प्रस, निजगढ, १३ असोज/
दोस्रो निजगढ नगरस्तरीय भेट्रान नकाउट पूmटबल प्रतियोगिता शुरू भएको छ । सोमवार भएको उद्घाटन खेलमा निजगढ युवा क्लबले पुरानो निजगढलाई १ विरुद्ध ३ गोल गरी न्यु जनजागृति युवा क्लब बागदेव विजयी भएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं निजगढ नगर प्रमुख सुरेशकुमार खनालले विजयादशमीको अवसर पारेर गरिएको प्रतियोगिताले एक अर्कामा मित्रता, सद्भाव, मेलमिलापको सन्देश दिने बताए । खेलमा अनुशासन, मर्यादा कायम गरी खेल्न प्रमुख खनालले खेलाडीहरूलाई आग्रह गरे ।
कार्यक्रमका विशिष्ट अतिथि निजगढ नगर उपप्रमुख लीलादेवी लामिछानेले जुनसुकै उमेरका मानिसलाई आप्mनै किसिमको मनोरञ्जन चाहिने हुनाले ४० वर्ष उमेर नाघेका नागरिकहरूलाई लक्षित गरी मनोरञ्जनात्मक पूmटबल आयोजना गरेकोमा आयोजक समितिलाई धन्यवाद दिइन् । आगामी वर्षमा पनि निजगढ नगरपालिकाले यस्ता उमेर समूहलाई लक्षित गरी आयोजना गरिने विभिन्न खेलकूदलगायत अन्य कार्यक्रमलाई प्रोत्साहन गरिने प्रतिबद्धता जाहेर गरिन् ।
आजको प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेबापत विजयी टिम न्यु जनजागृति युवा क्लबका जर्सी नं. १० का कृष्ण थापा मगरलाई बारा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष दिलबहादुर लामाले ढाका टोपी पहि¥याएर सम्मान गरेका थिए । चौतारा युवा क्लब निजगढ–७ को आयोजनामा गरिएको सो कार्यक्रम क्लबका अध्यक्ष दिलबहादुर पुलामीको सभापतित्वमा भएको थियो । प्रतियोगितामा पहिलो र दोस्रो हुने टिमलाई खसीलगायत आकर्षक पुरस्कार प्रदान गरिने जनाइएको छ । सो प्रतियोगितामा निजगढ नगरभरिका १२ टिम सहभागी छन् ।