बलिराम शुक्ला, बिरुवागुठी, ११ असोज/
पर्सागढी नगरपालिका वडा नं. ३ बडनिहार थारू टोलको कच्ची सडक अविरल वर्षाको कारण आवतजावत गर्न नमिल्ने भएको छ ।
सडक हिलाम्मे भएपछि चिप्लिने र भासिने कारणले यात्रु आवागमनमा समस्या भएको छ । सो सडक साइकल, मोटरसाइकल एवं पैदल हिंड्नसमेत नसकिने अवस्थामा रहेको थारू टोलका बासिन्दाले गुनासो गरेका छन् ।
करीब १५० घरधुरी रहेको सो टोलका बासिन्दा अति आवश्यक सामान खरीद गर्न मात्र सो सडक भएर बजार आवतजावत गर्छन् । सो सडक भएर विद्यालय जाने बालबालिकाहरूले निकै कठिनाइ बेहोर्नुपरेको छ । सडकको अवस्था वर्षौंदेखि उस्तै छ । “चुनावको बेला नेताहरू सडक तथा नाला बनाइदिने आश्वासन दिंदै भोट माग्न आउँछन्, जितेपछि फर्केर पनि हेर्दैनन्,” स्थानीय सीता खाँ थारूले गुनासो पोखिन् । जनप्रतिनिधि चुनिएको दुई वर्ष बितिसक्दा पनि गाउँको समस्या ज्यूँका त्यूँ रहेको उनले बताइन् ।
हरेक वर्ष वर्षायाममा यो समस्या दोहोरिन्छ । आकस्मिक बिरामी परेमा एम्बुलेन्स चलाउन पनि गा¥हो छ । असार, साउनमा भारी वर्षा हुँदा टोलवासी सडकमा पराल ओछयाएर हिंड्न बाध्य हुन्छन् । यस वर्ष असोज लागेपनि वर्षाको कारण उही समस्या दोहोरिएको टोलवासीले बताए ।
यस सम्बन्धमा पर्सागढी वडा नं. ३ का अध्यक्ष उद्धवबहादुर उप्रेतीले वर्षाको कारण बडनिहार थारू टोलको कच्ची सडकमा माटो पुरी ग्राभेल गर्न चालू आव २०७६/७७ को बजेटमा ४ लाख रुपैयाँ र नाला निर्माणको लागि रु १० लाख बजेट विनियोजन गरिएको बताए । उनले प्रतीकसँगको कुराकानीमा भने, “यस वर्ष सडक र नाला निर्माण हुन्छ, ढुक्क रहनुस् ।”