कुमार रुपाखेती
‘दशैं आयो, खाउँला–पिउँला, कहाँ पाउँला, चोरी ल्याउँला’ अर्थात् परापूर्वकालदेखि नै उतिबेलाका बनियाँहरूले समेत दशैंको मुखमा, दशैंको नाममा महँगी बढाउँदै आएका रहेछन् ।
अचेलका व्यापारीहरू पनि मौकामा चौका हान्न दशैं नै कुर्छन् र निमुखा गरीबहरूको दशैं होइन दशा शुरू हुन्छ । दशैं बजारमा अनुगमनको नाममा पुग्ने सरकारी ओहदावालहरूले त जुँगा मुसार्दै भव्य दशैं मनाउँछन् । किनकि यतिखेर कालाबजारी व्यापारीहरूले उनीहरूसँग मितेरी गाँसिसकेका हुन्छन् । दशैं मुखमा आएको भन्ने आभास हामीलाई बजारभाउले जानकारी गराइदिन्छ । असारे सरकारी बजेट भाषणपछि महँगी बढ्ने अर्को निर्णायक शक्ति दशैं नै हो । यसपटक लुगाफाटा मात्र होइन, आलु–प्याजसमेत छोइ नसक्नु छ, माछा–मासुको त कुरै नगरौं ।
जाबो तासको दाम त अचाक्ली बढेको छ । ओहदावालहरूले यसपालि रहरलाग्दो दशैं मनाउने पक्कापक्की छ । तलब बढेको छ, विदेश भ्रमण निरन्तर जारी छ । अब उपेन्द्र यादवलाई नै हेर्नुस् । २०७५ जेठदेखि अहिलेसम्म सबै मन्त्रीभन्दा बढी २५ पटक विदेश गए । अहिले पनि कम्मल ओढेर घ्यू पिउने बानी लागेका उनी संविधान दिवस छल्न अस्ति अमेरिका पुगे । मन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा हुने कार्यक्रममा उपेन्द्र उपप्रधानमन्त्री भएपनि जान राजी भए । अन्य मन्त्री, सांसद र हाकिमहरूसमेत दशैंको जोहो गर्न कोही विदेश त कोही स्वदेशमैं धन उपार्जनमा व्यस्त र मस्त छन् । मुलुक डेंगु र महँगीले ग्रस्त छ । ‘गाँठ भी गवाना, चुतिया भी बनाना’ भन्ने हामी मतदाताहरू यिनको चर्तिकला हेरेर मुर्मुरिनुबाहेक अर्थोक के नै गर्न सक्छौं र ?
हामी स्थानीय बजारमा पुग्न सकेका छैनौं तर हुनेखानेहरू थाइल्यान्ड, सिङ्गापुरमा दशैं मार्केटिङ गर्दैछन् । महँगी बढ्यो, भ्रष्टाचार बढ्यो, अशान्ति र थिचोमिचो अचाक्ली भो भन्ने आवाज सुन्नासाथ नेताहरूले प्रतिगमनको बिल्ला भिराइहाल्छन्् । अगुल्टोले तर्सेको कुन्नि के जाति बिजुलीदेखि तर्सिन्छ भनेको शायद यही होला । जनताले राजालाई बिर्सिसके पनि ओली, प्रचण्डहरूले राजा छन्, सक्रिय छन्, बलिया छन्, ढाल्न सक्छन् भनेर हामीलाई स्मरण गराइरहन्छन् । यो स्मरण मात्र गराएको होइन कि आप्mनो कमजोरी लुकाउने रामबाण औषधिको रूपमा अचेल यिनले राजालाई, राजाको नामलाई उपयोग गर्दै आएको प्रस्ट छ ।
वास्तवमा गणतन्त्रलाई राजाबाट होइन, गणतन्त्रवादी नेताहरूबाटै असफल गराइँदैछ । नेताहरूले सदनबाट र नेताका कार्यकर्ता र आफन्तहरूले सडकबाट आम नागरिकलाई लुटिरहेका छन् । सडक र सदन दुवै अहिले भ्रष्टाचारी दल र नेताहरूको कब्जामा छ । झन् दशैंको मुखमा त यिनले भाग्योदय चिठाझैं बम्पर कमाइ गरिरहेका छन् ।
राणाकालमा गाथगद्दी ताक्नेलाई झुन्ड्याउने चलन थियो । धर्मकर्ममा विश्वास राख्ने राणाहरूले ब्राह्मणहरूलाई चारपाटे मुडेर छाड्थे । पञ्चायतकालका कालकोठरी र जेलनेल थियो । तर अचेल नक्कली मुठभेडको नाममा ठाडै इन्काउन्टर अर्थात् शोलेको गब्बर सिंहको डायलग ‘अब गोली खा’ ।
२००७ सालअघिदेखि नै संविधानसभाको निर्वाचन भए, मुलुकमा गणतन्त्र आए, नेपाल नै स्वर्ग बन्छ भन्थे । आज स्वर्गको हालत हेर्नुस् यमराजको नर्कभन्दा पनि नराम्रो छ । हो, केही मुठीभरकाहरूलाई सत्ता र स्वर्ग अनि सुखसयल प्राप्त छ । स्वर्ग भनिने नेपालमा अचेल कठोर सैनिक शासनको सट्टा कठोर गणतान्त्रिक शासन छ, जुन युगान्डाका इदी अमिनलाई बिर्साउने खालको छ । निर्मला पन्त हत्याकाण्ड, भ्रष्टाचारमा नेता र तिनका नातागोताको संलग्नता, गृहमन्त्री बादलका भाइ नरेशको चर्तिकला, पत्रकारितामा लगाम, सत्ताधारीहरूको धम्कीपूर्ण भाषण, विरोधीलाई धूलो चटाउने नीति, सीमा असुरक्ष्Fा, महँगी, भ्रष्टाचार, नेताहरूको राजशी ठाटबाट, सुनकाण्ड, रवि लामिछाने काण्ड आदिले नेपाललाई अब भृकुटी, अरनिको, गौतम बुद्ध र सगरमाथाको नामले भन्दा काण्डैकाण्डले भरिएको मुलुक भन्न सकिन्छ ।
मुलुक दशैंको मुखमा छ, त्यसपछि तिहार र छठ पर्व परेको छ । दशैंलाई पछ्याउँदै महँगी अब तिहार र छठमा चाहिने घ्यू, चिनीमा सर्ने पक्का छ । घ्यू, चिनीमा मूल्य थप्ने र मिलावट गर्ने राजनीतिक भाइरसहरू सक्रिय भइसकेका छन् ।
धेरैअघि मैले ‘गणतन्त्रको गर्जन’ भन्ने पुस्तक पढेको थिएँ, जसका लेखक प्रकाश अधिकारी थिए । त्यो किताबी गणतन्त्र, नेताहरूले किस्सा गढीगढी बढाइचढाइ गरेको गणतन्त्र र आमनेपालीले भोगिरहेको गणतन्त्रबीच आकाशपातालको फरक छ । भूmटको पुलिन्दा बनाएका छन् गणतन्त्रलाई, कोठेनेताहरूले ।
दशैंलाई गरीबले दशा भनेझैं यो गणतन्त्रमा म गनतन्त्र (बन्दूकतन्त्र)को संज्ञा दिन चाहन्छु, जहाँ थोरै नवशोषकहरूले थुप्रैलाई शोषण गरिरहेका छन् । दशैंको अवसरमा दुर्गासप्तसीको पाठ गरौं र मानवरूपी दानवबाट मुलुकलाई बचाऔं । आमनागरिकलाई अहिले गणतन्त्रभन्दा नेपाली र नेपाल चाहिएको छ ? गणतन्त्रलाई गनतन्त्र र दशैंलाई दशा बनाउनेहरू एउटै हुन् । अस्तु ।