प्रस, पथलैया, १० असोज/
युनिटी क्लब वीरगंजलाई स्तब्ध पार्दै सशस्त्र प्रहरीको एपिएफ क्लब बर्दिबासले प्रथम रामवन टाँडी गोल्डकपको उपाधि उचालेको छ ।
जीतपुरसिमरा–३ स्थित रामवन खेल मैदानमा शनिवार भएको फाइनल खेलमा एपिएफले वीरगंजलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।
एपिएफका लागि ऋतिक खड्काले निर्णायक गोल गरे । खेलको २२औं मिनेटमा कुमार दोड्ढो पासलाई सदुपयोग गर्दै ऋतिकले गोल गरेका हुन् । वीरगंजले खेलमा थुप्रै अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।
जीतसँगै एपिएफले नगद ५० हजार हात पारेको छ । उपविजेता वीरगंजले २५ हजार नगद प्राप्त गरेको छ । एपिएफका ऋतिक खड्का प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । यसैगरी, सर्वाधिक गोलकर्ता वीरगंजका अमर डङ्गोल, उत्कृष्ट डिफेन्स वीरगंजका लोकेन्द्र कार्की र उत्कृष्ट गोलरक्षक एपिएफका मोहन खड्का घोषित भए ।
विजेतालाई प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, सीता गुरुङ, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेल, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरी, वडाध्यक्ष जगन्नाथ घिमिरेलगायतले पुरस्कार वितरण गरेका थिए ।
यसअघि फाइलन खेलको उद्घाटन प्रदेश नं २ का पर्यटनमन्त्री रामनरेश राय यादवले गरेका थिए । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ को सहयोग र आरटी युथ क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा १० टीमको सहभागिता थियो ।