प्रस, वीरगंज, १३ असोज/
दशैं मान्न राजधानीबाट आउनेहरूको सङ्ख्या बढेको छ भने वीरगंजबाट राजधानी जानेहरूको सङ्ख्या निकै घटेको छ ।
वीरगंजबाट प्रतिदिन सामान्य अवस्थामा ४०–५० वटा टाटासुमो र दिवा तथा रात्रिबसबाट सोही सङ्ख्यामा सवारीसाधन गुड्थे । अहिले वीरगंजबाट राजधानी जाने मानिसहरूको सङ्ख्या निकै घटेको व्यवसायीहरूले बताएका छन् । काठमाडौंबाट भने दशैंको कोजाग्रत पूर्णिमासम्म फर्किने टिकटको अभाव छ । अहिले वीरगंजबाट १० वटा पनि टाटासुमो काठमाडौं जान सकेको छैन ।
यसैगरी रात्रिबसमा पनि डिलक्स, सुपरडिलक्स, एसी बसहरू मात्र बाध्यकारी अवस्थामा सञ्चालनमा छन् । अन्य बस काठमाडौंबाट बूकिङ भएको खण्डमा जाने र फर्कने गरेका छन् । वीरगंजबाट सवारीसाधन काठमाडौं जान नसकेको कारण उताबाट वीरगंज आउने यात्रुले बढी भाडा तिर्नुपर्ने अवस्था आएको व्यवसायीहरूको भनाइ छ । उनीहरूले यताबाट जाने यात्रु नहुँदा सवारी साधन खाली लैजानुपर्ने हुनाले दुवैतर्पmको खर्च जोडेर उताबाट फर्कनेहरूसँग बढी मूल्य लिनुपर्ने बाध्यता रहेको बताएका छन् ।
बढी भाडाविरुद्ध सरकारी अंकुश लागेकोले काठमाडौंबाट वीरगंज आउने सवारीसाधनको अभाव भएको ती व्यवसायीले प्रस्ट्याए । यात्रुको अभावमा सवारी साधन राजधानी जान नसक्दा उताबाट फर्कने सवारीसाधन कम हनु गएको उनले बताए । प्रायः चाडपर्वमा यस्तो समस्या दुवैतर्पm झेल्नुपर्ने हुँदा भाडादर पुनर्मूल्याङ्कन गर्नुपर्ने ती व्यवसायीको सुझाव छ । वीरगंजबाट टाटासुमोको लागि शिखरापुर, ललितपुर, भूतपूर्व सैनिक, पुरानो नारायणी यातायात व्यवसायी सङ्घ, गढीमाई, कलैया सुमो, शुभयात्रा र युनिक सञ्चालनमा छन् ।
टाटासुमोको एकातर्पmको भाडा रु ५४० हो भने रात्रिकालीन एसी बसको रु ८५०, डिलक्सको ६५० र सुपर डिलक्सको रु १४ सय छ ।