प्रस, वीरगंज, १३ असोज/
नेपाल प्रहरी हेडक्वाटरबाट गत जेठ २० गते पर्साका एसपी सोमेन्द्रसिंह राठौरले प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनी पर्सा आउनेबितिकै विगतका एसपीले चलाइरहेका दुई मोबाइलमध्ये एउटा मात्र चालू राखे । एउटा बन्द गरे । कामको बेला दुईदुई वटा मोबाइल बजेर हैरान भएका थिए, त्यति बेला उनी । त्यसपछि उनको स्वभाव र काम गर्ने स्टाइलबारे पर्सा प्रहरी मातहतका सबै युनिट र प्रहरी अवगत भइसकेका थिए ।
उनले जिल्लाको चौकीचौकी चहार्नु भन्दा गल्ती गर्ने प्रहरीलाई ठेगान लगाउन थाले । सोही अनुरूप हाल पौने चार महीनाको दौरान पर्सामा एकजना सई, तीनजना असई तथा अन्य गरी १२ जना सुरक्षाकर्मीलाई विभागीय कारबाई गरिएको उपरीक्षक राठौरले पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रहरी आचरणविपरीत काम गरेको आरोपमा १२ जनालाई कारबाई गरेको र दुईजना हवल्दारविरुद्ध अनुसन्धान जारी रहेको उनले स्पष्ट पारे । कारबाई गरिएका १२ जनामध्ये छजना निलम्बनमा समेत परेको पर्सा प्रहरीले जनाएको छ । निलम्बनमा पर्नेमध्ये एकजना असई, एकजना हवल्दार र चारजना प्रहरी जवान रहेको पर्साका डिएसपी गौतम थापाले बताए । पर्सामा कारबाईमा पर्नेहरू सबै पुरुष सुरक्षाकर्मी रहेको र अधिकांश सीमा क्षेत्रमा तस्करीमा संलग्न पाइएपछि कारबाई भएको प्रहरी स्रोतको दाबी छ ।