिलिन्दको प्रति नाग सेनको उक्तिमा चिकित्सकानां पूर्वका आचार्यबाट प्रारम्भ गरेर गणना गरिएका आचार्यहरूमा धन्वन्तरिको नाम उल्लेख छ । त्यसमा रोगोत्पत्ति, निदान, स्वभाल, समुत्थान तथा चिकित्सा आदिमा आचार्यरूपमा चर्चा भएको नागसेनले आपूmभन्दा पूर्व नै आचार्य धन्वन्तरिको उल्लेख गर्नाले धन्वन्तरिको सार्वभौतिकता सिद्ध हुन्छ । चिकित्सा विज्ञानको जनक र आयुर्वेदको प्रवर्तकको रूपमा धन्वन्तरिले औषधि विज्ञानलाई स्पष्ट र नवीन दिशा प्रदान गरे ।
– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, वीरगंज (पर्सा)