कुमार रुपाखेती
नेपालमा बहुदल आएपछि राष्ट्रियस्तरका र ख्यातिप्राप्त उद्योगधन्दा, कलकारखाना, राजमार्ग आदि ठप्प हुने, लोप हुने गरेको पाइएको छ । स्व. राजा महेन्द्रको अथक प्रयासपछि रूसले निर्माण गरेको वीरगंज चिनी कारखाना, जनकपुर चुरोट कारखानाको हबिगत सबैलाई थाहै छ । अचेल चुरोट उत्पादन हुने जचुकालिमा मुख्यमन्त्री कार्यालय र मन्त्रिपरिषद्को कार्यालय छ भने वीरगंज चिनी कारखानामा सशस्त्र प्रहरीको अखाडा छ । चिनीमिलको क्वार्टरमा त कतिले अवैध कब्जा गर्ने, भाडामा लगाउने, आप्mनो घर भाडामा दिई चिनीमिलको क्वार्टरमा बस्ने नानाभाँती हुन्छन् अचेल त्यहाँ । करीब ५२ बिघामा पैmलिएको वीचिकालि अचेल वस्तुभाउ चराउने चरण बनेको छ । त्यस्तै, वीरगंजको कृषि औजार कारखाना, बाँसबारी छाला जुत्ता, हेटौंडा कपडा उद्योग, चोभार सिमेन्ट कारखाना पनि बहुदलको शिकार बने । हुलाकी राजमार्गको अवस्था उस्तै दयनीय छ । बाँदरले आप्mनो घर पनि बनाउँदैन, अरूको पनि बिगार्छ भनेझैं पञ्चायतकालका माथि उल्लिखित ऐतिहासिक धरोहर मात्र ध्वस्त बनाइएका छैनन्, बहुदलकालका ऐतिहासिक र बहुचर्चित मेलम्ची खानेपानीको अवस्था, काठमाडौं–हेटौंडा सुरुङ मार्ग, निजगढको फास्ट ट्रयाक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आदि इत्यादि सबै भगवान्भरोसे छन् । सडक विकासको नाममा चारैतिर तोडफोड, असरल्ल छ, निर्माण शून्य र ठप्प छ ।
काठमाडौंमा बागमती सरसफाइको नाममा अर्बौं खर्च गरियो, तर बिचरा बागमतीको स्वरूप अभैm ढल र नालाजस्तै छ । निजी जग्गा बाँझो राख्न पाइँदैन भन्ने सरकारी उर्दी छ तर वीरगंज चिनीमिल, चोभार सिमेन्ट कारखाना जस्ता ठूला उद्योगका हजारौं बिघा सरकारी जमीन पर्ती छ, लावारिस, बेवारिसे छ ।
कतिपय हाइड्रोपावर, धागो र टायर कारखानाको हबिगतसमेत वर्णन गरिनसक्नु छ । वीरगंज चिनीमिल बन्द भएको दुई दशक भइसक्दासमेत त्यहाँका कतिपय कर्मचारीहरूले अभैm भुक्तानीसमेत पाएका छैनन् । द्वैध सरकारी नीतिले गर्दा थुप्रै उत्पादनमूलक कलकारखानासमेत बहुदल आएपछि टिक्न सकेनन् । फलस्वरूप आजपनि सियोधागोदेखि चिनीसम्म, तरकारीदेखि नुनसम्म पनि हामी भारतमा भर परेका छौं । बहुदल आएपछि कर्मचारीतन्त्र छाडा भएको सबैले महसूस गरेकै हो । मुलुकमा बेरोजगारी बढ्नुमा यस्तै सरकारी उदासीनता र हेलचेक्रयाइँ मुख्य कारण हो । घूसखोर, भ्रष्टाचारी कर्मचारीहरू दिनहुँ पक्राउ र कारबाई हुँदासमेत टेबुलमुनिबाट लिने प्रचलनमा कमी आएको छैन । भ्रष्टाचारमा नेता, कार्यकर्ता, कर्मचारी ‘तू डाल डाल मै पात पात’को अवस्था छ । बहुदल आएपछि कलकारखाना र बाटोघाटो मात्र भताभुङ्ग भएको छैन, नेतृत्वको कमजोरीले गर्दा मुलुकको सामाजिक, आर्थिक, धार्मिक क्षेत्रमा ठूलै खलल पुगेको र अव्यवस्था सृजना भएकै हो । मठ मन्दिर, दरबार र घरबारसम्म भ्रष्ट र भ्रष्टाचारको गन्धले छताछुल्ल छ ।
२०३६ सालको जनमत सङ्ग्रहमा पञ्चायतलाई जिताउन जङ्गल प्रयोग भयो भन्नेहरूले बहुदल आएपछि हरियो वन नेपालको धनलाई सखापै पारे । नदीनालाको पत्थर, गिट्टी, बालुवा भारत पठाएर नदीनाला कुरूप पारे । पहाड, कुना कन्दरा भत्काउने खेल अभैm जारी छ । राजनीतिक अपराध चरममा छ, राजनीतिक संरक्षण दिएर अपराध गराउने बिहारको लालूपारा यथावत् छ । ‘ज्यादा जोगी मठ उजाडे’ को अवस्था भएकोले सरकारी नियम कानूनको धज्जी उडाइँदैछ । प्रहरी प्रशासन निरीह बनाइएको छ, नेता र दलहरूको कठपुतली बनेको प्रशासनबाट निष्पक्षता आशा गर्नु र बालुवाबाट पानी निकाल्नु उस्तैउस्तै कुरा हो ।
बहुदलकालमा या गणतन्त्र नेपालमा मुलुकका लागि प्राण आहुति गर्ने शहीदहरूको समेत मानमर्दन र अवमूल्यन भएको छ । धर्मभक्त, दशरथचन्द, गङ्गालाल, शुक्रराज शास्त्रीको सट्टा अचेल दलहरूले आआप्mनै पार्टीका विभिन्न कालखण्डमा मरेका कार्यकर्ताहरूलाई दलीय र क्षेत्रीय स्तरमा शहीद भन्ने र शहीद दिवस मनाउने परम्परा चलाएका छन् । यो कार्यमा तत्कालीन माओवादी र मधेसवादी दल अग्रपङ्क्तिमा छन् । अचेल चुरे दोहन पनि निकै चर्चामा छ । काग कराउँदैछ, पिना सुक्दैछ भनेझैं महाभारत शृङ्खलाको चुरे विनाशक्रम निर्धक्कसँग जारी छ ।
अचेल जनतादेखि प्रधानमन्त्रीसम्म जसले जे बोले नि हुन्छ । त्यसैले मुलुक टुत्र्mयाउँछु भन्ने र बन्दुक बोक्नेहरूले सरकारलाई आच्छुआच्छु पार्दासमेत तिनलाई सरकारले न देशद्रोही भन्न सकेको छ, न उग्रवादी करार गर्ने साहस जुटाउन सकेको छ । यति द¥हो किसिमले राष्ट्रियताको ¥हास त राणाशासनमा पनि भएको थिएन । खस्कँदै गएको राष्ट्रियता उकास्ने प्रयत्न कसैबाट भएको देखिंदैन ।
अवस्था यस्तै विकराल रहिरहने हो भने अब नेपाल र नेपालीले हामी नेपाली हौं, हिमालको काखमा छौं, हिमाल कहिल्यै झुक्दैन, नेपाली रगत सुक्दैन भनेर गीत गाउनसमेत लाज लाग्ने र अप्ठेरो महसूस गर्ने अवस्था छ । ‘ये दर्द बडा बेदर्द है’ नेपाली नागरिकले अमेरिकी भिसा लगाउन जीउज्यान एक गर्छन्, अमेरिकाको भिसा लाग्दा नेपाली मख्ख पर्छन् । त्यसैगरी, एकथरी भारतीयहरू नेपाली नागरिकता लिन मरिहत्ते गरिरहेका छन् । तराईका थुप्रै जग्गा जमीन यस्ताहरूले खरीद गर्ने र भारतीय बस्ने गरेका छन् । बहुदल आएर मुलुक मासिन लाग्यो भन्ने मेरो तर्क होइन । बहुदल र गणतन्त्रको नाममा मुलुकलाई अस्थिरतातर्पm धकेल्ने शक्ति सदन र सडकमा सक्रिय भएकोमा चिन्ता लागेको मात्र हो ।
अनि यो पनि
अचेल खुङ्खार जनावरहरूलाई त प्रशिक्षित गरी चटकेहरूले आआप्mनो अनुकूल र वफादार बनाउन थालेका छन् । प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल त मान्छे पो हुन्, अरिङ्गाल बनी ‘छौंडा–छौंडा’ बक्न थालिहाले । नुनको गुन लाउन र वफादारी निभाउन यो लोकमा ओलीका खातिर उनीभन्दा ठूलो को नै छ र ? यो भिन्दै कुरा हो कि यस्ता सस्ता सल्लाहकारका चल्ते ओली बेला कुबेला भड्खालोमा पर्दै आएका छन् । ओलीमा अब दुई तिहाइको त्यो दमखम समाप्त भइसकेको उनको भाषणबाट आभास मिल्न थालेको छ । क्षमा गर्नुहोला, झुक्किए, थाहा पाइनँ, माफ पाउँ आदि अचेल ओलीका मुखारबिन्दबाट प्रस्फुटन हुन थालेका छन् ।
छौंडा पनि देश र भेष अनुसार अलगअलग अर्थमा प्रयोग हुन्छ । पहाडतिर बोक्सीले छौंडा सञ्चालन गरेको भन्छन् । अनि तराईतिर गरीब र साना जातिका छोराछोरीहरूलाई छौंडा–छौंडी भनी हेपेर बोलाइन्छ । जब ओलीका छौंडा विष्णुले कतापट्टिको छौंडाको वर्णन आप्mनो विष्णु सहस्रनाममा गरेका हुन् उनै जानून् । गनिमत छ कि सल्लाहकारज्यूले छौंडा शब्द प्रयोग गरे दिल्लीतिर लवण्डा पनि भनिन्छ । अब छौंडा, लवण्डा जे भनेपनि ओलीभैंm उनका सल्लाहकारले ब्याक गियर लगाउने होइन । ओछा शब्दका निम्ति व्यर्थको बखेडा किन ?
राजाका समयमा राजाले बोलेका कुरा महावाणी हुन्थ्यो, विचरा रिमाल त ब्राह्मण परे, मागेर खाने जात भएपनि परापूर्वकालमा बाहुनको बोली चोखो मानिन्थ्यो, अर्ती उपदेश ठानिन्थ्यो । ‘तिर कमान से, बात जुबान से, आत्मा शरीर से निकलकर वापस नहीं आती’ भन्ने उखान नै छ ।