प्रस, पर्सागढी, १२ असोज/
पर्सागढी नगरपालिका–३ झबराहा टोल अवैध घरेलु मदिरा उत्पादनको केन्द्रबिन्दु भएको छ । पर्सा जिल्लामा रहेका अवैध मदिरा भट्टीको सङ्ख्याभन्दा बढी झबराहा टोलमा मात्र अवैध मदिरा भट्टी छ ।
कुल ४ सय घरमध्ये साढे तीन सय घरमा अवैध घरेलु मदिरा उत्पादन भइरहेको गाउँलेहरूले बताएका छन् । साढे तीन सय घरमा अवैध मदिरा उत्पादन भइरहेको र तीमध्ये दुई सय घरको मदिरा व्यावसायिक प्रयोजनको लागि उत्पादन हुने गर्छ । बाँकी डेढ सय घरमा भने परिवारका सदस्य स्वयंले सेवनको लागि उत्पादन गर्ने गरेको गाउँलेहरूले बताएका छन् ।
झबराहामा कोदो, भात, सक्खर, फिटकिरी, युरिया मल मिलाएर घरेलु मदिरा उत्पादन हुन्छ । यहाँ उत्पादित मदिरा अहिले पर्सा जिल्लाभरि बिक्री वितरण हुन्छ । वीरगंज महानगर, जीतपुरसिमरा उपमहानगर र भारतसमेत यहाँ उत्पादित अवैध घरेलु मदिराको बजारीकरण भएको छ । मकवानपुरबाट वीरगंजमा ल्याउने अवैध घरेलु मदिराको बजार पातलिनुको एउटा कारण झबराहामा उत्पादन बढ्नु हो ।
झबराहामा अवैध घरेलु मदिरा उत्पादन गर्ने एकजनाले खेतीपातीको लागि जग्गा जमीन नभएको र भएको घडेरी जग्गाको पनि लालपूर्जा नभएको कारण अन्य व्यवसायभन्दा घरेलु मदिरातर्पm सवैजनाको आकर्षण बढेको प्रतिक्रिया दिएका छन् । उनले अन्य काम गर्नको लागि पूँजीको अभाव भएको र कम लगानीमा घरेलु मदिरा उत्पादन गर्न सकिने हुनाले यो रोजगारमा लागेको बताए ।
वडाध्यक्ष उद्धवबहादुर उप्रेतीले झबराहावासीलाई सीपमूलक तालीम दिएर व्यवसाय परिवर्तनको लागि प्रयास भइरहेको बताए । उनले एकैसाथ सबैको व्यवसाय परिवर्तन गर्न नसकिने हुँदा क्रमिकरूपले सीपमूलक तालीम आयोजना गर्ने र पेशाबाट अलग्याउने योजना रहेको बताएका छन् ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रनि दीपक चोरवारले आपूm भर्खरै आएको र यस अघि सो स्थानमा थुप्रैपटक छापामारी भएको बताए । उनले प्रहरी तथ्याङ्क अनुसार यस अघि पाँच पटकभन्दा बढी छापामारी भएको र ७०–८० वटा अवैध मदिरा भट्टी नष्ट भएको जानकारी गराएका छन् । इजाजत नलिएर अवैधरूपमा सञ्चालित मदिराभट्टी अबका दिनमा नष्ट गर्ने योजना बनाएको उनले बताए ।
झबराहामा इप्रका पटेर्वासुगौली, इप्रका एकटाँगा, प्रहरी चौकी मनवा, अस्थायी प्रहरी चौकी बिरुवागुठी, मिलनचोक र जिप्रका पर्साको समेत सहयोगमा पटक–पटक छापा मारिने गरेको छ ।
बस्ती नै मदिरा भट्टी उत्पादन गर्ने थलो भएकोले छापामारीपछि पुनः भट्टी सञ्चालन हुने क्रम चलिरहेको छ । झबराहामा उत्पादित घरेलु मदिरा प्रतिलिटर रु ४० मा बिक्री हुने गरेको छ भने बजारमा सोही मदिरा रु सय प्रतिलिटरसम्म बिक्री हुँदैछ ।