बलिराम शुक्ला, बिरुवागुठी, १२ असोज/
पर्सागढी नगरपालिका–५ बौहरवा टोलमा रहेको श्री रामजानकी मन्दिर को प्राङ्गणमा घटस्थापनाको दिन नागा बाबा धर्मेन्द्र गिरी त्यागीले समाधि लिएका छन् ।
गाउँवासीको सुस्वास्थ्य, दीर्घायु तथा सुख शान्तिका लागि बाबा गिरीले समाधि लिएको गाउँलेहरूले बताएका छन् । नौरथाको ९ दिनसम्म ५ फिट गहिरो र ६ फिट चौडा जमीनभित्र उनी समाधिस्थ रहनेछन् । आज दिउसो ३ः४५ बजे धार्मिक विधि अनुसार साइत हेरेर गिरी बाबा समाधि बसेका हुन् । असोज २१ गते दशमीको दिन उनको समाधि सकिने बाबाका सहयोगीहरूले बताएका छन् । यस अघि पनि एकपटक समाधि लिइसकेका बाबाले जमीन भित्र बनाएको गुफामा बत्तीको व्यवस्था र बाहिरबाट हेर्नको लागि शिशा लगाइएको छ । उनले पानीसमेत नखाई नवदुर्गाको जप गर्ने बताइएको छ ।
उनले पाँच पटक समाधि लिने भाखल गरेका छन् । आज समाधि लिनु अघि तिलावे नदीबाट जल भरी मन्दिरमा राखेपछि दीप सङ्कल्प गरी विधिपूर्वक समाधिभित्र प्रवेश गरेका रामजानकी मन्दिरका अध्यक्ष दिनेश्वर मिश्राले बताए । समाधि गरेका नागा बाबालाई हेर्न आजै देखि भक्तजनको घुइँचो लागेको छ ।