माधव तिमल्सिना, १२ अशोज/
ठोरी–३ बुद्धनगरमा जारी दोस्रो बुद्धनगर गोल्डकप प्रतियोगिताको पहिलो चरणको अन्तिम खेल अन्तर्गत आइतवार पहिलो खेल सनराइज युवा क्लब रामनगर ठोरी –३ र हरियाली युवा क्लब ठोरी –२ हनुमानटारबीच भएकोमा सनराइज युवा क्लब रामनगर १ का विरुद्ध २ गोल गर्दै विजयी भएको छ । उसले दुवै गोल पेनाल्टीमार्फत गरेको हो ।
निकै प्रतिस्पर्धामात्मक रहेको खेलमा १० मिनेटभित्रै हरियाली क्लबका रक्षा पङ्क्तिका खेलाडीले सनराइज युवा क्लबका खेलाडीलाई डि बक्सभित्र लडाएपछि रामनगरले पेनाल्टी पाएको थियो । सनराइजका तर्फबाट पेनाल्टी प्रहार गरेका सुनील गुरुङले बललाई विपक्षीको जाली चुमाएका थिए ।
मध्यान्तर अघि १–० ले अघि रहेको रामनगर मध्यान्तरपछि सम्हालिन नसक्दा हनुमानटारले पनि पेनाल्टीमार्फत नै गोल गर्दै खेललाई बराबरीमा ल्यायो । मध्यान्तरपछिको १० मिनेट बित्न नपाउँदै रामनगरका खेलाडीले आप्mनै डिबक्स भित्र ह्यान्ड गर्दा हनुमानटारले पेनाल्टी प्रहार गर्ने अवसर पाएको थियो । हनुमानटारका खेलाडी रोशन तिमिल्सिनाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । तर उनले गोल गरेको केही समय बित्न नपाउँदै फेरि हनुमानटारका खेलाडीले आप्mनै डि बक्समा ह्यान्ड गरेपछि रामनगरले दोस्रो पटक पेनाल्टी पायो ।
रामनगरका खेलाडी राधे महतोले पेनाल्टी प्रहारमार्फत पुनः एक गोल थपेपछी रामनगर २–१ ले अघि बढेको हो । सनराइज क्लबले अब दोस्रो चरणमा विजयबस्ती पूmटबल टिमसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेलमा रामनगरका राधे महतो म्यान अफ द म्याच घोषित भएका थिए ।
त्यस्तै आइतवारको दोस्रो खेल युवा स्पोर्ट्स क्लब वीरगंज र एफसी सिमरा युनाइटेड क्लबबीच भएकोमा वीरगंजलाई १ का विरुद्ध ४ गोलले पराजित गर्दै सिमरा विजयी भएको छ ।
समय अभावका कारण दुवै टिमको सहमतिमा ५० मिनेटमा झारिएको खेलमा खेल शुरू भएको ७ मिनेटमा नै वीरगंजले गोल गर्दै अग्रता कायम गरेको थियो । वीरगंजका जर्सी नं..१३ का रेमन डङ्गोलले सिमराका रक्षा पङ्Íिका खेलाडीलाई झुक्याउँदै गोल गरे । तर उनले गोल गरेको १ मिनेट पनि बित्न नपाउँदै सिमराका विश्व लामाले गोल गरे र खेललाई बराबरीमा ल्याए ।
पहिलो गोल गरेको करीब ३ मिनेटपछि नै सिमराका जर्सी न.१२ का निकेस थापाले अर्को एक गोल गरे र सिमराले २–१ को स्थितिमा खेललाई ल्यायो । मध्यान्तरपछि विश्व लामाले एक गोल र जर्सी न.११ का कृष्ण रूम्बाले अर्को एक गोल थपेपछि वीरगंज घर फर्कन बाध्य भयो । दोस्रो खेलमा दुई गोल गर्न सफल विश्व लामा नै म्यान अफ द म्याच घोषित भएका थिए ।
सोमवारदेखि शुरू हुने दोस्रो चरणको पहिलो खेल आयोजक बुद्धनगर युथ क्लब र नयाँबस्ती युथ क्लब ठोरी–३ बीच हुनेछ । दोस्रो खेल वनशक्ति युवा क्लब ठोरी–२ र महावीर युवा क्लब जीराभवानी–१ बीच भीडन्त हुने आयोजक समितिका अध्यक्ष शम्भु खड्काले जानकारी गराएका छन् ।