प्रस, परवानीपुर, १२ असोज/
भेषबहादुर थापाको सुन्दर यातायात टेडर्स प्रालिले चिनियाँ ब्रान्डको दुईवटा इलेक्ट्रिक सिटी बस गैरकानूनीरूपले नेपाल भिœयाएको छ । चीनबाट कोलकाता हुँदै वीरगंज भन्सार भएर तीन साता अघि ती गाडी नेपाल भित्रेका हुन् ।
रोड परीक्षणको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गाडी जाँचपास गर्नू भनी पत्र र आयातकर्ताले पेश गरेको आधारमा ती गाडीभित्रेका हुन्–भन्सार अधिकारीहरूको भनाइ छ । सुन्दर यातायात टेडर्स प्रालि चिनियाँ बिएके ब्रान्डको विद्युतीय बसको नेपालस्थित आधिकारिक बिक्रेता नभएको पाइएको छ ।
आर्थिक ऐन २०७६ अनुसार सुन्दर यातायातले गाडी आयात गर्न पूरा गरेको प्रक्रिया गैरकानूनी हो ।
नेपालमा नयाँ सवारी साधन आयात गर्न दुईवटा बाटो छ । पहिलो बाटो हो, निर्माता कम्पनीले नेपालमा कुनै कम्पनीलाई आधिकारिक बिक्रेता नियुक्त गरेर त्यसमार्फत सवारी साधन निर्यात गर्ने । दोस्रो–निर्माता कम्पनीले नेपालका लागि विदेशस्थित कम्पनीलाई आधिकारिक बिक्रेता तोक्ने अनि त्यही बिक्रेताले नेपालमा नियुक्त गरेको आधिकारिक बिक्रेतामार्फत सवारी साधन निर्यात गर्ने ।
तर सुन्दर यातायात आधिकारिक बिक्रेता नभए तापनि चीनको सिचुवान गोन्झाओ अटोमोबाइल्स कम्पनी लिमिटेडबाट प्रतिबस (४० सिटे) करीब ९० हजार अमेरिकी डलरमा खरीद गरी मगाएको छ । एउटा बस साढे ८ र अर्को साढे १० मिटर लामो छ । अहिले त्यो गाडी बिक्री गर्न सुन्दर यातायातले बिक्री खुला गरेको छ । कम्पनीले १०.५ मिटर लामो बसको १ करोड ६२ लाख, ८.५ मिटर बसको १ करोड ५५ लाख ३५ हजार निर्धारण गरेको जनाएको छ ।
भौतिक पूर्वाधार यातायात विभागको पत्रको अधारमा गाडी जाँचपास गरी छोडेको वीरगंज भन्सारका सूचना अधिकारी मनीष महतोले बताए । विभागका मेकानिकल इन्जिनीयर मोहनप्रसाद भट्टराईको हस्ताक्षर रहेको भदौ २ को पत्रमा सुन्दर यातायातले बिक्री गर्न नमगाएको तर बिक्रीको लागि मन्त्रालयको स्वीकृति लिने प्रक्रियामा रहेको हुँदा सडक परीक्षण (रोड वर्थनेस टेस्ट)को लागि दुईवटा गाडी मगाएको हुँदा जाँचपास गरिदिनू भन्ने उल्लेख छ ।
“आयातकर्ताले सबै प्रक्रिया पूरा गरेको भनेर गाडी मगाएको हुन सक्छ”–भन्सारका सूचना अधिकारी महतोले भने–“यदि प्रक्रिया मिलेको छैन भने मन्त्रालयले पत्र लेख्दैनथ्यो, तैपनि म गाडी आयातमा आयातकर्ताले पेश गरेको कागजात हेरेर भन्नेछु ।”
वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत गोपाल खत्रीसँग गैरकानूनीरूपमा सुन्दर यातायातले चिनियाँ ब्रान्डको दुईवटा ठूला विद्युतीय बस भिœयाएको छ भन्ने प्रश्नमा उनले यसबारे जानकारी नभएको र शुक्रवार बिहान बुझेर जानकारी गराउने बताए ।
ड्राइपोर्टबाट छुटेन विलासी टेस्ला र ज्यागुआर कार
विदेशबाट आपूmखुशी महँगा गाडी आयात गर्ने क्रम बढेपछि अर्थ मन्त्रालयको निर्देशन बमोजिम ड्राइपोर्टमा रोकिएको तीनवटा कार हालसम्म छुट्न सकेका छैनन् । प्रिन्सा अटोमोटिभ काठमाडौं र किशोर गियरले गैरकानूनीरूपमा मगाएको तीनवटा कारमा आवश्यक कागजात पेश नगरेकोले सिर्सिया सुक्खा बन्दरगाह भन्सारले ती गाडीहरूको जाँचपास नगरेको कारण एक महीनादेखि गाडी अड्केको भन्सार कार्यालयका सूचना अधिकारी विकास कुमारले बताए ।
अमेरिकी टेस्ला मोटर्सले उत्पादन गरेको विद्युतीय टेस्ला र जर्मन ब्रान्डको ज्यागुआर कारको जाँचपास पनि रोकिएको छ ।
विद्युतीय ज्यागुआर कार काठमाडौंको किशोर गियर प्रालिले र अमेरिकन कम्पनी टेस्ला मोटर्सले उत्पादन गरेको इलेक्ट्रिक टेस्ला कार वेस्टार ग्यालेक्सी ट्रेडिङ काठमाडौंले आयात गरेको हो ।
ज्यागुआरका दुईवटा र टेस्लाको एउटागरी तीनवटा गाडीको भन्सार जाँचपास रोकिएको भन्सार प्रमुख उमेश श्रेष्ठले बताए ।उनले आवश्यक कागजात माग गरिएको र हालसम्म गाडी आयातको थप पत्र नआएकोले जाँचपास नभएको उनले बताए । ज्यागुआर र टेस्लाको कार बेलायतकै जेम्सन कार्टर लिमिटेडबाट खरिद गरी आयात भएको तर जेम्स कार्टर ती गाडीहरूको आधिकारिक बिक्रेता नभएको पुष्टि भएको छ ।