$type=ticker$count=12$cols=4$cate=0

मेनरोड अतिक्रमणबारे राजनीतिक दलहरूबीच मतान्तर, सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश

SHARE:



प्रस, वीरगंज, १० असोज/
    त्रिभुवन राजपथ अन्तर्गत हेटौंडादेखि वीरगंजसम्मको अतिक्रमित सडक खाली गराउन वीरगंज–पथलैया व्यापारिक मार्गले सूचना जारी गरेपछि लामो समयदेखि सडक फराकिलो हुनबाट वञ्चित हुँदै आएको वीरगंजको मेनरोडवासी अहिले पुनः आतङ्कित भएका छन् ।
    वीरगंज–पथलैया व्यापारिक राजमार्गले सूचना जारी गरेर छठपछि अतिक्रमण खाली गराउने भनेपछि यस विषयलाई लिएर अहिले वीरगंजका मेनरोडवासीहरू आतङ्कित भएका हुन् । तीन दशकदेखि सडक विभागले असारमा सूचना जारी गर्ने र त्यसपछि मेनरोडवासीको विरोध र दबाबले कार्यान्वयन अवरुद्ध हुँदै आएको थियो । वीरगंजको गण्डकसम्म सडक विभागले अतिक्रमण हटाउने कार्य सम्पन्न गरेपनि त्यस अगाडि बढ्न सकेको छैन ।     यसपटक पनि गण्डकको बाइपाससम्म अतिक्रमण हटाउने कार्य सम्पन्न भइसकेको छ । त्यसभन्दा यता सूचना जारी भएपछि मेनरोडमा रहेका घरधनीहरूले विरोध र दबाब शुरू गरिसकेका छन् । यसैक्रममा मेनरोडमा रहेका घरधनीहरू सङ्गठित भएर बनेको संस्था ‘वीरगंज बचाऊ सङ्घर्ष समिति’ले सर्वोच्च अदालतमा क्षतिपूर्तिको लागि रीट दायर गर्नुका साथै भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसँग भेटघाट तथा छलफल गरेको छ ।
    हालै गरेको छलफलमा मन्त्रीले घण्टाघरदेखि भन्सारसम्मको क्ष्Fेत्रको अवलोकन गर्ने र त्यसपछि मात्रै अतिक्रमणको सम्बन्धमा निर्णय दिने आश्वासन दिएका छन् । मन्त्रीसँग छलफल गर्न समितिका संयोजक पुरेन्द्रकिशोर लाभको नेतृत्वमा राजपाका सहअध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्ण, पूर्वसांसदहरू राजकुमार गुप्ता, जुनैद अन्सारी, नागेन्द्र चौधरी, रामचन्द्र साह, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, नेका पर्साका सभापति अजय द्विवेदी, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडिया, पूर्वअध्यक्ष प्रदीप केडियालगायतको सहभागिता थियो ।
    मन्त्रीसँगको छलफलमा सहभागीहरूले  वीरगंजको मेनरोडको अतिक्रमण बचाउन गएको हल्लाबाजी भएको छ । यस सन्दर्भमा मन्त्रीसँग छलफलमा रहेका राजपाका सहअध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्णले न्यूनतम क्ष्Fति हुने गरी सडक फराकिलो गर्नुपर्ने छलफलमा कुरा राखेपनि राजपाका महासचिवद्वय शिव पटेल र राजेशमान सिंह तथा जिल्ला अध्यक्ष प्रेमबाबू पटेलले भने २५/२५ मिटर सडक फराकिलो गर्नुपर्ने बताए ।
       राजमार्गको विकल्प तयार भइसकेकाले वीरगंज शहरलाई भग्नावशेष बनाउनु आवश्यक नभएको तर्क गर्दै नेपाली काङ्ग्रेस पर्सा अहिले पनि आप्mनो अडानमा यथावत् छ । सो पार्टीका सचिव श्याम पटेलले घण्टाघरदेखि भन्सारसम्मको क्षेत्रबाट अतिक्रमण हटाउँदा थुप्रैलाई मर्का पर्ने हुँदा न्यूनतम क्षतिमा सडक फराकिलो गर्नुपर्ने बताए ।
    नेकपा, पर्साका अध्यक्ष प्रभु हजरा भने अतिक्रमण हटाउनुपर्ने पक्षमा आप्mनो सहभागिता नभएको प्रस्ट्याउँछन् ।
    आप्mनो पूर्व भनाइविपरीत अध्यक्ष हजराले पीडितहरूको कुरा सुन्नुपर्ने भएकोले आप्mनो सहभागिता भएको बताए । अतिक्रमण हटाउनुपर्ने पक्षमा उनले विगतमा कडा शब्द बोलेका थिए । तर अहिले उनी न्यूनतम क्षतिबाट सडक फराकिलो गर्न सकिने आपूmले विचार राखेको बताए । हजराले घण्टाघरदेखि छपकैयासम्मको क्ष्Fेत्रमा धेरैजनाको उठीबास लाग्ने भएकोले उनीहरूको हकमा सरकारले अतिक्रमण हटाएपश्चात् व्यवस्थापन गर्नुपर्ने आपूmले सुझाव दिएको बताए ।
    तर नेकपाका पूर्वसांसद राजकुमार गुप्ताले भने आप्mनो सहभागिता संयोग मात्र भएको बताएका छन् । उनले मन्त्रीसँग भेट गर्न गएको बेलामा टोली पनि छलफलको लागि पुगेको र आप्mनो सहभागिता भएको बताए । उनले वीरगंजको मेनरोड फराकिलो गर्ने विषयमा आपूm २५/२५ मिटर फराकिलो हुनुपर्ने कुरामा दृढ रहेको बताए । कुनैपनि हालतमा २५ मिटरभन्दा कम अतिक्रमण हटाउनु सरकारले अरूमाथि अन्याय गर्नु मात्र हुने उनको तर्क छ । सबैलाई समानरूपमा व्यवहार गर्ने हो भने सडक नियम अनुसार अतिक्रमण हटाएसरह वीरगंजमा पनि सोही नियम लागू गर्नुपर्ने गुप्ताको भनाइ छ ।
    सरकारमा सहभागी समाजवादी पार्टीका सांसद प्रदीप यादवले  वीरगंजको मेनरोड २५/२५ मिटर फराकिलो हुनुपर्नेमा जोड दिएका छन् । जीतपुर र परवानीपुरवासीलाई वीरगंजको मेनरोड अतिक्रमण नहटाउने हो भने पीडा हुने र उनीहरू विद्रोहमा उत्रन सक्ने सांसद यादवले प्रतिक्रिया दिए ।
    समाजवादी पार्टी पर्साका कार्यवाहक अध्यक्ष्F रामनरेश यादवले पनि वीरगंजको मेनरोड फराकिलो हुनुपर्ने पार्टीको धारणा रहेको बताए । उनले अन्तर्राष्ट्रिय राजमार्ग भएकोले यसको स्वरूप फराकिलो हुनुपर्ने बताए । सडक फराकिलो नहुँदा ट्राफिक समस्या बढेको उनको तर्क छ ।
    तर सोही पार्टीका वीरगंज महानगरका मेयर विजय सरावगी भने न्यूनतम क्षतिमा सडक फराकिलो गर्नुपर्ने बताउँदै आएका छन् । नगरसभाले पनि १५/१५ मिटर राजमार्ग फराकिलो गर्ने निर्णय गरेको छ । सो निर्णय कार्यान्वयनको लागि मेयर सरावगीले मन्त्री महासेठलगायत सरोकारका पक्षसँग भेटेर पहल गर्दै आएका छन् ।

महासचिवद्वय पटेल र सिंह तथा जिल्ला अध्यक्ष्F पटेलले जीतपुर–परवानीपुरको दुर्दशा भविष्यमा वीरगंजले बेहोर्नुनपरोस् भन्ने कुरालाई दृष्टिगत गर्दा तोड्ने भए अहिले नै २५/२५ मिटर तोड्नुपर्ने तर्क दिए । उनीहरूले जीतपुर र परवानीपुरमा पनि यसअघि सडक मापदण्डविपरीत न्यूनतम अतिक्रमण हटाइएको र पछि पुनः दोस्रोपटक अतिक्रमण हटाउनुपर्ने अवस्था आएको बताए । वीरगंजमा पनि अहिले २५/२५ मिटरभन्दा कम अतिक्रमण हटाउनुपर्छ भन्ने कुरा भविष्यको लागि खतरनाक हुनसक्ने उनीहरूको तर्क छ ।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : मेनरोड अतिक्रमणबारे राजनीतिक दलहरूबीच मतान्तर, सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश
मेनरोड अतिक्रमणबारे राजनीतिक दलहरूबीच मतान्तर, सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEis0vmW2eLvEms79ziLEKaocxIPH-VMgOO9tvhNk6uprlaQ4OKmllrN0zlkCC9YkcZuVxFuSxIpsCEpIJkfBIUVgaS4GTonQ5V6sCcm6JolkQTytGlgubWS4v460567ZEKjLU9s3PE9NEJs/s640/neta.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEis0vmW2eLvEms79ziLEKaocxIPH-VMgOO9tvhNk6uprlaQ4OKmllrN0zlkCC9YkcZuVxFuSxIpsCEpIJkfBIUVgaS4GTonQ5V6sCcm6JolkQTytGlgubWS4v460567ZEKjLU9s3PE9NEJs/s72-c/neta.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/09/blog-post_581.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/09/blog-post_581.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy