हाम्रो मुलुकका लागि पनि जल, जङ्गल, जडीबुटी र पर्याटन समृद्धिकोे वरदान बन्न सक्ने कुरा विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । यहाँको भूबनोट, हावापानी, लोकसंस्कृति तथा धार्मिक संस्कृति र प्राकृतिक सौन्दयको दृष्टिले पनि बिदेशी पर्यटकहरूका लागि आकर्षक गन्तव्य हो । विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को परिभाषा अनुसार आप्mनो नियमित वासस्थानबाट बिदा मनाउने, व्यापार गर्ने वा त्यस्तै अन्य कुनै उद्देश्यले चौबीस घण्टाभन्दा बढी र एक वर्षभन्दा कम समय बाहिर बिताउन निस्कने व्यक्तिलाई पर्यटक भनिन्छ । यस्ता पर्यटकलाई सशुल्क घुमाउने, आवासको व्यवस्था गर्ने, यातायात मिलाउने, दृश्यावलोकन गराउने आदि कार्य पर्यटन–व्यवसाय तथा पर्यटन–उद्योग हो ।
विश्व पर्यटन सङ्गठनले पर्यटक र पर्यटन व्यवसायका लागि सूचीकृत गरेका विश्वका उतकृष्ट मुलुकहरूमध्ये हाम्रो मुलुक पनि पर्छ । विश्व सम्पदा सूचीमा परेका १० वटा सम्पदा हाम्रो मुलुकमा छ । संसारको सबैभन्दा अग्लो शिखर सगरमाथालगायत ८ हजार मिटरभन्दा माथिका हिमालहरू यहाँ छन् । उत्कृष्ट पदयात्राका लागि अन्नपूर्ण हिम शृङ्खला विश्व पर्यटन क्षेत्रमा नाम चलेको छ । संसारको सबैभन्दा गहिरो उपत्यका अरुण उपत्यका र संसारको सबैभन्दा उच्च स्थान ३०५० मिटरमा धान फल्ने जुम्ला हाम्रै मुलुकमा छ । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी, सीता माता र भृकुटीको जन्मस्थल, त्यसैगरी पशुपतिनाथ, मुक्तिनाथ, दामोदर कुण्डलगायत धार्मिक स्थल हामीले वरदान नै पाएका छौं । यहाँ १२५ भन्दा बढी जातजाति, १२३ भन्दा बढी भाषा–भाषी र झन्डै डेढ दर्जन धर्म संस्कृति रमाइरहेको छ । त्यसैगरी विभिन्न संरक्षण क्षेत्र, शिकार आरक्ष र राष्ट्रिय निकुञ्जहरू पर्यटकको लागि आकर्षणको केन्द्र हो । मनोरम पहाडी स्थल, नदी, ताल, झरना, गुफा हामीसँगै छ । त्यसैगरी प्राचीन दरबार, ऐतिहासिक, पुराताŒिवक सम्पदाहरू पर्यटकलाई आकर्षित गर्ने माध्यम बनेको छ । यी सबै कुरा हामीलाई भन्दा बढी विदेशी पर्यटक र विदेशी पर्यटन व्यवासायीहरूलाई थाहा छ । सोही कारण विदेशी पर्याटकहरू यहाँ घुम्न आएका हुन् ।
विदेशीले हामीलाई चिन्यो, हामीले आपूm, आप्mना सम्पदा र अवसर चिन्न सकेका छैनौं । वीरगंज महानगरमा आयोजित कार्यक्रमका वक्ताहरूले भनेका छन्–“सबैभन्दा पहिले पर्यटनमैत्री वातावरण बन्नुपर्छ ।” सबैभन्दा पहिले हाम्रो बानी, व्यवहार तथा आचरण, नियम, कानून र विकासका पूर्वाधारहरू पर्यटनमैत्री बन्नुपर्छ । विदेशी फेला प¥यो कि सक्दो बढी रकम असुल्ने प्रवृति सवारीचालकदेखि होटल व्यवसायी र कर्मचारी एवं सुरक्षाकर्मीले त्याग्न सकेका छैनन् । भन्सार नाका र हवाई अड्डाहरूमा नियाल्ने हो भने विदेशी पाहुनाप्रति हामीबाट भइरहेको व्यवहार सहजै देख्न सकिन्छ । त्यसैगरी पर्यटकको सवारीमा ढुङ्गा हानेर ठूलै क्रान्तिकारी बन्न खोज्ने राजनीतिक दलहरूको मति अझै सुध्रिएको छैन । अझै पनि एक दुई दिन बन्द होस्, पर्यटक सवार गाडीहरू २/४ वटामा क्षति पु¥याइएकै हुन्छ । पर्यटकीय क्षेत्रको रूपमा सरकारले घोषणा गरेका स्थलहरूमा पनि सुरक्षा, सवारी, सञ्चार, स्वास्थ्य सेवा र पर्यटनमैत्री वासको व्यवस्था छैन । यो अवस्थामा एकपटक जो आयो, उसले के सन्देश लैजान्छ ? अपेक्षाकृत पर्यटक भिœयाउने हो भने पहिले आपूmलाई सुधार्नु र पूर्वाधार तयार गर्नु जरूरी छ ।