प्रस, परवानीपुर, १० असोज/
होटल तथा पर्यटन व्यवसयी सङ्घ वीरगंजले विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाएको छ ।
आदर्शनगरबाट बिहान निकालिएको प्रभातफेरी शङ्कराचार्य गेटमा गएर समापन भएको थियो । वीरगंज महानगरपालिका, भिजिट मधेस नेपाल र पर्यटन प्रवद्र्धन समितिको सहकार्यमा सम्पन्न प्रभातफेरीमा महानगरका मेयर विजयकुमार सरावगी, उपमेयर शान्ति कार्की, होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगंजका अध्यक्ष हरि पन्त, पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारा, भिजिट मधेस नेपालका संयोजक ओमप्रकाश सर्राफलगायतको सहभागिता थियो ।
प्रभातफेरी समापन गर्दै वीरगंजका मेयर सरावगीले नेपाल प्रवेश गरिरहेका फ्रान्सेली नागरिक ओलिभर डि लिभर्टलाई पूmलमालाले स्वागत गरेका थिए ।
पर्यटन दिवसको अवसरमा सम्मान पाएकोमा फ्रान्सेली नागरिकले खुशी प्रकट गरे ।
वीरगंजका अधिकांश होटल सञ्चालकहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा आपूm अत्यन्त प्रभावित भएको र आप्mनो देश फर्केर वीरगंजका नागरिक र होटल व्यवसायीले गरेको सत्कारबारे जानकारी गराउने उनले बताए । उनलाई शुक्रवार एक दिनका लागि वीरगंजका होटल व्यवसायीहरूले निश्शुल्क खाना तथा बासको व्यवस्था मिलाएको सङ्घका अध्यक्ष पन्तले जानकारी गराए ।