प्रस, गरुडा, १२ असोज/
प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले धार्मिक आचरण गर्दा सर्वत्र फाइदा हुने बताएका छन् । रौतहटको गरुडामा नवनिर्मित दुर्गा मन्दिरको उद्घाटन गर्दै मन्त्री साहले आप्mनो आम्दानीको केही अंश धार्मिक कार्यमा नियमित लगानी गर्न विशेषगरी महिला समुदायसित आग्रह गरेका छन् ।
हरेक वर्ष दशैंमा उपासना गरेको प्रसङ्ग सुनाउँदै मन्त्री साहले गरुडाको दुर्गा मन्दिरले धार्मिक तथा आध्यामिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको बताए । हिन्दू धर्ममा पनि विभिन्न विकृति पलाएको उल्लेख गर्दै धार्मिक आडम्बर तथा विकृतिबाट जोगिएर धार्मिक काज गर्नु र हिन्दू धर्मलाई विश्वभर फैलाउनु अहिलेको आवश्यकता रहेको मन्त्री साहले बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद बाबूलाल साहले समाजलाई सही दिशामा अगाडि बढाउन र नैतिकताको पथमा मानिसलाई हिंड्न धार्मिक कार्यले सहयोग गर्ने गरेको बताएका छन् । सांसद साहले मन्दिर निर्माणमा आप्mनो सक्रिय सहभागिता रहने र समाजको आध्यात्मिक उन्नतिमा धार्मिक कार्यको ठूलो महŒव हुने बताएका छन् ।
दुर्गा मन्दिर निर्माण, व्यवस्थापन तथा पूजा समितिका अध्यक्ष कन्थमणिप्रसाद जयसवालको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री साह, सांसद साह, अध्यक्ष जयसवाल, प्रदेश संसद्मा विकास समितिका सभापति शेख अबुल कलाम आजादलगायत मन्दिर निर्माणमा सहयोग पु¥याउने सबैलाई सम्मानित गरिएको थियो ।
जिल्लाको मध्यभागमा रहेको गरुडा चोकमा पहिलदेखि रहेको दुर्गा मन्दिरकै छेउमा नयाँ भव्य मन्दिर निर्माण गरिएको छ । घटस्थापनाको दिन पारेर मन्दिरको उद्घाटन गर्दै मन्दिरमा प्राण प्रतिष्ठा पनि गरिएको छ ।
गरुडामा हरेक वर्ष भव्यताका साथ दुर्गा पूजा मनाउने गरिन्छ । दुर्गा पूजालाई थप भव्य बनाउन भारतको दिल्लीबाट पुजारी तथा जागरण कार्यक्रम मगाइएको आयोजकले जनाएको छ ।
घटस्थापना अघि भव्य कलश शोभायात्रा गरिएको थियो । मध्य रौतहटको गरुडा, शिवनगर, बिर्ता, मलाही, कटहरिया, कर्कचलगायत ठाउँमा सार्वजनिकरूपमा घटस्थापना गरी विधिवत् दशैं शुरुआत गरिएको छ ।