माधव तिमल्सिना, ठोरी, १३ अशोज/
ठोरी–३ बुद्धनगरमा सञ्चालित दोस्रो बुद्धनगर गोल्डकपमा सोमवारदेखि दोस्रो चरणको खेल प्रारम्भ भएको छ । पहिलो चरणमा खेलेका १६ टिममध्ये विजयी आठ टिम दोस्रो चरणमा प्रवेश गरेका हुन् ।
दोस्रो चरणको पहिलो खेलमा महावीर युवा क्लब जीराभवानी–१, काठमाडौंटोल र वनशक्ति युवा क्लब ठोरी–२ बीच सम्पन्न भएकोमा टाइब्रेकरमहावीर युवा क्लब जितेर अन्तिम चारमा प्रवेश गरेको छ । निर्धारित ७० मिनेटमा दुवै टिम १–१ गोल गर्दै बराबरीमा रहेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।
निकै रोचक महावीर युवा क्लब र वनशक्ति क्लबबीचको पहिलो खेलमा खेल शुरू भएको ५ मिनेटमा नै गोल गरेर खेलमा अग्रता कायम गरेको थियो । कर्नर किकबाट महाबीर क्लबका गोविन्द चौधरीले विपक्षी गोल पोस्टको जाली चुमाएका थिए । त्यसपछि निकै दबाबमा परेको वनशक्तिले खेललाई बराबरीमा ल्याउन पटकपटक विपक्षीको गोलपोस्टमा बल प्रहार गरेपनि सफल हुन सकेन । तर मध्यान्तर अघिको ३० मिनेटमा वनशक्तिका खेलाडी रोशन भुजेलले महावीरका गोल रक्षकलाई झुक्याउँदै गोल गरेपछि खेल १–१ को स्थितिमा पुगेको थियो ।
खेल बराबर भएपछि टाइब्रेकरमा पेनाल्टी प्रहार गरेका दुवै टिमका ४–४ जना खेलाडीले मात्र गोल गरेका थिए भने १–१ जना खेलाडीले प्रहार गरेको बललाई गोलरक्षकले रोकेका थिए । पहिलो ५–५ जना खेलाडीले पनि खेल बराबरी नै गरेपछि रेफ्रीले सर्ट एन्ड डेडका आधारमा बाँकी खेलाडीलाई पेनाल्टी प्रहार गर्न लगाएका थिए । त्यस क्रममा जीराभवानीका तीनजना खेलाडीले गोल गर्न सके भने वनशक्तिका तीन खेलाडीमध्ये दुईजनाले मात्र गोल गर्दा नतीजा ८–७ को स्थितिमा पुगेको हो । वनशक्तिका अन्तिममा पेनाल्टी प्रहार गरेका खेलाडीले गोल गर्न नसक्दा अन्तिम ८ बाट नै बाहिरिएको आयोजक क्लबका अध्यक्ष शम्भु खड्काले जनाए । प्रतियोगिताको म्यान अफ द म्याच वनशक्तिका रोशन भुजेल घोषित भएका थिए ।
दोस्रो खेल आयोजक बुद्धनगर युथ क्लब ठोरी–३ र नयाँबस्ती युवा क्लब ठोरी –३ बीच भएकोमा आयोजक टिमले नयाँबस्तीलाई १–० ले पराजित गरेको छ । तनावपूर्ण खेलमा मध्यान्तर अघिसम्म दुवै टिम गोलरहित थिए । मध्यान्तरपछि आयोजकका खेलाडी सुदान चौधरीले एक गोल गरेर जित पक्का गरेका हुन् । दोस्रो खेलमा नयाँ बस्तीका गोलरक्षक विकास लामा म्यान अफ द म्याच घोषित भएका थिए ।
मङ्गलवार न्यु सनलाइट क्लब सुपौली र एफसी युनाइटेड सिमरा तथा न्यु सनराइज क्लब रामनगर र विजय बस्ती पूmटबल टिमबीच सेमिफाइनल प्रवेशका लागि भिडन्त हुने आयोजक क्लबका अध्यक्ष खड्काले जानकारी दिए ।