विमला गुप्ता, वीरगंज, १० असोज/
विश्व पर्यटन दिवसको अवसरमा शुक्रवार वीरगंज महानगरपालिकाको आयोजना तथा भिजिट मधेस नेपालको संयोजनमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ ।
होटल मकालुमा आयोजित कार्यक्रमको उद्घाटन वीरगंजका मेयर विजयकुमार सरावगीले गरेका थिए । भिजिट मधेस नेपालकी सदस्य नीला रामले स्वागत गरेको कार्यक्रममा भिजिट मधेस नेपालका संयोजक ओमप्रकाश सर्राफले मधेसमा पर्यटकको आवागमन बढाउन सरोकारवालाहरूले खेल्नुपर्ने भूमिकाबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमका वक्ताहरूले वीरगंजमा पर्यटन प्रवद्र्धनको लागि पर्यटनमैत्री वातावरण बन्नुपर्नेमा जोड दिए । नागरिक समाज र सुरक्षा निकायलगायतले व्यवहार परिवर्तन गरी पर्यटनमैत्री बन्नुपर्ने उनीहरूको भनाइ थियो ।
कार्यक्रममा प्रमुख अतिथि मेयर सरावगीले वीरगंज महानगरको पर्यटकीय सम्भावनालाई मध्यनजर राख्दै चालू आर्थिक वर्षदेखि भिजिट मधेस नेपालको सुझावमा १० लाख रुपैयाँ छुट्टयाइ पर्यटन प्रवद्र्धन गर्न सक्रिय रहेको बताए । उनले भारतीय र विदेशी पर्यटकको लागि वीरगंजलाई जबसम्म सुरक्षित र आरामदायी ठाउँको रूपमा विकास गर्न सकिंदैन, तबसम्म पर्यटनको क्षेत्रमा वीरगंजले फड्को मार्न नसक्ने बताए । सीमा नाकामा खट्ने सुरक्षाकर्मीले राम्रो व्यवहार गर्नुपर्ने तथा स्थानीय प्रहरीले पर्यटन आगमनको लागि सहज वातावरण बनाउनुपर्ने मेयर सरावगीले अपिल गरे । भिजिट मधेसले आधुनिक प्रविधिको माध्यमबाट मधेसलाई देशविदेशमा चिनाउन अग्रसर रहेको भन्दै उनले धन्यवाद दिए ।
उनले भारतीय गाडीको प्रवेशमा वीरगंज महानगरले लिंदै आएको कर यस वर्षदेखि हटाएकोले आगामी दिनमा सरोकारवालाहरू सबै मिलेर भारतीय पर्यटकलाई भिœयाउन सोहीअनुरूपको वातावरण बनाउन जोड दिए ।
कार्यक्रमका अतिथि तथा नेकपा वीरगंज समितिका अध्यक्ष रहबर अन्सारीले विदेशी पर्यटकको संस्कृति र लवाइखवाइ पनि हामीले स्वीकार गरी समाजमा पचाउन सिके मात्र विदेशी पर्यटकलाई वीरगंज आउन सहज लाग्ने बताए ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले वीरगंज मुख्य नाका भए तापनि औद्योगिक कोरिडोरलाई अध्ययन सेन्टरको रूपमा विकास गर्दै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सुझाव दिए ।
कार्यक्रममा समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईं, महानगर मातहत संस्कृति पर्यटन प्रवद्र्धन शाखाकी प्रमुख रञ्जना पण्डितलगायतको सहभागिता थियो ।
कार्यक्रमका सहभागीहरूलाई पीपलको पातमा अतिथि लेखिएको ब्याच पहि¥याएर स्वागत गरिएको थियो।
गहवामाईको मन्दिर सरसफाइ
विश्व पर्यटन दिवसको अवसरमा शुक्रवार वीरगंजको शक्तिपीठ गहवामाई मन्दिर र सो आसापास सरसफाइ गरिएको छ ।
नेपाल युथ काउन्सिल काठमाडौंको सक्रियता तथा सत्यम कलेज वीरगंज, रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रोपोलिस, वीरगंज जेसीज तथा वीरगंजका युवाहरू मिलेर मन्दिरको सरसफाइ गरिएको दीपु वर्णवालले बताए ।
प्रस, कलैया/
नेपाल युवा परिषद्ले अन्तर्राष्ट्रिय विश्व पर्यटन दिवसको अवसरमा शुक्रवार बाराको धार्मिक क्षेत्रको सरसफाइ गरेको छ ।
परिषद्ले बाराका विभिन्न सङ्घसंस्थाहरूको सहयोगमा रामजानकी मन्दिरमा सरसफाइ गरेको थियो ।
परिषद्का कार्यक्रम संयोजक सूर्यराज पासवानको अध्यक्ष्Fतामा सरसफाइ कार्यक्रम भएको थियो ।