प्रस, वीरगंज, १२ असोज/
वीरगंजका राजपा नेता राजेशमान सिंहको नेतृत्वमा अध्यात्मिक ट्रस्ट (संस्थान) स्थापना भएको छ । वीरगंजको राणीसति मन्दिरमा आज साहिब दरबार सेवा संस्थान वीरगंजको प्रथम स्थापना दिवस मनाइएको हो ।
नेपाल भारतका सहभागीहरूलाई भेला गरी भगवान् कबीरको धर्म र मार्ग नै जीवनको सार रहेको धारणा राख्दै कार्यक्रम गरिएको थियो । कबीर मार्गका प्रवत्र्तक संत शिरोमणि साहेब सरकारको ११९ औं जन्मोत्सवको अवसरमा संस्थान वीरगंजमा दर्ता गराई स्थापना दिवस मनाइएको वीरगंज संस्थानले जनाएको छ । कार्यक्रममा नेपाल भारतका सयौं श्रद्धालु तथा कबीरका समर्थकहरूको सहभागिता थियो ।
ट्रस्टका अध्यक्ष राजेशमान सिंहको अध्यक्षता तथा कबीर चौरा समाधि मगहर (युपी)का महन्थ विचार साहेबले पानसमा दियो बाली उद्घाटन गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय मानव अधिकार, अपराध न्यूनीकरण परिषद् दिल्लीका अध्यक्ष भिपी सिंह, वीरगंजकी उपमेयर शान्ती कार्की, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, नेका पर्सा सभापति अजयकुमार द्विवेदी, सङ्घीय समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, राजपा नेता प्रेमबाबू पटेललगायतले सम्बोधन गरेका थिए ।