प्रस, गरुडा, १० असोज/
रौतहटको कटहरिया नगरपालिकाले शिक्षक सरुवाको निर्णय गरेपछि नगरपालिका कार्यालयमाथि ठूलै आक्रमण भएको छ । नगर कार्यपालिकाको बिहीवार बसेको बैठकले दरबन्दीसमेत मिलान गर्दै नपाभित्रका नौजना शिक्षकको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेपछि शुक्रवार विद्यार्थीहरूले नपा कार्यालयमाथि नै आक्रमण गरी करोडौं मूल्यको क्षति पु¥याएका छन् । नपाको शिक्षा शाखाको सिफारिश अनुसार कार्यपालिका बैठकले शिक्षकको सरुवा सम्बन्धमा गरेको निर्णय कार्यान्वयनको लागि शिक्षा शाखामा नपुग्दै नपाले ठूलो क्षति बेहोरेको छ ।
शुक्रवार साँझ नगरप्रमुख सियाराम कुशवाहाले पत्रकार सम्मेलन गरी केही विद्यार्थी र अन्य मानिसले नगरपालिका कार्यालयमाथि एक्कासि आक्रमण गरी व्यापक क्षति पु¥याएको जानकारी गराएका छन् । आक्रमणमा नपाको पुरानो भवनको भ्mयाल, सीसा, ग्रिलसमेत तोडफोड भएको र नयाँ भवनको भ्mयालको सीसा पनि तोडफोड भएको छ । विद्यार्थीको आक्रमणमा वडासचिव सुनीता मुखियाको ब्यागमा रहेको एक लाख पचास हजार नगद, सवारीचालक अनुमतिपत्र तथा गाडीको कागजपत्र लुटिएको, सामाजिक सुरक्षा भत्ताको साढे दुई करोडभन्दा बढीको भर्पाइ नष्ट भएको, विभिन्न कागजातहरू नष्ट भएको तथा करीब एक करोड पचास लाख बराबरको भौतिक क्षति पुगेको मेयर कुशवाहाले बताए ।
घटनापछि नगर कार्यपालिकाको बैठकले घटनाको भत्र्सना गर्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेको छ । यसैगरी, घटनाको छानबिनको लागि वडाध्यक्ष चन्दनप्रसाद कुशवाहाको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा हरिभजन साह, राजकुमार साह, सर्पmलाल गुप्ता, रामप्रवेश साह सोनार, हरेन्द्र राय यादव, रामनरेशप्रसाद यादव, सञ्चारकर्मी सञ्जय मिश्र र इलाका प्रहरी कार्यालय कटहरियाका प्रतिनिधि रहेका छन् । समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न तीन दिनको म्याद दिइएको मेयर कुशवाहाले पत्रकार सम्मेलनमा जानकारी गराए ।
नगरपालिकामा तोडफोड गरेको खबर सुनेर तत्काल घटनास्थल पुगेका प्रहरीले विद्यार्थीलाई रोक्न खोज्दा आक्रोशित विद्यार्थीले इलाका प्रहरी कार्यालयमाथि नै आक्रमण गरेका
थिए । विद्यार्थीको आक्रमणबाट इलाका प्रहरी कार्यालय कटहरियाको कार्यालय भवनको सीसाहरू फुटेका छन् भने कार्यालयमा रहेको चारवटा मोटरसाइकलमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।
घटनापछि कटहरियामा व्यापक प्रहरी परिचालन गरिएको थियो ।