– वैद्यनाथ ठाकुर
भारतको राजधानी दिल्लीनजीकैको एक गाउँमा उपेन्द्रको जेठो मामा माइजूले बिहे गरेको बीस वर्ष भएपनि उनीहरूको कुनै सन्तान थिएन । थाहा पाएसम्मका चिकित्सक, वैद्य, धामी, झाँक्री, ज्योतिषी सबैलाई देखाइयो तर बच्चा भएन ।
एक दिन अचानक गाउँमा एउटा योगीले मामालाई यज्ञको प्रसाद दिए र भने– ‘प्रसाद खुवाउनुहोला बच्चा अवश्य हुनेछ ।’
माइजू सा¥है खुशी भएर प्रसाद खाँदै थिइन् कि यत्तिकैमा गाउँभरि हल्ला भयो । पाण्डे सरको घरमा आगो लाग्यो । प्रसाद खान छोडेर माइजू आगो लागेको हेर्न दौडिहालिन् ।
यत्तिकैमा प्लेटमा राखेको प्रसाद कान्छो मामाका छोरीहरू चौदह वर्षीय तीन दिदीबहिनी जो भर्खर विद्यालयबाट टिफिन खान घर आएका थिए,
उनीहरूले बाँडेर खाए र फेरि विद्यालय गई हाले ।
समय बित्दै गयो माइजूको घरमा खुशी र दुःख दुवै सँगसँगै थपिंदै गयो । खुशीको कारण थियो माइजू साँच्चिकै गर्भवती थिइन् तर यसको ठीक उल्टो कन्याकुमारी तीन छोरीहरूको गर्भले परिवार निकै दुःखी तथा आत्मग्लानिमा थियो । गाउँभरि चर्चा थियो कसको गर्भ हो ? आठौं महीनामा कुरा खुल्यो माइजूले छाडेको प्रसाद खाएर गर्भवती भएको ।
दिनरात केवल प्रसाद र गर्भकै बारेमा गाउँमा बहस हुन थाल्यो । एउटा पक्षले भन्यो– दैवको लीला... जेपनि हुन सक्छ । होइन भने रामायणमा राजा दशरथका छोराहरू राम, लक्ष्मण, भरत, शत्रुघ्न कसरी जन्मे ?
अर्काे पक्षले भन्यो– रामायण कथा मात्र हो । महाकाव्यको कथा काल्पनिक हुन्छन् । तर यी कन्या केटीहरू वास्तविक हुन् । यसमा जरुर कुनै न कुनै लसपस छ । खोजी र अनुसन्धान गरिनुपर्छ । अवश्य पत्ता लाग्छ ।
नौ महीना पुग्यो र माइजूसहित चारैजनाले अस्पतालमा छोरा जन्माए । बच्चाहरूको जीन परीक्षण गरियो र निकै परिश्रमपछि गाउँनजीकै रहेको मन्दिरका महन्त नै जीन परीक्षणबाट बच्चाको पिता प्रमाणित भए ।
–वीरगंज