प्रस, परवानीपुर, १३ असोज/
आन्तरिक राजस्व कार्यालय वीरगंजले चालू आवको साउन र भदौ महीनामा लक्ष्य अनुसार राजस्व असुली गर्न असफल भएको छ । आन्तरिक राजस्व विभागबाट कार्यालयले १ अर्ब ४१ लाख लक्ष्य पाएकोमा जम्मा ८२ करोड ३ लाख १४ हजार राजस्व असुली गरेको कार्यालयका प्रमुख गोपीकृष्ण कोइरालाले बताए । राजस्व असुली लक्ष्यको ८२ प्रतिशतमात्र भएको छ ।
कार्यालयले आयकरतर्फ लक्ष्यको ९० प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ लक्ष्यको १ सय २७ प्रतिशत, आन्तरिक अन्तःशुल्क तर्फ निकै कम लक्ष्यकै ३९ प्रतिशत मात्र असुली गर्न सकेको छ । कार्यालयले आयकरतर्फ २ करोड ५ लाख ७५ हजार लक्ष्य पाएकोमा २५ करोड ५३ लाख ९९ हजार, मूल्य अभिवृद्धिकरतर्फ ३१ करोड ७४ लाख ९३ हजार लक्ष्य पाएकोमा ४० करोड २७ लाख ८३ हजार, आन्तरिक अन्तःशुल्कतर्फ ३९ करोड ४ लाख ८ हजार लक्ष्य पाएकोमा १५ करोड ८ लाख ४२ हजार, घर बहाल करतर्फ ६६ लाख २१ हजार लक्ष्य पाएकोमा ५० लाख ४ हजार, ब्याजकरतर्फ ६३ लाख ३७ हजार लक्ष्य पाएकोमा ६२ लाख ३१ हजार गरी कुल ८२ करोड ३ लाख १४ हजार राजस्व असुली भएको कार्यालयले जनाएको छ ।