प्रस, सिम्रौनगढ, १३ असोज/
बारा सिम्रौनगढ–२ रनिवास बजार स्थित अमृतगंज अस्पताल नजीक आज एउटा समारोहबीच ब्रह्माकुमारी राजयोग सेवा केन्द्र भवनको शिलान्यास सम्पन्न भएको छ ।
मानवलाई नैतिक एव चारित्रिक शिक्षा प्रदान गर्नको लागि निर्माण हुन लागेको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र भवनको सिम्रौनगढ नगरपालिकाका मेयर विजयशङ्कर यादव र उपमेयर रिमादेवी कुशवाहाले संयुक्त शिलान्यास गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि मेयर यादवले प्रसिद्ध ऐतिहासिक पर्यटकीय एवं धार्मिक स्थल सिम्रौनगढ देवीदेवताको मन्दिरैमन्दिरले भरिएको ललितकला एवं वास्तुकलाको बिजोड नमूना रहेको बताएका थिए । उनले भौतिकवादको आकर्षणमा अध्यात्मवादको शान्तिको सीमा बिर्सन नहुने बताए । भवन निर्माणका लागि मेयर यादवले नगरपालिकाबाट २० लाख सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । साथै कलैयावासी द्वारा एक लाख एक सय एक रुपियाँ सहयोग गर्ने सहभागी जङ्गबहादुर यादवले बताए ।
कार्यक्रममा पूर्व सभासद् बलवीर चौधरीले सबै प्रणीको ईश्वर एक रहेको भन्दै शान्तिको मार्गमा राजयोग सेवा केन्द्रको भूमिकाको चर्चा गरे ।
राजयोग केन्द्र कलैयाकी प्रमुख मीना दिदीको अध्यक्षतामा भएको शिलान्यास समारोहमा विशिष्ट अतिथि उपमेयर रिमादेवी कुशवाहा, गुणराज भाइ, जङ्गबहादुर यादव, जयन्त कुशवाहा, राजेशप्रसाद यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सुषमा बहनले र स्वागत पूर्णिमा दिदीले गरेकी थिइन् ।