माधव तिमल्सिना, ठोरी, १० असोज/
ठोरी गाउँपालिका–३ बुद्धनगरमा बुधवारदेखि शुरू भएको दोस्रो बुद्धनगर गोल्डकप प्रतियोगिता अन्तर्गत शुक्रवार सम्पन्न खेलमा विजयबस्ती पूmटबल टिम ठोरी–४ ले मूनस्टार युवा क्लब ठोरी–३ लाई ६–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ ।
बुद्धनगर खेल मैदानमा भएको प्रतियोगितामा विजयबस्ती टिमको तर्पmबाट दुईजना खेलाडीले समान तीन गोल गर्दै ह्याट्रिक गरेका थिए । विजयबस्तीको लागि जर्सी नं ९ का सागर चौधरी र जर्सी नं १२ का लक्ष्मण चौधरीले ह्याट्रिक गरेका थिए । खेलमा निकै आक्रामक देखिएको विजयबस्तीले सुरुआती १० मिनेटमा नै ३ गोल गरेर ब्रह्मनगरलाई निकै दबाबमा राखेको थियो । मध्यान्तरअघि ४–० ले अघि रहेको विजयबस्तीले मध्यान्तरपछि थप २ गोल गरेपछि ब्रह्मनगरलाई सहज तरीकाले पाखा लगाउँदै अघिल्लो चरणको यात्रा तय गरेको हो । आजको खेलमा विजयबस्तीकै प्रवीण चौधरी म्यान अफ दि म्याच घोषित भए ।
यसभन्दा पहिलो खेलमा आमोदेवी युवा क्लब बढनियार नआएपछि न्यू सनलाइट क्लबलाई आयोजकले नेट गोलका आधारमा विजेता घोषित गरेको थियो । शनिवारको पहिलो खेल महावीर युवा क्लब वीरगंज र गढीमाई युवा क्लब वीरगंजबीच हुनेछ भने दोस्रो खेल नयाँबस्ती युवा क्लब ठोरी–३ र चौतारी युवा क्लब गडुवालाइनबीच हुनेछ ।