रोशनी श्रीवास्तव
भनाइ छ, ‘आमा शिक्षित छिन् भने परिवारका सबै सदस्य शिक्षित हुन्छन् ।’ एउटी पढेकी महिलासँग सीप, स्वावलम्बीपन, विभिन्न कार्यको जानकारी हुने भएकोले उनी एउटा राम्रो अभिभावक, कार्यकर्ता, कुशल गृहिणी र असल नागरिक बनेर समाजमा सुधार ल्याउन सक्छिन् ।
हाम्रो मुलुकमा अधिसङ्ख्य महिला आज पनि शिक्षाबाट वञ्चित छन् । हाम्रो मुलुकको जस्तै महिला शिक्षाको अवस्था अविकसित अनि रुढीवादी संस्कार छोडन नसकेका मुलुकहरू सोमालिया, केन्या, पाकिस्तान, इरान र इराकलगायतमा पनि पाइन्छ । यसको मतलब हामी पनि उनीहरू जस्तै हुने हो ? महिला मुक्ति, महिला अधिकार, विकास र स्वतन्त्रताको पक्षमा हामी स्पष्ट छौं, फेरि पनि महिला शिक्षाको दुरवस्था किन ? सुधारको नितान्त आवश्यक छ ।
घर, परिवार, समाज तथा राष्ट्र विकास र समृद्धिको लागि महिला–पुरुष दुवैमा शिक्षा र सचेतना अनि सक्रिय भूमिका अपरिहार्य छ । पुरुष वृक्षको बलियो काण्ड हो भने महिला त्यस वृक्षको जरा हो । एउटा पुरुषले मात्र समाज बन्दैन र देश बन्दैन, त्यहाँ महिलाको पनि त्यत्तिकै ठूलो भूमिका हुन्छ । बलियो काण्डरूपी पुरुषलाई ठड्याउने जराको रूपमा प्रत्यक्ष महिला हुन्छिन् । रूखको जराले जमीनलाई राम्ररी समातेको छ भने त्यसका काण्ड, हाँगाविंगा, पात पनि राम्ररी ठडिन सक्छन् । त्यही रूखले मात्र छाया, बसोबास, शीतलता दिन सक्छ । यसको अर्थ एउटा शिक्षित महिलाले हरेक किसिमको शीतलता र बसोबास दिन सक्छिन् ।
कुनै पनि समाज कति शिक्षित छ भन्ने थाहा पाउनलाई त्यस समाजमा महिला कति शिक्षित छन् भन्ने आधारमा मूल्याङ्कन गर्न सकिन्छ । आर्थिक तथा सामाजिक विकासमा महिला शिक्षाले धेरै असर पारेको हुन्छ । महŒवपूर्ण निर्णय र समाजको सकारात्मक परिवर्तनमा महिलाको भूमिका महŒवपूर्ण हुन्छ । शिक्षित महिलाले देशमा साक्षरता दर बढाउन महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्छिन् । शान्तिपूर्ण तथा मनोवैज्ञानिक परिवर्तनमार्पmत् समाजलाई सही बाटो देखाउन महिलाबाट मात्रै सम्भव छ । यसको निम्ति सबैभन्दा पहिले ऊ आपूm शिक्ष्Fित हुन जरुरी छ ।

विसं २०६८ को जनगणना अनुसार मुलुकमा ६५.२५ प्रतिशत जनसङ्ख्या साक्षर छ । जसमा महिला साक्षरदर ५७.३९ प्रतिशत छ । मुलुकका ७ वटा प्रदेशमध्ये सबैभन्दा कम महिला साक्षरता दर प्रदेश २ मा छ । शिक्षा विकास निर्देशनालय, प्रदेश–२ ले दिएको तथ्याङ्क अनुसार यो प्रदेश शैक्षिक सूचकमा अन्य प्रदेशभन्दा पछाडि रहेको देखिन्छ । यहाँ कुल साक्षरता दर ४९.४९ प्रतिशत छ भने महिला साक्षरता दर ३८.८८ प्रतिशत मात्रै छ । साक्षरता दरमा सबैभन्दा राम्रो प्रदेश ३ मा छ । जहाँ महिला साक्षरता प्रतिशत ७४.८५ छ ।
प्रदेश २ का आठवटा जिल्लामध्ये पनि चारवटा जिल्ला रौतहट, सर्लाही महोत्तरी र सिरहा मुलुककै सबैभन्दा न्यून महिला साक्षर भएका जिल्लाहरू हुन् ।
प्रदेश नं २ मा महिला र पुरुषको सारक्ष्Fरताको तथ्य विश्लेषण गर्दा पुरुष १४ लाख ७६ हजार २३२ र महिला ९ लाख ५१ हजार ९४४ साक्षर छन् भने प्राथमिक तहमा पढ्ने चेलीको सङ्ख्या ४ लाख ७६ हजार, निम्न माध्यमिक तहमा १ लाख ८८ हजार, माध्यमिक तहमा पढ्नेको सङ्ख्या ८९५०९ छ । यहाँ कक्षा १० पास गरेका महिलाहरूको सङ्ख्या ३६ हजार ३२० छन् । उच्च माध्यमिक तह पढेका ४५ हजार ४१७ जना मात्र महिला छन् ।
यहाँका महिलाहरू विशेषगरी सामाजिक विभेद र कुरीतिमा पिसिएका कारण शिक्षाबाट बहिष्कृत देखिन्छन् । समाजमा हुने सबै खाले अन्धविश्वास, आलोचना र कुरीतिलाई हटाउन पुरुष र महिलाको संयुक्त भूमिका जोडदार हुनुपर्छ । तर महिलाको भूमिका तबमात्र जोडदार हुन सक्छ, जब उनी शिक्षित हुन्छिन् । महिला शिक्षाका लागि हालसम्म यस प्रदेशमा भएका प्रयासहरू प्रभावकारी देखिएका छैनन् ।
मुलुकको अरू प्रदेशमा जस्तै प्रदेश नं २ मा पनि महिलाहरू लैङ्गिक विभेदको शिकार बनिरहेका छन् । यहाँको सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, प्रशासनिकलगायतका सबै क्षेत्रमा पुरुषको तुलनामा महिलाको पहँुच न्यून छ । प्रदेशको कुल जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेको महिला राज्यका हरेक पक्षमा पिछडिएको छ । यही कारणले गर्दा महिलाको शिक्षामा पहुँच न्यून छ ।
प्रदेश २ का महिलाहरू शिक्षामा पछि परेकाले धेरै समस्या भोगिरहेका छन् । महिलाहरू शिक्षाको अभावमा विभिन्न किसिमका शोषण भोग्न बाध्य छन् । अशिक्षाको कारण बेरोजगार, पारिवारिक तथा लैङ्गिक हिंसाको शिकार बन्नुपर्ने, मानसिक तथा शारीरिक यातना सहनुपर्ने, बालविवाह, मातृ–शिशु मृत्युको शिकार हुनुपर्ने, दहेजप्रथा र अन्धविश्वासको शिकार हुनुपर्नेलगायतका समस्या महिलाहरूले भुक्तान गरिरहेका छन् ।
उल्लिखित समस्याहरू निकाकरणका लागि प्रदेश सरकार र स्थानीय सरकारको महŒवपूर्ण भूमिका हुनुपर्छ । प्रदेश २ सरकारले सुधारका महŒवपूर्ण कार्यक्रमहरू थालनी गरेको छ । ‘बेटी बचाऊ, बेटी पढाऊ’, छोरी बीमा, छात्रालाई साइकल वितरणलगायतका कार्यक्रमहरू उल्लेखनीय र लोकप्रिय छन् । यो पूर्णता भने होइन । प्रौढ उमेरका महिला एवं गरीबीको रेखामुनिका साथै पिछडिएका समुदायका महिलाहरूलाई सहजरूपमा शिक्षाको पहुँचमा ल्याउनको लागि अभैm यस्तै प्रकृतिका धेरै कार्यक्रम अनि अभियानहरूको खाँचो छ ।
लागू भएका कार्यक्रमहरूको प्रभावकारिताको लागि पनि निष्पक्ष र नियमित अनुगमन एवं कार्यान्वयनमा मातहतका निकायहरूको इमानदारिताको खाँचो छ ।